• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

“मुस्कानसहितको सेवा !”


  •   बुधबार, असार २४, २०७७ मा प्रकाशित
  • कुनै सवारी साधन लिएर हिड्नुपर्छ, बाटोमा लाइसेन्स वा अन्य सवारी साधन चेक गर्ने पुलिस बसेको छ भने कुटम्ला झैँ गरेर रोक्छ र थर्काउँदै सोध्छ– ‘ओई लाइसन छ ?’ छैन भनियो भने त कारबाहीको भागिदार सिधै भइहालियो । छ, भनियो भने चेकर पुलिस भुइँतिर हेर्दै भन्छ– ‘देखा !’

    Advertisement

    मानौँ, उसको र मेरो कुनै जमानामा ठुलै दुश्मनी थियो, आज ऊ त्यसको फाइदा उठाउन यहाँ उभिएको छ । अनि लाइसेन्स निकाल्न गोजीतिर हात हाल्दै गर्दा, पुलिसको देब्रे छातीमा झुण्डिएर बसेको एउटा लोगोमा गएर नजर टक्क अडिन्छ । त्यहाँ लेखिएको हुन्छ– “मुस्कानसहितको प्रहरी सेवा ।” त्यसपछि झन् त्यो लोगोले पनि आफैलाई जिस्क्याएजस्तो भान हुन्छ ।
    सिलसिला यत्तिमै रोकिन्न । बिरामी लिएर कुनै हस्पिटल गइयो अथवा आफै बिरामी भएर पनि जानुपर्छ । कहिल्यै नगएको हस्पिटल छ भने यताउति आँखा डुलाउँदा “सोधपुछ” लेखिएको ठाउँमा आँखाको रोशनी ठोक्किन्छ । किनकि म पनि जमानामै पाँच क्लास फस्र्ट भएर पास गरेको मान्छे हुँ ।

    “सिस्टर र मिस्टर, फलानो रोगको पेसेन्ट हुनुन्छ अथवा आफै छु । डाक्टर कत्ति नम्बर कोठामा भेट्न सकिन्छ होला ?”
    सिस्टर र मिस्टरहरू मोबाइल चलाइरहनुभएको छ, तर हत्तपत्ति हामीसँग बाल््न रुचाउनुहुन्न । त्यसपछि फेरि उही प्रश्न दोहो¥याएपछि प्रश्नकर्तातिर हेर्दै नहेरी “फलानो नम्बर कोठामा जानू” रुखो भाषामा भन्दिन्छन् । त्यसपछि भित्र गयो, त्यहाँभित्र पनि कुनै कुनै त डाक्टरको भेषमा “सैतान” बसेका हुन्छन् । सैतान शब्दप्रति माफी चाहान्छु र यहाँ मैले डाक्टरको मानमर्दन गर्न खोजेको पनि होइन र सबै डाक्टर एउटै हुन्छन् भन्ने मेरो आसय पनि होइन । डाक्टरको चेकजाँचपछि हप्कीदप्की खाने पालो नर्सबाट सुरु हुन्छ । अस्ति एक चोटि नर्ससँग झुक्किएर एक्कासी आँखा जुध्यो । खाउँला झैँ गरेर हेरी । म मनमनै डराएँ ।

    अब सरकारी कार्यलयमा हामी सर्वसाधारण जनताले पाउने “मुस्कानसहितको सेवा” बारे कुरा गरौँ । यस विषयमा धेरै भूमिका नबाँधी सिधै मेरो एउटा अनुभव सुनाउन चाहान्छु ।

    म वैदेशिक रोजगारीमा विदेश जानको लागि पासपोर्ट बनाउन सदरमुकाम गएँ। आवश्यक कागजात र राजश्व बुझाएपछि मलाई पासपोर्ट लिन “एक महिनापछि फोन गरेर लिन आउनू” भन्ने जानकारी गराइयो । त्यसैअनुरूप एक महिनापछि पासपोर्ट आएको कुरा फोन मार्फत् जानकारी लिएर म लिन गएँ । समयमै पुगेँ र पासपोर्ट लिनका लागि लाइनमा लागियो । म अगाडि नै थिएँ र मेरो पछाडि धेरै लामो लाइन लागिसकेको थियो । तर त्यहाँका कर्मचारी भिडको कुनै वास्ता नगरी गफमा मस्त थिए । गफमा मस्त एक कर्मचारीले भिड देखेपछि “तपाईहरू भिड नगर्नुस्, उता उता जानुस्” भन्दै हामीसित नै पो उल्टै कराउन थाल्यो ।

    म अगाडि नै उभिएको थिएँ र मैले तुरुन्तै त्यस कर्मचारीको कुराप्रति प्रतिवाद गर्दै “भिड हामीले गरेको होइन, तपाईहरूको कारणले भएको हो” भनेँ । “चलाख” कर्मचारीले कुरा बुझिहाले र थप केही नबोली गफमा उज्यालिई रहेको अनुहार एक्कासी ओइलाउँदै हाम्रो पासपोर्टका लागि बुझाएको रकमको रसिदमा नम्बर हेर्दै, पासपोर्ट वितरण गर्न थाल्यो ।

    माथिका केही उदाहरण हाम्रो समाजको वास्तविक चित्र हुन् र मैले उदाहरणको रूपमा पेश गरेका पात्र पूर्ण रूपले यसको दोषी छैनन् । यसको मुख्य दोषी भनेको राज्य नै हो । सरकारी कर्मचारीको पनि अरूको जस्तै आमाबुबा, बालबच्चा र परिवार छन् र तिनीहरूको लालनपालन गर्ने जिम्मा पनि उनीहरूकै काँधमा छ । तर तलब भने अत्यन्तै न्यून छ । हाकिमले भ्रष्टाचार गरेर खान अर्बाैं रुपियाँ छ, तर फिल्डमा खट्ने कर्मचारीको तलबवृद्धि गर्ने पैसा हुँदैन । उल्टै तलब काट्ने कुरा गर्छ । अनि, आफू र आफ्नो परिवारको भविष्यमाथि अन्धकार र अनिश्चयताको कालो बादल मडारिरहेका बेला, कुन मुर्खले “मुस्कान सहित” को सेवा प्रदान गर्न सक्छ ?

    प्रहरीले सय रूपैयाँ पनि घुस लिन्छ भन्ने जनगुनासो छ । यसको मुख्य कारण पनि यही नै हो कि ?

    बुधबार, असार २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.