गत भदौ २३ र २४ गते जेनजी पुस्ताको नाममा जुन आन्दोलन भयो । यसले इतिहासमा ठुलो महत्व राख्दछ । यो आन्दोलनमा धेरै जनाले ज्यान गुमाएको र घाइते भए । त्यसका साथै आन्दोलनका क्रममा सरकारी र ब्यक्तिगत सम्पत्तीको धेरै नोक्सान पुग्यो ।
नेपालमा कैयौँ पटक ठुला–ठुला आन्दोलनहरू हुँदै आइरहेका छन् । तर सत्ता परिवर्तन भए पनि ब्यक्ति एउटैप्रकारका हुनेहुँदा देश र जनताको पक्षमा त्यति राम्रो काम हुन सकिरहेको भने छैन् । पहिलेको तुलनामा भन्दा केही कामहरू वहुदलीय ब्यवस्थामा भएका त छन् तर ती कामहरूले खासमा जनताको मागहरू पूरा हुन सकेनन् ।
राणा शासनको विरुद्धको आन्दोलनको परिणाम पञ्चायत आयो । पञ्चायतमा उनै राणाकालीन ब्यक्तिहरू सत्तासिन भए । पञ्चायत विरुद्धको आन्दोलन भयो, पञ्चायत ढल्यो । त्यहाँ पनि राणाकालीन तथा पञ्चहरू राजशाही ब्यक्तिहरू हाबी भए । राजाको प्रत्यक्ष शासनकालमा पनि पुरानै पञ्चहरूको हालिमुहाली थियो ।
जब ४६ सालको जनआन्दोलन पछि देशमा बहुदलीय ब्यवस्था आयो, फेरि पनि तिनै राणाकालीन, पञ्च र राजशाही स्वाभावका ब्यक्तिहरू दोहोरिए । जसले पुँजीपति वर्गको नेतृत्व गर्दै गरिब सर्वहारा वर्गलाई सधैं थिचोमिचो गर्दै आएको थियो ।
संसारका विभिन्न देशको इतिहास हामीले अध्ययन गर्यौँ भने कैयौँ आन्दोलनहरूले निरंकुश एवं तानाशाही शासन ढल्ने गरेका छन् । तर त्यसपछि बन्ने सरकार किन जनमुखी हुन सकिरहेका छैनन् ? सहि नेतृत्व भएको पार्टी, नीति सिद्धान्त र सिद्धान्त अनुरुप काम हुन नसक्दा नै त्यसो हुन पुगेको हो ।
शान्ति सुरक्षा, विकास र समृद्धिको नाममा साम्यवादी शक्ति नेपालमा धेरै पहिलेदेखि स्थापित भएका छन् । बाहिरी शक्तिहरूले नेपाल घेरिएको छ । नेपालमा मात्रै १२० भन्दा बढि एनजिओ र आइएनजिओहरू सञ्चालनमा छन् । विभिन्न जात धर्म र लिङ्गको आधारमा विदेशीहरूले नेपाली जनतालाई भड्काइरहेका छन् । एकातिर सरकारको रवैया, भष्ट्राचार र अनियमितता, अर्कोतिर विदेशी लगानीमा युवाहरू भड्काउने र भड्किने प्रवृत्तिले देश रक्तपातपुर्ण बन्न सक्ने सम्भावनलाई पनि अस्वीकार गर्न सकिदैन ।
पछिल्लो समयमा अमेरिकन युथ काउन्सिल र बारबरा फाउन्डेशनले नेपालमा युवाहरूलाई लगानी गर्दै सरकार विरुद्ध नाराबाजीमा उतारिरहेको मात्रै छैन, पर्दा पछाडिबाट एउटा गिरोह देश बर्बाद बनाउने पक्षमा लागिपरेको पनि देखिन्छ । जसको उदाहरण भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई नै लिन सकिन्छ । जेनजी आन्दोलनको दौरानमा पत्थरवाजी र आगजनीका घटनाले पनि प्रस्ट पारेको छ । आन्दोलन गराउने उस्काउने र घुसपैठ गरी महत्वपूर्ण इतिहास बोकेका संरचनाहरू खरानी पार्ने काम नेपाली जेनजीबाट मात्रै हुन सक्दैन ।
यसरी देशको इतिहास पोलेर खरानी पार्ने काम जेनजी पुस्ताले कसरी गर्न सक्दछन् । १८१६ को सुगौलि सन्धिदेखि भएका दर्जनौँ सन्धि सम्झौताका फाइलहरू अब खरानी भएका छन् । नेपाली झण्डा बोकेर नेपाल कै नक्सा जलाउने काम कसरी र किन हुँदैछ ? यसको पछाडि विदेशी शक्तिहरू र नेपालमा रहेका उनीहरूका दलालहरूले पर्दा पछाडिबाट अध्यारो कोठामा बसेर नाटक मञ्चन गरेको हुनुपर्छ ।
