• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

के हुँदैछ देशमा ?


  •   बुधबार, मङि्सर ०३, २०८२ मा प्रकाशित
  • भीष्म जोशी ##

    Advertisement

    हाम्रो शरीरमा प्रत्येक मिलिसेकेन्डमा यति सूक्ष्म परिवर्तन भइरहेको हुन्छ, हामीलाई थाहा नै हुँदैन । करोडौँ सेल मरिरहेका हुन्छन्; करोडौँ नयाँ जन्मिरहेका हुन्छन । मुटु, कलेजो, मिर्गौला, फोक्सोले निरन्तर काम गरिरहेको हुन्छ र त हामी स्वस्थ र मस्त ढङ्गले आफ्नो काम गरिरहेका हुन्छौँ । प्रकृतिसित निरन्तर अन्तक्र्रियामा हुन्छौँ । हावा, पानी, खाना नियमित लिइरहेका हुन्छौँ । प्रकृतिले यसको जोहो गरिरहेको हुन्छ । यही हो प्रणाली सिद्धान्त ।

    प्रकृति छ र हाम्रो सुन्दर जीवन छ । प्रत्येक चिज एकअर्कामा अन्तर्निहित हुन्छन्, जोडिएका छन् भनेको पनि यही हो । यही हो, हाम्रो जैविक प्रणाली र जीवन हुनुको अर्थ तर हाम्रै शरीरभित्र भइरहेको निरन्तर र तीव्र परिवर्तन हामी आफैलाई थाहा हुन्न । केही बिरामी या चोटपटक लाग्यो भन्ने बल्ल शरीर बोल्छ ।

    अर्कातिर प्राकृतिक स्वास्थ्यजस्तै हाम्रो सामाजिक स्वास्थ्य अर्को अमूल्य तत्त्व हो, जीवन बाच्नका लागि । दार्शनिकले यसैलाई राजनीति भनेका हुन् । प्रकृतिजस्तै सामाजिक वातावरण पनि स्वस्थ हुनुपर्छ । हाम्रो वरिपरिको राजनीति पनि स्वस्थ हुनुपर्छ । राजनीति हाम्रो शरीरदेखि सुरु भएर सिङ्गो विश्वभरि फैलिएको हुन्छ । घर, परिवार, गाउँ, समाज, राष्ट्र र परराष्ट्र—यी सबै ठाउँको राजनीति पनि स्वस्थ हुनुपर्छ । राजनैतिक र प्रकृति दुवै वातावरण स्वस्थ रह्यो भने मात्रै हाम्रो व्यक्तिगत जैविक वातावरण स्वस्थ रहन्छ, हामी स्वस्थ रहन्छौँ ।

    अहिले देशको राजनीतिको स्वास्थ्य कस्तो छ ? यहि विषयमा छलफल केन्द्रित गरौँ । यदि देशको स्वास्थ्य ठिक भएन भने यसभित्र बस्ने करिब तीन करोड जीवनको स्वास्थ्यमा असर पर्छ । राष्ट्रवादी कवि, साहित्यकारले देशको एकता, स्वास्थ्यको बारेमा राम्रा राम्रा गीत, कविता, निबन्ध, कथा रचेका हुन्छन किनकि कुनै कुनै बेला यस्तो आउँछ, देशलाई दुख्दा देशवासी व्यक्तिलाई नदुख्न सक्छ । कुनै बेला देशवासी ब्यक्तिलाई दुख्दा सिङ्गो देशलाई नदुख्न सक्छ तर अहिलेको अवस्था सामान्यभन्दा अलि फरक वा विशिष्ट छ । यो हामी सबैलाई थाहा छ ।

    दशकौँ लामो बलिदानी सङ्घर्षपश्चात् संविधानसभाबाट निर्मित संविधान एक दशक नपुग्दै बिरामी भएको छ र औषधी खोज्दैछ । संविधान बिरामी हुनु भनेको देशको जीवनमा केही न केही समस्या रहेछ भन्ने सङ्केत हो यो । संविधानलाई सन्चो गर्ने एक मात्र औषधी २०८२ फागुन २१ गते बिहीबारका दिन तोकिएको निर्वाचनको सफलता हो । यो एउटा राजनीतिक बिन्दु हो ।

