• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अमेरिकाद्वारा प्रस्तावित २८ बुँदे रुस–युक्रेन शान्ति योजनामा के छ ?


  •   शुक्रबार, मङि्सर ०५, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अमेरिकाले रुस–युक्रेनमाझ युद्धविराम गर्ने भन्दै २८ बुँदे शान्ति योजना अगाडि सारेको छ ।

    Advertisement

    युक्रेनको विपक्षी दलका सांसद एलेक्सी गोन्चारेन्कोले यह साता अमेरिकी प्रशासनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसामु प्रस्तुत गरेको शान्ति योजना सार्वजनिक गरेका हुन् ।

    गोन्चारेकोले सामाजिक सञ्जालमा पोस्ट गरेको सो योजनालाई युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको कार्यालयले पुष्टि गरिसकेको छ ।

    यस्ता छन्, शान्ति योजनाका २८ बुँदा

    १. युक्रेनको सार्वभौमिकता सुनिश्चित गरिनेछ ।

    २. रुस, युक्रेन र युरोपबिच पूर्ण र व्यापकस्तरको अनाक्रमण सम्झौता सम्पन्न हुनेछ । गत ३० वर्षयताका सबै अस्पष्टता समाधान भएको मानिनेछ ।

    ३. रुसले छिमेकी देशमा आक्रमण गर्ने छैन, साथै नेटो थप विस्तार पनि हुने छैन भन्ने अपेक्षा गरिएको छ ।

    ४. सुरक्षासम्बन्धी सबै समस्या समाधान गर्न तथा तनाव न्यूनीकरणको अवस्था सिर्जना गर्न अमेरिकाको मध्यस्थतामा रुस र नाटोबिच वार्ता आयोजना गरिनेछ । यस्तो वार्ताले विश्वव्यापी सुरक्षा सुनिश्चित गर्नेछ, साथै भविष्यमा आर्थिक विकासका लागि अवसर तथा सहायता बढाउनेछ ।

    ५. युक्रेनलाई भरपर्दो सुरक्षा सुनिश्चितता उपलब्ध गराइनेछ ।

    ६. युक्रेनको पूरै सशस्त्र बलको आकार ६ लाखमा सीमित हुनेछ ।

    ७. युक्रेनले आफ्नो संविधानमा आफू नेटोमा सामेल नहुने कुरामा सहमति जनाएको छ, साथै नेटोले पनि आफ्नो कानुनमा भविष्यमा युक्रेनलाई समावेश नगर्ने भन्ने प्रावधान समावेश गर्न सहमति जनाएको छ ।

    ८. नेटोले युक्रेनमा सेना तैनाथ नगर्ने सहमति जनाएको छ ।

    ९. युरोपेली लडाकु विमान पोल्यान्डमा तैनाथ हुनेछन् ।

    १०. अमेरिकाले केही विषयमा सुनिश्चितता दिलाउनेछ । त्यसको बदलामा उसले क्षतिपूर्ति पाउनेछ । यदि युक्रेनले रुसमा आक्रमण गरेको खण्डमा अमेरिकी सुनिश्चितता गुमाउनेछ । त्यसैगरी यदि रुसले युक्रेनमा आक्रमण गरेको अवस्थामा सबै खाले विश्वव्यापी प्रतिबन्ध पुन: ब्युँताइनेछ, साथै नयाँ क्षेत्रको मान्यता र यस सम्झौतामार्फत रुसले पाउने अन्य सबै फाइदा रद्द गरिनेछ । यदि युक्रेनले मस्को वा सेन्टपिटर्सबर्गमा क्षेप्यास्त्र प्रहार गरेको अवस्थामा सुरक्षा सुनिश्चितता खारेज हुनेछ ।

    ११. युक्रेनले युरोपेली सङ्घ (इयू) को सदस्यताको अधिकार कायम राख्छ, साथै इयूप्रवेशको मुद्दा विचाराधीन रहँदाको अवस्थामा युरोपेली बजारमा छोटो अवधिको प्राथमिकतासहितको पहुँच प्राप्त गर्नेछ ।

    १२. युक्रेनको पुनर्निर्माणका लागि विभिन्न तरिकासहितको एक शक्तिशाली विश्वव्यापी प्याकेज निर्माण हुनेछ, जसमा निम्न कुरा समावेश हुनेछन् :

