• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

ओली-प्रचण्डबीचको पदीय खिचातानी र नेकपाको अनुशासन


  •   बिहिबार, असार २५, २०७७ मा प्रकाशित
  • नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) करिब करिब फुटको संघारमा पुगेको छ । नेकपाको जारी स्थायी कमिटि बैठकको सन्दर्भका गतिविधि र नेताहरुका अभिव्यक्तिहरुले पार्टी फुटउन्मूख तिर गएको सहजै अनुमान गर्न सकिन्छ । जुन कुरा दुर्भाग्य हो ।
    नेकपा भित्रको शक्ति संघर्षको अन्तरविरोध यही अबस्थामा समाधान हुने अबस्था न्यून हुँदै गएको छ । पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीको दुवै पदबाट राजीनाम माग प्रकरण तिव्र बन्दै गएपनि ओली टस्मस् भएका छैनन् । यदी ओली टस्मस् नहुने र प्रचण्ड लगायत अन्य नेताहरु ओलीले ति पदबाट राजीनाम दिनूपर्ने अडान कायम हुँदै जाने हो भने स्थिति साम्य हुने देखिँदैन ।

    Advertisement

    ओलीले कुनैपनि पद नछोड्ने र प्रचण्ड लगायत स्थायी कमिटिका बहुमत सदस्यहरु आफ्नो अडान नछोडेको अहिलेको स्थिति छ । यो अबस्थामा कुनै एक तर्फबाट आफ्नो अडान नत्याग्ने स्थिति कायम रहे र अन्य कुनै एकता कायम राख्ने चमत्कारी उपाय नदेखिए निश्चित रुपमा नेकपामा दुर्घटना हुने प्रवल सम्भावना देखिन्छ ।

    दिन प्रतिदिनका एकल वा सामूहिक वार्ताहरुले नेकपाका नेता कार्यकर्ताहरुमा सकारात्मक सन्देश दिन सकिरहेको छैन । बरु अरु असन्तुष्टी बढिरहेको छ । प्रधानमन्त्री ओली बरु पार्टी फुटतर्फ जाओस् तर आफूले दुवै पद त्याग्न तयार नभएको संकेत दिइरहेका छन् । नेताहरुले ओलीले पार्टी फुटाई सकेको तर पनि एकताको प्रयासमा आफूहरु लागिरहेको आरोप ओलीतिर सोझाएका छन् । त्यसो त जे मन लाग्दछ त्यही गर्न भन्दै आफूइतर पक्षलाई ओलीले टर्रोमुखे जवाफ पनि दिएको पाइन्छ । एमाले पार्टी दर्ता हुनु अधिवेशनको अन्त्य गर्नु ओलीको निर्धक्क अड्डिले अन्य नेताहरुमा थप संशकित पारेको छ । ओली पक्षीय कार्यकर्ताहरु सडकमा ‘विदेशीका दलालहरु सरकार ढाल्न पाईदैन’ भन्दै ताण्डव गरिरहेका छन् ।

    केन्द्रीय सदस्य र अन्य युवा नेताहरु पार्टी कार्यालय धुम्वाराहीमा पार्टी एकता पक्षमा धर्ना बसिरहेका छन् । यसरी आ–आफ्ना गुटहरु सक्रियरुपमा लागिरहेका छन् । दृष्यहरु बढो विचित्र देखिरहेका छन् । आफूलाई कम्यूनिष्ट पार्टी दावी गर्ने पार्टी स्थायी समितिको बैठकका सन्दर्भमा भएका छलफल बहसहरु क्षणभरमा बाहिरिएका छन् र विदेशी मिडियाहरु समेतमा अध्यावधीक भएका छन् । यो भन्दा विडम्बना अरु के होला ?