    राजनीति र देशको मुख्य मूर्त संस्था सरकार हो । सरकार जननिर्वाचित सांसदले बनाउँछ । यो नियमित प्रक्रिया हो । नियमित ढङ्गले हरेक कुरा प्रणालीबद्ध रूपमा चल्नुपर्छ र चलाउनुपर्छ तर यस्तो कुनै बेला हुँदैन । यही हो जीवनको बाटो सिधा र सोझो हुँदैन भनेको, जीवनको रेखा बक्र हुन्छ । इसिजी गराउँदा इसिजीको रेखा सिधा भयो भने के हुन्छ ? त्यस्तै देशको जीवन पनि उतारचढाव र उथलपुथलका बिचबाट नै अघि बढिरहेको हुन्छ, बढ्नुपर्छ ।

    द्वन्द र शान्ति एकअर्काका अभिन्न अङ्ग हुन् तर गन्तव्य र परिणाम सकारात्मक हुनुपर्छ । गन्तव्य सबैको शान्ति र सुख नै हो । राजनैतिक उथलपुथल हुन्छ तर यो जनताको र देशको हितका लागि हुनुपर्छ ।

    भदौ २३ गते युवाको आन्दोलन भयो । यो आन्दोलन विगतका सधैँका आन्दोलनभन्दा फरक भयो । राजनीतिशास्त्रका विद्यार्थी नै तीनछक परे । यो युवाजोसमा युवाआक्रोश मिसिएपछिको परिणाम थियो, जसले सबैलाई आश्चर्यचकित बनायो तर यसको जग सत्ताधारीले लामो समयदेखि बुन्दै आएका हुन्, नातावाद, कृपावाद, अवसरवाद, भ्रष्टाचार, भागबण्डा आदिका रूपमा । यसका विरुद्ध नेपाली युवाले धर्तीआकाश एक गराइदिए १७ घण्टामैँ । एकैदिन १९ जना युवाले देशका निम्ति महान् बलिदानी दिए । नारा थियो– सुशासन कायम गर । भदौ २४ गते राजनीतिक उथलपुथल भयो । तत्कालीन सरकारले युवासमक्ष घुडा टेक्यो । यो अर्को राजनीतिक बिन्दु हो ।

    भदौ २४ गते मङ्गलबार नेपालमा के भयो ? धेरैलाई सपनाजस्तो लाग्यो तर यो वास्तविकता थियो, हो । भदौ २३ र २४ गतेको नेपाली युवा आन्दोलनले नेपालमा राजनैतिक उथलपुथल ल्यायो । युवाहरूले आकाशधर्ती एक गरेको दिन थियो भदौ २३ र २४ गते, जसको वरिपरि अहिले सिङ्गो देशको राजनीति, सरकार, राजनैतिक दल, बुद्धिजीवी, युवा, उद्योगी, व्यापार र सिङ्गो जनताको जनजीवन घुमिरहेको छ । त्यसको उपज हो– अहिलेको कार्की सरकार ।

    राजनैतिक रूपमा अहिले युवा आन्दोलनको जगमा नयाँ चुनावी सरकार बनेको छ । सरकारले अबको चार महिनाभित्र चुनाव गराइसक्नु पर्नेछ । फागुन २१ गते चुनाव गर्ने गरी कार्की सरकारलाई एकसूत्रीय म्यान्डेट प्राप्त छ । यो राजनीतिको दोस्रो बिन्दु हो किनकि हामी अहिले लोकतान्त्रिक प्रणालीभित्र छौ । लोकतन्त्रमा आवधिक निर्वाचन शासनको प्राणवायु हो ।

