• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘मौरिस हर्जोग’ पदमार्गका अस्थायी पुलमा आलोपालो आवतजावत गर्नुपर्ने अवस्था


  •   बुधबार, मङि्सर ०३, २०८२ मा प्रकाशित
  • म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गमा व्यवस्थित झोलुङ्गे पुल नहुँदा आवत जावतमा समस्या भएको छ ।

    Advertisement

    नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको उक्त पदमार्गको नारच्याङ–हुमखोला खण्डको कच्चि सडक र हुमखोला–आधारशिविर खण्डमा रहेका अस्थायी पुल (साँघु र फड्के) हरूको स्तरोन्नति गर्नुपर्ने भएको छ । पदयात्रीहरूको चाप बढेपछि अस्थायी पुलमा आलोपालो गरेर हिड्नुपर्ने अवस्था आएको मौरिस हर्जोग पदमार्गका अभियान्त तेज गुरुङले बताउनुभयो ।

    स्थानीय सिप र प्रविधिको प्रयोग गरेर निर्माण भएको अस्थायी पुललाई पर्यटकको चापसँगै स्तरोन्नति गर्नुपर्ने भएको उहाँले बताउनुभयो । पुलमा काठको फ्ल्याक बिछ्याइएको छ । लठ्ठाहरू हल्लिदाँ वारपार गर्न जोखिम भएको हो । भारी बोकेर पुल तर्न गाहे हुने गरेको छ । पुलको दायाँबाया जाली पनि छैन् । कतिपय ठाउँमा काठका साघुबाट खोला तर्नुपर्छ ।

    हुमखोला, फुतफुते झरना, रेडवाटर फल, सुनखोला र पञ्चकुण्डमा रहेका काठे पुल परिवर्तन र स्तरोन्नति गर्नुपर्ने देखिएको हो । पञ्चकुण्ड तालको छेउबाट आधार शिविर जाने बाटोमा खोलामाथी राखिएको काठमा हिउँ जम्ने र चिप्लने समस्या छ ।

    अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा पदमार्गको प्रवेशबिन्दुमा पर्ने हुमखोलामा ६० मिटर लामो झोलुङ्गे पुल निर्माणको तयारी गरेको जनाएको छ । गाउँपालिकाका सवइञ्जिनियर बालकृष्ण पौडेलले सामग्रीहरू खरिद भइसकेको पुल निर्माण गर्न उपभोक्ता समिति गठन र सम्झौतापछि काम अघि बढाउने बताउनुभयो ।

    फुतफुते झरनामा झोलुङ्गे पुल बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । पृष्ठभूमिमा झरनाहरू अवलोकन गर्दै तस्विर, भिडियो खिच्ने ठाउँ समेत रहने गरेर पुल बनाउन डिजाइन गरिएको उहाँले बताउनुभयो ।

    अन्य ठाउँमा पुल बनाउनका लागि प्रदेश तथा संघीय सरकारसँग पहल गरेको गाउँपालिकाले जनाएको छ । हालै मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण आधार शिविरको भ्रमण गरेर आएका गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले झोलुङ्गे पुल, खानेपानी, सञ्चार, विद्युत सुविधा विस्तार र पदमार्ग स्तरोन्नतिका लागि सरकारसँग पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

    समुन्द्रि सतहदेखि चार हजार एक सय ५० मिटर उचाईमा रहेको अन्नपूर्ण आधार शिविरमा छोटो दुरिमा सहजै पदयात्रामा पुगिने भएकाले पर्यटकको रोजाईमा परेको छ । असोज र कात्तिक महिनामा करिब १५ हजार जनाले आधार शिविरको भ्रमण गरेका अन्नपूर्ण गाउँपालिका–४ का वडा अध्यक्ष लोकबहादुर पुनले बताउनुभयो ।

    नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ । दुई दिनको पैदलयात्रामा पुगिने अन्नपूर्ण आधार शिविर पर्यटकका लागि ‘भर्जिन’ गन्तव्य भएको शेर्पा अल्पाइन ट्रेकीङका पथप्रर्दशक लाक्पा आङवु शेर्पाले बताउनुभयो ।

    अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ ।

    नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले वि.स. २०७७ मा नक्साङ्कन र ‘मौरिस हर्जोग’ नामाकरण गरेको थियो ।

    सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस र लुईस लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो । आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ ।

    वि.स. २०७७ मा भएको अन्नपूर्ण महोत्सव र गत जेठमा अन्नपूर्ण आरोहणको हिरक जयन्तिले पदमार्ग, हिमाल र आधार शिविरको प्रचार गर्न सहयोग पुगेको छ । पदमार्गको प्रवेशबिन्दुमा पर्ने नारच्याङमा सन् २०१२ आएका हर्जोगले आरोहणका समयमा प्रयोग गरेको बाटो र आधार शिविरको बारेमा जानकारी गराएपछि स्थानीयबासीहरूको टोलीले पदमार्गको खोज अनुसन्धान गरेको अगुवा गुरुङले बताउनुभयो ।

    बुधबार, मङि्सर ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.