काठमाडौँ । राष्ट्रिय सभा गृहमा बाबुराम–जनार्दनको पार्टी र सन्तोष परियारसहितको पार्टी एकता सुरु भएको छ ।
Advertisement
सभा गृहमा पूर्व प्रधानमन्त्री भट्टराई, नेता शर्मा र परियारसहितको पार्टी एकता कार्यक्रम सुरु भएको हो ।
एकतापछि पार्टीको नाम ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ रहने छ भने चुनाव चिन्ह नेसपा नयाँ शक्तिले प्रयोग गरेको आँखा रहनेछ ।
भट्टराई र शर्मालगायत नेताहरू पार्टीको पदाधिकारी तहमा नरहेको बताइएको छ ।
गत कात्तिक २८ गते भट्टराई संरक्षक रहेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), शर्माको नेतृत्वमा रहेको प्रगतिशील राष्ट्रिय अभियान र रास्वपाबाट विद्रोह गरी आएका परियार समूहबिच एकता गर्ने सहमति भएको थियो ।