• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लाइसेन्स छपाइको उद्घाटन भए पनि दुई सातासम्म सुरु भएन काम


  •   बिहिबार, मङि्सर ०४, २०८२ मा प्रकाशित
  • धुलिखेल । गत कात्तिक २१ गते सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु भएकोमा दुई साता बितिसक्दा पनि काम सुरु भएको छैन । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले छपाइ कार्यको उद्घाटन गरेका थिए ।

    Advertisement

    दैनिक पाँच सय लाइसेन्स छाप्ने भनेर भनिए पनि त्यसयता लाइसेन्स छपाइ भएको छैन । पहिलो चरणमा अत्यावश्यकसहित १२ लाख लाइसेन्स छपाइ गर्ने सहमति भए पनि उद्घाटनका दिन छापिएको पाँच सयबाहेक हालसम्म लाइसेन्सको छपाइ नभएको सुरक्षण मुद्रण केन्द्रले जनाएको छ ।

    यता केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले भने शुक्रबारदेखि लाइसेन्स छाप्ने काम सुरु हुने दाबी गरे । यातायात विभागबाट डाटा लिन समस्या भएको कारण केही दिन ढिला भएको र बुधबार मात्र यातायात विभागले थप डाटा पठाएको उनको भनाइ छ ।

    यातायात विभागको सिस्टम डाउन भएका कारणले डाटा लिनलाई केही समस्या देखिएको, बुधबारबाट समस्या समाधान भएर डाटा प्राप्त भएकाले शुक्रबारबाट पुन: छपाइ सुरु हुने उनले बताए ।

    पहिलो चरणमा केही समस्या देखिएकाले दोस्रो चरणदेखि नियमित छपाइ सुरु हुने पनि उनले दाबी गरे ।

    मुद्रण केन्द्रले क्वालिटी परीक्षणको लागि पाँच सय लाइसेन्स छापेर केही नमुना काठमाडौँ विश्वविद्यालयको प्रयोगशालामा पठाएको छ तर विश्वविद्यालयले लाइसेन्स परीक्षणको आधिकारिक जानकारी नआएको बताएको छ ।

    विश्वविद्यालयमा गत २४ कात्तिकमा इमेलमार्फत एउटा पत्र गए पनि आधिकारिक रूपमा लाइसेन्स टेस्टका लागि हार्डकपीमा पत्र नआएको कारण टेस्टिङको काम सुरु नभएको बताइएको छ ।

    प्रयोगशालामा लाइसेन्स कार्ड तन्किने नतन्किने, भाँच्चिने नभाच्चिने, मेटिने नमेटिने, तापक्रम थेग्ने नथेग्ने, कति वर्षसम्म टिक्छ भन्नेलगायतका टेस्ट हुनेछ ।

    लाइसेन्स छाप्ने विषयमा अघिल्लो सरकारको पालामै २०८२ वैशाख ३ गते काठमाडौँ विश्वविद्यालयलाई लाइसेन्स छपाइको विषयमा सहजीकरण गर्न पत्र पठाएको थियो ।

    केन्द्रका अनुसार पहिलेभन्दा लाइसेन्सको बनावट फरक हुने भएको छ । पहिलेको लाइसेन्समा चिप्स (सिमकार्ड) हुने थियो भने अब छापिने लाइसेन्समा क्युआर कोड हुनेछ ।

    केन्द्रले कार्डको ग्यारेन्टी १० वर्षको राखेको छ । त्यसमा नवीकरण गर्ने समय पाँच वर्षको थपेर १५ वर्षका लागि प्रस्ताव भए पनि अहिले १० वर्षको मात्र छ ।

    बिहिबार, मङि्सर ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.