काठमाडौँ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई–नेता जनार्दन शर्मासहितको पार्टी एकता सम्पन्न भएको छ ।
Advertisement
राष्ट्रिय सभा गृहमा एक कार्यक्रम माझ सो पार्टी घोषणा गरिएको छ ।
सो पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी राखिएको छ ।
भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि सो नयाँ पार्टी घोषणा गरिएको हो ।
कार्यक्रममा सो पार्टीको नाम भट्टराईले औपचारिक रुपमा घोषणा गरेका थिए । उनी अभिभावकीय भूमिकामा रहने बताइएको छ ।
पार्टीमा १५१ जना केन्द्रिय सदस्यहरू रहनेछन् ।
प्रगतिशील समाजवाद मार्गदर्शक सिद्धान्त सो पार्टीको रहेको र त्यसको चुनाव चिन्ह आँखा राखिएको छ ।