भदौ २४ गते जसरी प्रहरी माथि आक्रमण भयो त्यसैगरि पुनः सिमरामा घटना दोहोरिएको छ । जेनजी पुस्ता भन्ने बित्तिकै प्रहरी माथि आक्रमण गर्ने र आगजनी गर्ने पुस्ता हो ? घटेका घटनाले यहि पुष्टि गर्दछ । भष्ट्राचार विरुद्ध र सामाजिक सञ्जाल माथिको प्रतिबन्ध विरुद्धको आन्दोलन कसरी हिंसात्मक भयो ? जेनजी पुस्ताको आन्दोलन कुनै राजनीतिक आन्दोलन थिएन । कुनै सिद्धान्त बोकेको आन्दोलन थिएन । खतरा पनि मागहरू सहि थिए, तर आन्दोलन अकस्मात हिंसात्मक भयो र अमुक ब्यक्तिहरू र गिरोहले आन्दोलनलाई हाइज्याक गरी विदेशीकै इसारामा सरकार गठन भयो । अहिले विदेशीको इसारामा बनेको सरकारको गृहमन्त्रीको राजिनामा विदेशी फाउन्डेसन कै ब्यक्तिहरूले मागिरहेका छन् ।
विदेशी फाउन्डेसनका ब्यक्तिहरूले नेपाली शिर्ष नेताहरू सबै कि त मार्न चाहन्थे, कि जेल चलान गर्न चाहन्थे । तर सड्कबाट बनेको सरकारले यी दुबै काम गर्न सक्ने हैसियत थिएन । यो असंबैधानिक सरकार थियो । यसले दिर्घकालिन नीतिगत निर्णय गर्न सक्दैन । यो छ महिने चुनावी सरकार हो भन्ने कुरा बिदेशी फाउन्डेसनका सदस्यहरूले पनि बुझिरहेका होलानन् ।
अर्कोतर्फ विदेशी शक्तिहरूद्वारा जेनजीहरूले गर्ने प्रत्येक आन्दोलनमा आगजनी र पत्थरवाजी गरी उनीहरूलाई बदनाम गरिदैछ । यो विषय जेनजी पुस्ताले बुझ्नुपर्छ । सडकमा आउँदा बित्तिकै पत्थरवाजी गर्ने, प्रहरी कुट्ने, आगजनी गर्ने, हत्या हिंसा गर्ने काम जेनजीहरूले रोक्नुपर्छ । प्रहरी कुटेर अन्तर्राष्ट्रिय मिडियामा के सन्देश दिन खोजेको ? त्यसै त विदेशीहरूले नेपाल र नेपालीहरूलाई हेपिरहेका छन् । यसैमा प्रहरी कुटिनु, लखेटिनु र मारिनुले अन्तर्राष्ट्रिय मिडियामा नेपालको बारेमा राम्रो सन्देश जाँदैन ।
अकोतर्फ विदेशी शक्तिहरूद्वारा जेनजीहरूले गर्ने प्रत्येक आन्दोलनमा आगजनी र पत्थरवाजी गरी उनीहरूलाई बदनाम गरिदैछ । यो विषय जेनजी पुस्ताले बुझ्नुपर्छ । सडकमा आउँदा बित्तिकै पत्थरवाजी गर्ने, प्रहरी कुट्ने, आगजनी गर्ने, हत्या हिंसा गर्ने काम जेनजीहरूले रोक्नुपर्छ । प्रहरी कुटेर अन्तर्राष्ट्रिय मिडियामा के सन्देश दिन खोजेको ? त्यसै त विदेशीहरूले नेपाल र नेपालीहरूलाई हेपिरहेका छन् । यसैमा प्रहरी कुटिनु, लखेटिनु र मारिनुले अन्तर्राष्ट्रिय मिडियामा नेपालको बारेमा राम्रो सन्देश जाँदैन ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र सिमरा घटना आगजनी र पत्थरवाजीले जेनजीहरूको माग सहि हुँदाहुँदै पनि आन्दोलनको तरिका सहि नभएको पुष्टि भएको छ । धेरै जनाको ज्यान गैसकेको छ, कैयौँ घाइते छन् । उपचार भैरहेको छ । अझै मारिनुपर्छ, घाइते हुनपर्छ ? भन्ने मानसिकता खराब मानसिकता हो । पत्थरवाजी, आगजनी र हत्या हिंसाको राजनीतिबाट आन्दोलनलाई शान्तिपूर्ण रुपमा ल्याउने काम जेनजी पुस्ताले गर्नैपर्छ । अन्था देश झनै रक्तपातमा फस्न सक्ने सम्भावना छ ।
आगजनी र पत्थरवाजीले जेनजी आन्दोलनलाई बदनाम गराएको कुरा जेनजी पुस्ताले बुझ्नुपर्छ । आजको पुस्ता जेनजी पुस्ताको एक्कासौं शताब्दीको पुस्ता हो बौद्धिक र क्षमतावान पुस्ताहरू हिंस्रक बन्नु उपयुक्त हुँदैन ।