दाङ । दाङको घोराहीमा अखिल नेपाल महिला सङ्घको आयोजनामा छदिने नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
सङ्घकी राष्ट्रिय परिषद् सदस्य कृष्णा रानाले मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गरेसँगै २०८२ मङ्सिर १ गते सोमबार सो कार्यक्रम सुरु भएको हो ।
महिला सङ्घको घोराही नगर समिति समितिद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि रानासँगै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सचिव रामबहादुर जिएम, जनजाति सम्मेलनकै जिल्ला समितिका सचिव मङ्गल घर्ती, राजमो घोराहीका अध्यक्ष मनिराम खनाल, महिला सङ्घकी जिल्ला सदस्य बसन्ता भट्टराईलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

नगर उपाध्यक्ष सुशीला नेपालीको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा सञ्चालन नगर अध्यक्ष हेमा पोख्रेलले र स्वागत सावित्रा रावतले गर्नुभएको थियोे ।
नगर समितिका नेताकार्यकर्ताको नेतृत्व विकासको लागि आयोजना गरिएको भनिएको उक्त कार्यक्रम आगामी मङ्सिर ६ गतेसम्म चल्ने नगर अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।