    चुनाव सफल हुनुपर्छ । यसमा राजनैतिक दलले आफ्नो शासन गर्ने हक पुन: प्राप्त गर्ने सुनौलो अवसरबाट चुक्ने गल्ती कदापि गर्नुहुँदैन । प्रत्यक्ष रूपमा चुनाव गराउने जिम्मेवारी कार्की सरकारको देखिएता पनि चुनाव सफल बनाउने अन्तिम दायित्व र शक्ति भनेका राजनीतिक दल नै हुन । यो जिम्मेवारीमा टुनामुना गर्न अरूले मिल्ला तर यो देशका स्थायी राजनीतिक शक्ति रहेका जिम्मेवार राजनैतिक दल यो जिम्मेवारीबाट भाग्न कदापि मिल्दैन किनकि अहिलेको राजनैतिक सङ्क्रमणको निकास भनेको फागुन २१ गतेको चुनावी पर्वलाई भव्य रूपमा सफल बनाउनु हो बरु चुनावमा विदेशीका एजेन्टहरुले चुनाव नजितुन भनेर देशभक्त राजनैतिक दलले कडा सङ्घर्ष गर्न सक्नुपर्छ र विजय हासिल गर्न सक्नुपर्दछ ।

    अहिले युवा आन्दोलनमा हस्तक्षेप गर्ने देशीविदेशी प्रतिक्रियावादी शक्तिलाई पनि मतदाताले चुनावबाटै गतिलो राष्ट्रभक्ति र राष्ट्रिय एकता प्रदर्शन गरी हाम्रो राष्ट्रका दुस्मनलाई गतिलो चुनावी बज्रप्रहार गरुन् । बाह्य हस्तक्षेप कहिँ कतै स्वीकार्य छैन, स्वीकार्य हुँदैन पनि तर आन्दोलनमा हुने बाह्य हस्तक्षेपभन्दा चुनावमा हुने बाह्य हस्तक्षेप कति धेरै खतरनाक हुन्छ भन्ने सन्दर्भमा सिक्किमको उदाहरण साक्षी छ । त्यसैले आगामी चुनावमा यो पाटोप्रति सिङ्गो देशको ध्यान अरू चुनावका बेलाभन्दा अलि बढी जाओस् ।

    अब चुनाव हुने/नहुने प्राविधिक पक्षमा छलफल गरौँ । चुनावको मुख्य स्टेकहोल्डर राजनीतिक दल हुन् । राजनैतिक दल चुनावमा कुनै बहानाबाजी नगरी चुनावमा जान तयार हो ? यदि हो भने चुनाव हुन्छ । दोस्रो– चुनाव गराउने निर्वाचन आयोगले हो ।

    नेपालको लोक सेवा आयोग र निर्वाचन आयोग मात्रै दुईटा यस्ता संवैधानिक आयोग हुन्, जसले जनताको विश्वास जितेका छन् । किन भन्दा यी आफ्नो व्यावसायिकता, नैतिकता र पारदर्शिता कायम गर्दै आफ्नो क्षमताको दशकौँ अघिदेखि लामो अभ्यास गर्दै आएका आयोग हुन् ।

    नेपालको निर्वाचन आयोग विश्वमै उत्कृष्ट दश निर्वाचन आयोगभित्र पर्ने संस्था हो । उसले आफूलाई सुम्पिएको संवैधानिक जिम्मेवारीबाट ऊ कदापि पछि हट्दैन किनकि इतिहास रचेका संस्थाले आफ्नो छुट्टै उच्चस्तरीय व्यावसायिक छवि बनाएका हुन्छन । निर्वाचन आयोगको आफ्नो बेग्लै सुन्दर पहिचान, स्तर र साख छ । त्यसैले निर्वाचन आयोगप्रति जनताको विश्वास अर्को चुनाव हुने बलियो आधार हो ।