    • प्रविधि, डेटाप्रशोधन केन्द्र तथा कृत्रिम बौद्धिकता (एआई) सहित उच्च वृद्धि क्षेत्रमा लगानी गर्न युक्रेन विकास कोषको खडा गरिनेछ ।
    • अमेरिकाले युक्रेनसँग पाइपलाइन तथा भण्डारण सुविधासहित युक्रेनको ग्यास पूर्वाधारको संयुक्त पुनर्निर्माण, विकास, आधुनिकीकरण साथै सञ्चालनमा सहयोग गर्नेछ ।
    • युद्धप्रभावित क्षेत्रको पुनस्र्थापना गर्न संयुक्त पहल गरिनेछ । त्यसमा सहर तथा आवासीय क्षेत्रको पुनर्निर्माण र आधुनिकीकरण पनि समावेश हुनेछ ।
    • पूर्वाधार विकास गरिनेछ ।
    • खनिज र प्राकृतिक स्रोतको निकासी समावेश हुनेछ ।
    • यी पहललाई तीव्रता दिन तथा प्रभावकारी बनाउनका लागी विश्व बैङ्कले विशेष वित्तीय प्याकेज तयार गर्नेछ ।

    १३. रुसलाई वैश्विक अर्थतन्त्रमा पुन: एकीकृत गरिनेछ :

    • रुसमाथिका प्रतिबन्ध हटाउने बारेमा छलफल गरिनेछ, साथै क्रमश: सहमति जनाइनेछ ।
    • अमेरिकाले ऊर्जा, प्राकृतिक स्रोत, पूर्वाधार, कृत्रिम बौद्धिकता, डेटा प्रशोधन केन्द्र, आर्कटिकमा रेयर अर्थ खानीसम्बन्धी परियोजना तथा अन्य एकआपसमा लाभदायक हुन सक्ने कर्पोरेट अवसरको क्षेत्रमा पारस्परिक विकास गर्ने उद्देश्यले दीर्घकालीन आर्थिक सहयोग सम्झौता गर्नेछ।
    • रुसलाई जी–८ मा पुनरागमनका लागि निमन्त्रणा दिइनेछ ।

    १४. हाल फ्रिज (रोक्का) गरिएका रुसी सम्पत्तिको प्रयोग निम्नअनुसार हुनेछ :

    एक सय अर्ब डलर युक्रेनमा अमेरिकाको नेतृत्वमा पुनर्निर्माण तथा लगानी प्रयोग हुनेछ । अमेरिकाले यसबाट प्राप्त हुने नाफाको ५० प्रतिशत प्राप्त गर्नेछ । युक्रेनको पुनर्निर्माणको लगानी बढाउनका लागी युरोपले थप एक सय अर्ब डलर उपलब्ध गराउनेछ । रोक्का गरिएका रुसी सम्पत्ति खुला गरिनेछ । बाँकी रहेको रोक्का रुसी सम्पत्ति छुट्टै अमेरिकी–रुसी लगानी योजना बनाएर त्यसमा लगानी गरिनेछ, जसले संयुक्त रूपमा निर्धारित क्षेत्रमा अमेरिकी–रुसी परियोजना सञ्चालन गर्नेछ । यो कोष द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने तथा दुवै मुलुकका साझा हित बढाउने उद्देश्यमा केन्द्रित हुनेछ । त्यसो गर्दा पुन: द्वन्द्व नहोस् भन्ने वातावरण बनाउनेमा जोड दिइनेछ ।

    १५. यस सम्झौताका सबै प्रावधान कार्यान्वयनको काम सहज बनाउन तथा सुनिश्चित गर्न सुरक्षा मुद्दाबारे अमेरिकी–रुसी कार्यदल स्थापना गरिनेछ ।

    १६. रुसले युरोप तथा युक्रेनप्रति अनाक्रमणको नीतिलाई कानुनी रूपमै स्थापित गर्नेछ ।

    १७. अमेरिका र रुस स्टार्ट–१ लगायत आणविक हतियार तथा हतियार नियन्त्रणबारेका अप्रसारमा सन्धिको वैधतालाई थप विस्तार गर्न सहमत हुनेछन् ।

    १८. आणविक हतियारको अप्रसारसम्बन्धी सन्धिअनुसार युक्रेन गैरआणविक राज्य रहनका लागि सहमत छ ।

    १९. जापारोजिया आणविक ऊर्जा केन्द्र आइएइएको पर्यवेक्षणमा पुन: सुचारु हुनेछ, साथै त्यहाँबाट उत्पादित बिजुली रुस र युक्रेन बिच समान रूपमा (आधा–आधा) बाँडिनेछ ।

    २०.रुस र युक्रेन विद्यालय तथा समाजमा विभिन्न संस्कृतिको आपसी समझदारी एवम् सहिष्णुता कायम गर्ने गरी नस्लवाद तथा जातिय पूर्वाग्रह उन्मूलनलाई सघाउ पुग्ने गरी शैक्षिक कार्यक्रमको थालनी गर्न प्रतिबद्ध रहनेछन्