    सामान्य बुर्जुवा संस्थाहरुमा पाइने अनुशासन र गोपनियता पनि नेकपामा देखिएको छैन । सडकदेखि नेताहरुका घर घरमा गुट, उपगुट बैठकहरु आरोप प्रत्यारोप हुँदै आएका छन् । यस प्रकारका गतिविधिले पार्टीलाई कति मजबुद पार्ने होला ? त्यो पार्टीको संगठनात्मक प्रणाली अनुशासन कति कमजोर छ भन्ने बुझ्न गाह्रो पर्दैन । त्यहाँ कुनै सैद्धान्तिक र वैचारिक संघर्ष होइन, नत अहिलेको विषम परिस्थितिमा कोरोना भाइरसबाट राष्ट्र र जनताहरुको जीवन रक्षाको विषयमा बहस केन्द्रित छ वा नेपाली नागरिकहरु विदेशमा विचल्लीमा परेका छन्, त्यस बारेमा तिनीहरुको चिन्ता छ । यस्तो अबस्थामा नेकपा भित्रको किचलोले जनता, देश र अन्तर्राष्ट्रिय स्तरमा समेत कस्तो सन्देश सम्प्रेषण होला ?

    नेकपा भित्रको खिचातानी ओली पक्ष सत्ताबाट बहिर्गमन हुँदा आफ्नो भविष्य नै समाप्त हुने, देश र जनताहरुको आफूले मात्र ठेक्का लिएको जस्तो गुटि हाँकेको छ । आफू भन्दा सक्षम वा राष्ट्र र जनताप्रति उत्तरदायी अरु देख्दैन । त्यो अंहकार र ओलीको कार्यशैली गलत र स्वेच्छाचारी छ । उनले स्थायी कमिटीको बैठक सामना गर्न सकिरहेका छैनन् । अन्य विभिन्न षडयन्त्र तर्फ लागिरहेका छन् । त्यो तिकडमको एउटै उद्देश्य हो, सत्तामा रहन र अध्यक्ष पनि कायम रहिरहन । ओलीले पार्टी पनि आफैँ, सरकार पनि आफैँ अरु कसैलाई देखेका छैनन् । शक्ति दम्भले उनलाई नराम्रोसँग ग्रसित बनाएको छ ।

    संसदबाट थुप्रै विधेयकहरु अनुमोदन गर्नुपर्ने परिस्थितिमा पार्टी वा विपक्ष दल र सभामूख कसैलाई जानकारी नदिई संसद अधिवेशन अन्त्य गरेका छन् । त्यसो त पार्टी फुटाउने अध्यादेश जारी गर्न ओलीले संसद अधिवेशन भंग गरेको अनुमान गर्दै ओली इतर पक्षहरु शंसकित भएका छन् ।

    यो सन्दर्भमा ओलीले राष्ट्रपति र आफूलाई हटाउने षडयन्त्र भएको भन्दै आफू पक्षीय नेताहरुलाई व्रिफिङ गरिरहेका छन् । यद्यपि उनी इतर नेताहरुले त्यो आरोपको खण्डन गरिसकेका छन् । एउटा कुरा अस्वीकार गर्न सकिन्न कि कतै ओलीले आफू अनुकूल अध्यादेश ल्याउन त्यसो गरेका त छैनन् ? संसद चलिरहेको सन्दर्भमा अध्यादेश ल्याउन पाईंदैन । त्यसैले ओलीका अघिल्ला गतिविधि र पार्टी दर्ता प्रकरण सहित अहिले नेकपा भित्रको किचलोले आशंका उत्पन्न भएको छ ।

    ओलीको स्वेच्छाचारी प्रवृतिले हिनताबोध महसुस गर्दै आजित हुँदै आएका अन्य नेताहरु उनको शेखी झार्ने अनूकुल परिस्थितिको जोखनामा रहेका थिए । ति पक्षहरुलाई पछिल्लो समयमा ओलीले नै त्यो आधार तयार पारिदिएका छन् । जुन ओलीले आफू इतर नेताहरुलाई अनर्गल आरोप लगाएका थिए । ति आरोपहरु नै मसला बनिरहेका छन् । ओली कमजोर बनाउन ठुलो मद्दत पुगेको छ । त्यसो त ओलीको राजीनामा माग अहिले उठेको होइन । त्यो यस भन्दा अघि बसेका बैठकहरुमा नै उठ्दै आएको विषय हो । उनले दाबी गरेजस्तो नेपालको अतिक्रमित भु–भाग समेट्दै नक्शा प्रकाशित हुनु र अहिलेको राजीनामा एक अर्कासँग सम्बन्धित छैनन् । परन्तु केही बल पुग्न सक्दछ ।

