इन्द्रकान्त शर्मा ##
सकिने बेलामा ठुलो धनराशि खर्च गरेर पञ्चले देशव्यापी ठुला ठुला र्याली निकाल्थे । निकै चहकिला देखिन्थे । निभ्ने बेलाको दियो चहकिलो हुनु प्रकृतिको नियम नै हो । एमालेमा सकिँदै सकिँदै जाने रहलपहल रहलपहलको निन्याउरो चहलपहल बाँकी रहेको देखिन्छ । त्यो निन्याउरो चलपहल इतिहास र प्रकृतिको त्यही ‘निभ्ने बेलाको चहकिलो नियम’ अन्तर्गतकै कुरा हो । निरन्तरता हो । ढलेको पञ्चायतबाट बाहिर निस्कन पञ्चलाई पनि सुरुसुरुमा निकै अप्ठ्यारो परेको थियोे । समाज र राष्ट्रले सतिप्रथाको विरोध गर्दा सतिप्रथाको समर्थनमा पनि चुरिफुरी निकै हुने गथ्र्यो । इतिहासको नियम हो । यस्तै हुने गर्छ ।
सत्तामा रहेर जनता, जनता, जनता, मिसन जनता नभन्ने तर तर खाएर मिसन–२०८४ भन्ने र त्यसपछि लगातार सत्तामा एकाँही राइँदाइँ गर्ने मिसन–२०८४ को सपना रह्यो एमालेमा । सिधासादा जनतालाई छल्न ढाट्न केसम्म गरेन उसले ? देख्दा र सुन्दा त उसले ॐ ॐ ॐ भनिरह्यो तर खासमा ती सबै ॐ भित्र पार्ने, छल्ने, मार्ने कुरा मात्रै रहे । ॐ पारम्, ॐ छलम् र ॐ मारम् ।
संसारमा पाँच ओटाभन्दा महासागर छैनन् तर एमालेले आफैलाइ महासागर भन्यो, घोषणै गर्यो । छैटौँ महासागर । एमाले–महासागर तर
जम्मा ३ करोड जनताको प्यास, त्यो कथित महासागरले मेटाउन सकेन । तिर्खा लाग्दा जनताले आकाशतर्फ हेर्नुपर्ने अवस्था रह्यो । भोक लाग्दा खाडी मुलुक छिर्नुपर्ने अवस्था रह्यो ।
उसले त्यो महासागरमा चल्ने जहाजको सूचना टाँस गर्यो, काउन्टर खोल्यो र टिकट काट्न भन्यो । बेनीसम्मको केरुङ–काठमाडौँ रेलमार्ग पनि कुश्मा स्टेशन भएर चल्ने चलाउने बेजोडका साथ उद्घोष गर्यो । मिसन ग्रासरुट र बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको समृद्धिका लागि सङ्कल्प यात्रा बादसाहको विजय यात्राझैँ गर्यो तर समयले पाल्टा खायो । हालमा मध्यपहाडी प्रदेशका झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मका यी क्षेत्र जनताको कमजोर चेतनास्तरको कारणले उसको पकड क्षेत्र रहेको देखिए पनि अन्तमा यिनै क्षेत्रका जनता उच्च चेतनास्तरले लैस भएपछि यिनै क्षेत्रबट लखेटिन सुरु हुने अभियान देशैभरि फैलिनेछ र प्रजापरिषद्झँै हराउनेछ, आजको चारैतिर ठेस लाग्ने एमाले ।
अब पनि एमाले कङ्ग्रेसजस्ता दललाई भोट दिनु भनेको खुसीसाथ आफ्ना कलिला छोराछोरीको मुखमा दागबत्ती दिनुसरह हुन जानेछ । भइरहनेछ । बहुदलीय जनवादको माला जप्ने एमाले र लोकतन्त्रको माला जप्ने कङ्ग्रेस । पहिला यी दुई पार्टी एकार्का विरुद्ध हानाहान गरे । त्यो अध्याय समाप्त गरेर मिलतीको अध्याय सुरु गरे ।
कङ्ग्रेस, एमालेलाई भोट दिएर लगभग दुईतिहाइको शक्तिशाली महासागरको सरकार देशमा बनाइदिने अनि नुन, भुटुन र भोटोको खोजीमा विदेश जाने र त्यहाँबाट पनि पहिलो तलब तिनै पार्टीलाई पठाउने घिउलाटा बाबुआमा उनका पहरेदार नै रहे ।