    • युक्रेनले धार्मिक सहिष्णुता तथा भाषिक अल्पसङ्ख्यकको संरक्षणबारे युरोपेली सङ्घका नियम लागु गर्नेछ ।
      दुवै देश सबै खाले भेदभावपूर्ण तरिका हटाउन तथा युक्रेनी एवम् रुसी सञ्चारमाध्यम र शिक्षाको अधिकारको सुनिश्चित गर्न सहमत छन् ।
    • सबै खाले नाजी विचारधारा तथा गतिविधिलाई खारेज एवम् निषेध गर्नुपर्नेछ ।

    २१. भौगोलिक क्षेत्रबारे

    • क्रिमिया, लुहान्स्क तथा डोनेट्स्कलाई वास्तविक (डिफ्याक्टो) रूपमा रुसी भूमिको मान्यता दिइनेछ ।
    • खेरसन तथा जापोजियामा हाल रहेको सम्पर्क रेखा (लाइन अफ कन्ट्याक्ट) हालकै अवस्थामा रहनेछ । त्यसको अर्थ हालको सम्पर्क रेखालाई डिफ्याक्टो मान्यता दिलाइनेछ ।
    • रुसले हाल उसको नियन्त्रणमा रहेका पाँच क्षेत्रबाहेक अन्य क्षेत्र (सम्भवत: खार्कोभ, सुमी एवम् डिनाइप्रोपेट्रोभस्क ओब्लास्ट) माथिको दाबी त्याग्नेछ ।
    • युक्रेनी सेना हाल नियन्त्रणमा रहेको डोनेस्क ओब्लास्टको भागबाट फिर्ता हुनेछन् । यसरी फिर्ता हुने क्षेत्रलाई तटस्थ निशस्त्रीकृत बफर क्षेत्र मानिनेछ । रुसी सेना यस निशस्त्रीकृत क्षेत्रमा प्रवेश गर्ने छैनन् ।

    २२. भौगोलिक सीमाबारे सहमति भएपछि रुस र युक्रेन दुवैले बलप्रयोग गरेर यी व्यवस्था परिवर्तन नगर्ने प्रतिबद्धता जनाउनेछन् । त्यस्तो प्रतिबद्धता उल्लङ्घन भएको अवस्थामा कुनै पनि सुरक्षा सुनिश्चितता लागु हुने छैनन् ।

    २३. रुसले युक्रेनको डिनापर नदीको व्यावसायिक प्रयोगमा अवरोध पुर्‍याउने छैन । ब्ल्याक सी पार गरेर हुने अन्नको ढुवानीबारे सम्झौता गरिनेछ ।

    २४. बाँकी रहेका विषय हल गर्नका लागि मानवीय समिति गठन गरिनेछ :

    • बाँकी रहेका सबै बन्दी तथा शव आपसमा फिर्ता गरिनेछ ।
    • बालबालिकासहित सबै नागरिक बन्दी एवम् बन्धक फिर्ता गरिनेछ ।
    • परिवार पुनर्मिलन कार्यक्रम लागु गरिनेछ ।
    • द्वन्द्वपीडितको पीडा कम गर्ने विविध उपाय अवलम्बन गरिनेछ ।

    २५. सम्झौतामा हस्ताक्षर भएको एक सय दिनपछि युक्रेनमा निर्वाचन गरिनेछ ।

    २६. द्वन्द्वमा संलग्न सबै पक्षले युद्धको समयमा गरिएका कामका लागि पूर्ण आममाफी पाउनेछन् तथा त्यसबारे भविष्यमा कुनै दाबी दर्ता नगर्ने एवम् उजुरी अघि नबढाउने प्रतिबद्धता गर्नेछन् ।

    २७. यो सम्झौता कानुनी रूपमा बाध्यकारी हुनेछ । यसको कार्यान्वयनको अनुगमन र ग्यारेन्टी राष्ट्रपति ट्रम्पको नेतृत्वमा रहेको शान्तिपरिषद्ले गर्नेछ । उल्लङ्घनको घटना फेला परेको अवस्थामा पूर्वनिर्धारित प्रतिबन्ध पुन: लागु हुनेछन् ।

    २८. सबै पक्षले यस मेमोरेन्डममा सहमति जनाएपछि तथा हस्ताक्षर गरेपछि एवम् सम्झौतामा उल्लेखित स्थानमा फर्किएलगत्तै युद्धविराम लागु हुनेछ । त्यसपश्चात सम्झौताको कार्यान्वयन सुरु हुनेछ ।

    शुक्रबार, मङि्सर ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.