    ओली इतर पक्ष यो अवसर गुमाउन चाहन्न । यि सबै कारणहरु सहित ओलीका गलत कार्य प्रणाली, कार्यशैली र आत्मकेन्द्रित चिन्तन नै उनी निम्छरो बन्नुमा मुख्य जिम्मेवार छन् । पार्टी सञ्चालनमा स्थापित विधि पद्धति स्वम् नेतृत्व तहबाट उल्लंघन हुँदै शक्तिको दुरुपयोग गर्दा नेतृत्वमा अधिनायकबादी मोह उब्जने सम्भावना हुन्छ । पार्टीको निर्णयबाट नेता बन्ने हो । पार्टी निर्णयले नै चुनावमा उम्मेदबार बन्ने हो । र सरकारको नेतृत्व पनि पार्टीको निर्णयबाट गर्ने हो । पार्टीकै समन्वयमा सरकार सञ्चालन गर्ने हो । नेतृत्वको कार्यकूशलताले प्रभाव पार्ने कुरा आफ्नो ठाउँमा छ । तर प्रमूख पार्टी निर्णय नै हो । जिम्मेवारी र भूमिका फरक रहे पनि अन्ततः पार्टीको नजरबाट हेर्दा सबै समान हुन्छन् । ओली यि विषयलाई मान्न तयार नभएका कारणले समस्या विकराल बन्दै नेकपामा तिब्र असन्तुष्टि पैदा भएको हो ।

    ओली प्रधानमन्त्री मात्र होइनन् पार्टी अध्यक्ष पनि हुन् । तर प्रधानमन्त्रीको हिसावले मात्र चल्न खोज्नु ओलीको अंहकार हो । मल्टिपार्टी सिस्टम भनेको पार्टीले सरकार चलाउने हो, नकि सरकारले पार्टी । जब पार्टी निर्णय र समन्वयलाई बाईपास गर्दै मनोमानी ढंगबाट चल्ने प्रवृति हावी हुँदै जान्छ, अनि यसप्रकारका अराजक गतिविधिहरु बढ्दै जान्छन् । पार्टी कमजोर हुने मात्र होइन दुर्घटना हुनेछ ।

    नेकपाको सरकारले विगतका सरकारहरुले भन्दा तुलनात्मक रुपमा केही राष्ट्रियताको पक्षमा राम्रा कार्यहरु गरेको छ । राम्रा काम गर्न नेकपालाई परिस्थिति अनुकूल पनि छ । संघीय संसद वा प्रदेश सरकारहरुमा नेकपाको झण्डै बहुमत छ । यद्यपि सामान्य जन अपेक्षित र सम्भावित कामहरु गर्न असफल हुँदै आएको छ । त्यो नेकपा सरकारको असफलता नै हो । तथापि नेकपाको सरकार विघटन र नेकपामा आउन सक्ने सम्भावित फुटले निश्चितरुपमा देशलाई घाटा हुनेछ । पार्टी एकता बचाउन स्वम् ओलीले त्याग गर्नुपर्ने हुन्छ तर एकता कायम राख्न उनको तत्परता देखिन्न ।

    प्रधानमन्त्री र अध्यक्ष पद मध्ये एउटा छोड्दा र संस्थागत निर्णय स्वीकार गर्दा सायद पार्टी दुर्घटना तर्फ जाने थिएन भन्ने अनुमान पनि भएका छन् । तर अहिलेसम्म ति दुवै पदबाट ओली टस्मस् हुने सम्भावना देखिएको छैन । बरु कित्ता क्लियर गर्न सरकारका मन्त्री र आफ्ना गुटतर्फ दवाव दिइरहेका छन् । आफूइतर पक्षका केही नेताहरुलाई नयाँ कार्ड फाल्दै छन् । त्यसको सिधा अर्थ ओली आफ्नो मनोमानी र स्वेछाचारी ढंगबाट चल्न चाहन्छन् । सबैलाई समेटेर पार्टी एकता कायम राख्न ईच्छाशक्ति देखाएका छैनन् भन्ने पुष्टि हुन्छ र पार्टी विघटन तिर नै उद्धत देखिन्छन् ।