देशमा “समृद्ध नेपाल, सुखी नेपाली” को नारा दिने दुईतिहाइको शक्तिशाली सरकार भए पनि पु्र्खाका पालादेखिको एकमानाको बन्दोबस्त गर्ने रहर पूरा गर्न लाहुर जाने चलन “स्वस्ती श्री, छ श्री” झैँ यथावत रह्यो । लाहाछाप नै बनिरह्यो । चन्द्रसूर्यझैँ अटल र यथावत रहिरह्यो । रहिरएकै छ । एकमानाको बन्दोबस्त नभई समृद्ध नेपाल सुखी नेपालीको कुरा गरियो । देशमा केपी ओलीको दुईतिहाइको शक्तिशाली सरकार रह्यो तर २०–३० हजारको जागिरको लागि खाडी मुलुक जानुपर्ने अवस्था रह्यो ।
तालका माछा बगरका बिलाझैँ सस्तो र लथालिङ्ग रह्यो देश । सिंहदरबारका डाडाभाटा उखेलेर लाने बेच्ने जोखनामा थियो बहिर्गमित शक्तिशाली ओली सरकार । बहिर्गमित केपी ओलीको सरकार नेपालको इतिहासमा फ्याँकिएका झिँगाका मुन्टा, पसरएक मुसाका लिँड, डाडुएक कुकुरको छाद, चिम्टिएक सर्पका जिब्रा, गोडाचारेक भैँसीका किर्ना लसलस पिसेर बनाएको चटनीजस्तै छ्या भएको थियो । विश्व इतिहासमा छ्या:छ्या:, छि:छि र आक्थू: को इतिहास रच्नेतर्फ रह्यो । आक्थूको सालिक निर्माण गर्नेतर्फ रह्यो ।
निवर्तमानमा यी सबैको फलस्वरूप यद्यपि उपर्युक्त अवस्था अहिले पनि यथावत् रहेको छ : वर्तमानको जेनजी निर्माण भयो । निवर्तमानले वर्तमानको निर्माण हुन्छ । देशको निवर्तमान अवस्थाले निर्माण गरेको वर्तमान जेनजी सरकार हो ।
जेन्जी आन्दोलन निवर्तमानको तस्बिरले सिर्जना गर्ने वर्तमान तस्बिर हो । जेन्जी आन्दोलन निवर्तमान अवस्था र त्यसबाट निर्माण हुन बाँकी रहेको अवस्था पनि हो । जेन्जी आन्दोलन निवर्तमानले उमार्ने वर्तमान पनि हो । जेन्जी आन्दोलन निवर्तमानका टावर ढलेर निर्माण हुने वर्तमान टावर पनि र जेन्जी आन्दोलन नयाँ बिउ पुरानोमै रहेको हुन्छ पनि हो ।
जेनजी आन्दोलनले छ्याङ्ङ भएको छ† प्रष्ट भएको छ; स्पष्ट भएको छ; नभएको भए हुनुपर्छ कि एकसिटे साना दलको कुनै औचित्य छैन भोट खेर नफाल्नुस् । यिनको सरकार आएर हाम्रो सरकार ढल्नु भनेको पश्चिमबाट सूर्य उदाएर पूर्वमा अस्ताउनुजस्तै हो भन्ने अहङ्कार, दम्भ, घमण्ड एकसिट पनि नभएको नामै नसुनिएको पुस्ताले कसरी ढुडमा पुर्याउँदो रहेछ ? ढुडबाट बाहिर निस्केर ढुक्कसँग सास फेर्न कसरी दसौँ दिनसम्म कुर्नुपर्ने रहेछ ? सत्तामा रहेर जनता, जनता, जनता, मिसन जनता नभन्ने तर तर खाएर मिसन २०८४ भन्ने र त्यसपछि लगातार सत्तामा एकाँही राइँदाइँ गर्ने मिसन–२०८४ को सपना पनि कस्तरी स्वाहा हुँदो रहेछ ? आँखा खुलेको हुनुपर्छ ।
संसारमा पाँचओटा भन्दा महासागर छैनन् तर नेपालमा एउटा पार्टी, जसले आफैलाइ महासागर भन्यो, छैटौँ महासागर । एमाले–महासागर तर अति गरेपछि कसरी नामै नसुनिएका जलुके खोल्साका तुरतुरे धाराले दुलोभित्र छिराइदिए, त्यस्तो अहङ्कारी महासागरलाई । प्रष्टसँग होसचेत खुलेको हुनुपर्छ ।
