लोकेन्द्र पौडेल (दक्षिण भारत) ।
चेन्नई पश्चिम नगर समितिको आयोजनामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व केन्द्रीय सदस्य स्मृतिशेष केशमान नेपालीको १० औं पुण्यतिथिको अवसरमा २२ नोभेम्वर २०२५ का दिन शोक सभा सम्पन्न भएको छ ।
मूल प्रवाहका केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष चन्द्रबहादुर थापाको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
मूल प्रवाह चेन्नई पश्चिम नगर समितिका वरिष्ठ सदस्य हरिप्रसाद शर्माको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन दक्षिण भारत क्षेत्रीय सदस्य तथा चेन्नई पश्चिम नगर सचिव किशोर शर्माले गर्नुभएको थियो ।
दिवंगत केशमान नेपालीको जिवन संगिनी पदममाया नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका अतिथिहरूमा मूल प्रवाह केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रिय अध्यक्ष चन्द्रबहादुर थापा, केन्द्रीय सदस्य काशिराम शर्मा, दक्षिण भारत क्षेत्रीय सचिवालय सदस्य तथा चेन्नई पश्चिम नगर अध्यक्ष बुद्धिराम पौडेल, दक्षिण भारत क्षेत्रीय सदस्य तथा चेन्नई उत्तर नगर समितिका अध्यक्ष गोपाल विक, क्षेत्रीय सदस्य तथा चेन्नई पूर्व नगर समितिका अध्यक्ष ओमकान्त शर्मा, दक्षिण भारत क्षेत्रीय सदस्य तथा सांस्कृतिक विभागका सदस्य डिलबहादुर जिएम, चेन्नई पश्चिम नगर समितिका सदस्य खुमानप्रसाद भण्डारी, चेन्नई पश्चिम जनजाति विभागबाट शशीराम थापा, चेन्नई पश्चिम समता विभागबाट प्रकाश नेपाली, चेन्नई पश्चिम महिला विभागबाट गुमाकुमारी शाही, लोककुमारी थापा, काटुर टोल समितिबाट सन्तोष थापा, कोयम्बेडु एरिया समितिबाट राजेश घिमिरे, समाजसेवी तथा भाईचारा सङ्गठनका प्रतिनिधि हेमराज रिजाल, स्वर्गीय केशमान नेपालीका भाई रनबहादुर नेपाली, ज्वाईं मनिलाल नेपाली, (गुप्ता) छोरीहरू कोपिला नेपाली, गिता नेपाली, विष्ना नेपाली हुनुहुन्थ्यो ।
वहाँको सम्झनामा एक मिनेट मौनधारणसहित एकता समाजका केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्रबहादुर थापाले माल्यार्पण गर्नुभएको थियो भने दिवंगत केशमान नेपालीकी जिवन संगिनीले सहयोग गर्नुभएको थियो ।
शोक मन्तव्य राख्दै केन्द्रीय सदस्य थापाले वहाँको सङ्गठन प्रतिको जुझारुपन, लगनशीलता र समर्पण सदैव खड्किरहने र वहाँको सपना साकार पार्न हमेशा तत्पर रहेको बताउनुभएको थियो ।
त्यस्तै मूल प्रवाह केन्द्रीय सदस्य काशीराम शर्माले पनि वहाँको नरम व्यावहार र मिठो तथा अभिभावकीय भूमिकाको जति प्रसंशा गरे पनि कम हुने बताउँनु भएको थियो ।
शोक मन्तव्य राख्नेहरूमा बुद्धि राम पौडेल, गोपाल विक, ओमकान्त शर्मा, गुमाकुमारी शाही, डिलबहादुर जिएम, खुमनप्रसाद भण्डारी, शशीराम थापा, हेमराज रिजाल, सन्तोष थापालगायत हुनुहुन्थ्यो ।