    तेस्रो पक्ष सरकार हो । सरकारको बारेमा धेरै बोल्न आवश्यक छैन किनकि खिलराज रेग्मी सरकारले रेग्मी तत्काल मन्त्रिपरिषद्को अध्यक्ष र प्रधानन्यायाधीशजस्तो दोहोरो जिम्मेवारीमा हुदा त सफल निर्वाचन गराए भने अहिले प्रधानमन्त्रीको त प्रधानमन्त्रीको (प्रधानमन्त्री सुशीला कार्की पूर्व प्रधानन्यायाधीशसमेत हुन्) मात्रै जिम्मेवारी छ । त्यसैले सरकारमा व्यावसायिक र क्षमतायोग्य सदस्य भएको हुँदा एउटा मात्रै चुनाव सम्पन्न गर्ने उद्देश्य र काम सफल हुन्छ । यसका लागि सरकार सक्षम देखिन्छ । नियमित अवस्थामा पनि आवधिक निर्वाचनको निष्पक्षता कायम होस् भनी नागरिक सरकार गठन गर्ने प्रक्रियालाई अन्यथा भन्न मिल्दैन भने यो फरक अवस्थाको बारेमा भनिरहनु परेन ।

    अर्को पक्ष मतदाता हुन् । मतदाता नै सार्वभौमसत्तासम्पन्न भएको हुँदा आफ्नो प्रतिनिधि चुन्न जनता सधैँ आतुर नै हुन्छन् किनकि नेपाली जनताले २०१५ सालदेखि निर्वाचनमा मतदान गर्दै आएको इतिहास छ । यसका लागि आवश्यक शान्तिसुरक्षाको प्रत्याभूती गर्ने काम निर्वाचन आयोग र सरकारको हो । यसमा जनताले सहयोग गर्छन् ।

    अर्को पक्ष हाम्रा युवा पुस्ता हुन्, जसले भ्रष्टाचारको अन्त्य गरी सुशासन, पारदर्शिता, नैतिकवान् र लोकतान्त्रिक नेतृत्व वा शासक हुनुपर्छ भनेर अभूतपूर्व बलिदानी गरे, त्यो पुस्ताको प्रमुख जिम्मेवारी हो, चुनाव सम्पन्न गराउने । निर्वाचित सरकारले मात्रै आन्दोलनका उपलब्धिलाई वैधता दिने क्षमता राख्दछ, जस्तो : २०६२–६३ को महान् जनआन्दोलनपश्चात् संविधानसभा निर्वाचन र त्यो सभाको पहिलो बैठकबाट २०६५ जेठ १५ गते गणतन्त्र नेपालको घोषणा किनकि आन्दोलन र शासन दुवै फरक तत्त्व हुन् ।

    अर्को पक्ष हो, मित्रराष्ट्रको सदासयता र समर्थन, जुन कायम छ । यी आधार नै २०८२ फागुन २१ गते चुनाव हुने सुनिश्चितताका आधार हुन ।, त्यसैले चुनाव हुन्छ ।

    चुनावपछि आउने सांसद र सरकारमा रहने सदस्यले जनताको म्यान्डेट र युवा आन्दोलनको मर्मअनुसार जनताका वास्तविक जनप्रतिनिधि सोचेर जनताप्रति वफादार रही मनसा, वाचा र कर्मणा प्रतिबद्ध रही जनसेवक हुनुपर्छ । यी सैद्धान्तिक कुरा मात्रै होइन रहेछन्, वास्तविक जिम्मेवारीमा रहँदा पालना गर्नुपर्ने विषयवस्तु रहेछन् भन्ने युवा आन्दोलनले राम्रो पाठ पढाएको छ ।

    अब फेरि पनि सत्ताको कुर्सीमा पुग्नेबित्तिकै सत्तामा पुग्ने र प्रतिपक्षमा बस्ने सबैले यी कुरा हेक्का राखुन्, नबिर्सुन् । अब व्यवहारबाटै जनताको विश्वास जित्न सक्नुपर्छ, न्यायपूर्ण आन्दोलनको म्यान्डेटको पालना गर्नुपर्ने रहेछ भन्ने अबका शासकमा सद्बुद्धि पलाओस् । लोकतन्त्रमा सबैभन्दा ठुलो कुरा जनविश्वास नै हो भन्ने कुरा युवाको आन्दोलनले पुन: पुष्टि गरेको छ । सबैको भलो होस् ।

    बुधबार, मङि्सर ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.