    अर्को तर्फ ओलीले आफूइतर पक्षलाई जसरी आरोप लगाउँदै आएका छन्, त्यो भन्दा माथी ओली नै पदलोलुपता देखिन्छन् । उनी न कुनै पद छाड्न तयार छन् वा पार्टीका युवा नेताहरु माथि सम्भावना देखेका छन् । त्यसको अर्थ उनै सर्वविज्ञ हुन् अरु सबै असक्षम । यही अहँकारले ओली अहिले कमजोर बन्ने परिस्थिति सिर्जना भएको हो ।

    पार्टीले निर्णय गरेका राम्रा कामको श्रेय आफैँ लिन्छन् । आफ्ना कमजोरीहरु अरुलाई भिराईदिने चतुर्याई ओलीमा छ । जस्तै लिम्पियाधुरा सहितका नक्शा प्रकाशित गर्ने विषय पार्टीको निर्णय र दवावले सरकारको नीति कार्यक्रम राखेका थिए । अहिले त्यही कारण आफूलाई हटाउन भारतसँग मिले भन्दै आफ्नै नेताहरुलाई आरोप लगाई हौवा फिँजाएका छन् र आफू ईतरहरुलाई विदेशी दलालको जबरजस्ती विल्ला भिराई दिने कोशिस गर्दै जनतामा ब्यापक भ्रम पैदा भएको छ । त्यो ओलीको कुटिल चाल मात्र हो । ओलीको राष्ट्रियता पक्षको हित हेर्न महाकाली सन्धि काफी छ । अर्को पक्ष अहिलेको एमसीसी संसदबाट अनुमोदन गर्न मोरिहत्ते गर्नुले पनि ओलीको राष्ट्रभक्ति स्पष्ट हुन्छ ।

    अहिलेको राष्टबादको हुँकार सत्य होइन । बरु कहिले काँही परिस्थितिले ओलीलाई जबरजस्ती राष्ट्रबादी बनाउन मद्दत गरेको सत्य हो । यद्यपि छिमेकी ओलिप्रति सन्तुष्ट छैन, त्यो पनि सत्य हो । पछिल्लो समयमा अतिक्रमित भूभाग नक्सामा प्रकाशित गर्ने प्रकृयाप्रति सिंगो नेपाल नै ओली सरकारको साथ छ । तर ओलीले त्यो श्रेय आफूले मात्र लिन्छन् । पार्टी निर्णय मान्ने र सबैलाई सम्मान गर्न सके सरकार ढलाउने दक्षिणी छिमेकीको प्रयास गौण हुनेछ । भारत जहिले पनि नेपालले आफ्नो हितको पक्षमा गरिने निर्णयले सधैँ छट्पटाउने गदैछ । अहिले पनि भएको त्यही हो ।

    ओली स्वयंले बिग्रँदै गएको पार्टी एक ढिक्का राख्न सके र पार्टी निर्ण अनुरुप चले कसैले पनि उनलाई सरकारबाट हटाउन सक्दैन । तर यि सबै अवाञ्छित गतिविधि रोक्न ओली गम्भीर देखिन्नन् । बरु आफू पक्षीय कार्यकर्ता सडकमा उतार्न निर्देशन दिएका छन् । जिम्मेवार नेतृत्व पक्षबाटै यस प्रकारका क्रियाकलापले पार्टी एकतालाई मजबुद कायम राख्न असम्भव हुन्छ । न ओलीलाई नै फाइदा हुनेछ । यदि नेकपा फुट्यो भने देश नै अस्थिरता तर्फ जानेछ । अन्य प्रतिक्रियाबादी शक्तिहरु आउने छन् । आन्दोलनका उपलब्धिहरु जस्तै गणतन्त्र धर्मनिपेक्षता समेत धरापमा पर्ने छन् । प्रतिगामी तत्वहरुलाई टेवा पुग्ने छ ।

    अतः ओलीले पार्टी एकता र सरकार कायम राख्न र अरु मजबुद पार्न आफ्नो हठ त्याग्दै पार्टी निर्णय मान्नु नै वुद्धिमता हुनेछ । त्यसबाट देश र जनताहरु वा पछिल्लो समयमा सरकारबाट हुँदै आएका निर्णयले सार्थकता पाउने छ । एमसीसी मातहत दिइने कथित अनुदान खारेज गर्दै नेकपा फुटेर होइन, नयाँ रुपान्तरण सहितको एकताले नै नेकपालाई हित गर्नेछ ।

    बिहिबार, असार २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.