विश्व इतिहासमा जलुके खोल्साका तुरतुरे धाराको सानदार इतिहास स्वर्णिम अक्षरमा उल्लेख गरिनेछ यद्यपि ल्याटिन अमेरिका, सार्कलगायतका क्षेत्र लालक्रान्तिका तुफानी केन्द्र हुन् । लालक्रान्तिमा हुनेजस्तो सबै उमेरसमूह, वर्ग, सिद्धान्त, नीति, कार्यक्रम, सङ्गठन, अनुशासन, नेतृत्व वा सही सङ्गठन, सही राजनीति, सही नेतृत्व नभएको हुनाले त्यसलाई कैयौँ गलत तत्त्वले उपयोग गरे । उपयोग गर्न सफल भए र वाञ्छित परिणाम वा इच्छा गरिएको चिताइएको वा चाहिने परिणाम हात लाग्न सकेन ।
कङ्ग्रेस, एमालेलाई भोट दिएर लगभग दुईतिहाइको शक्तिशाली महासागरको सरकार देशमा बनाइदिने अनि नुन, भुटुन र भोटोको खोजीमा विदेश जाने र त्यहाँबाट पनि पहिलो तलब तिनै पार्टीलाई पठाउने घिउलाटा बाबुआमाका जेनजी छोराछोरीले हिसाब खोज्न दुई दिन पूरा पनि लगाएनन् । वल्र्ड हिस्ट्री रच्न जम्मा दुई दिन ? हो भदौरे दुई दिन । गौरवशाली २३ र २४ भदौ । ग्लोरिफाइड ८–९ सेप्टेम्बर । भदौ २३ गतेको बर्बर दमनले सिर्जना गरेको भदौ २४ गतेको भयङ्कर डरलाग्दो तीव्र र चर्को कारबाही ।
जबसम्म देशमा नुन, भुटुन र भोटोको बन्दोबस्त हुनेछैन; खाना, नाना, छानाको बन्दोबस्त हुनेछैन अथवा गास, बास, कपासको बन्दोबस्त हुनेछैन अर्थात् समग्रमा एकमानाको बन्दोबस्त हुनेछैन, तबसम्म सत्ताधारी खुकुरीको धारमा रहिरनेछन् । भ्रष्टाचारको अन्त्य र भोको पेट नभरिए पनि रोजगार नभएर थलिएको रनाहा मन घरिघरि भए पनि सुम्सुमाउने सामाजिक सञ्जाललगायत आधुनिक सञ्चार माध्यममाथि सर्वसाधारणको पहुँच नभएसम्म, सुशासन कायम नभएसम्म, सङ्घीयता खारेज नभएसम्म, रोजगारीको ग्यारेन्टी नभएसम्म, शिक्षा, स्वास्थ्य नि:शुल्क नभएसम्म, राष्ट्र स्वाधीन नभएसम्म यस्ता आन्दोलनलाई निम्ता दिइरहनेछन् । यस्ता आन्दोलन भइरहनेछन । शासकहरू नजिकका छिमेकी देश भारत र चाइना वा थाइल्यान्ड, सिङ्गापुर कताकता भागिरहनेछन् । कङ्ग्रेस र एमालेजस्ता महासागर घरघरै उकुसमुकुस भएर लोहोटाभित्र थुनिनुपर्ने दिन आइरहनेछन् ।
विश्व साहित्य र विश्व इतिहासका पानामा अत्याचारी, शासक तथा प्रभुत्वशाली वर्ग विरुद्ध सर्वसाधारण जनतालाई जुर्मुराएर उठ्न सैद्धान्तिक रूपमा शिक्षित पार्दै भनिएको पाइन्छ कि उनीहरूले तिमीलाई ढुक्क भएर विश्वास गर्न भनिरहनेछन्; सम्झाइरहने छन्; बुझाइरहने छन् कि उनीहरू सिंह हुन् । तिमीले त्यो कुरा मान्न मनाही गरिदियौँ भने भुक्भुक गरेर भुक्न थालिहाल्नेछन् र कुइँकुइँ गर्दै भागी पनि हाल्नेछन् । यो कुरा नेपालका जेनजीले दुनियाँ चकित पर्ने गरी प्राक्टिकल्ली पुष्टि गरेर देखाइदिएका छन् । चाहे जुनसुकै दृष्टिकोणले होस्, विश्व इतिहासमा अद्वितीय, बेजोड, उम्दा, अभूतपूर्व र अविस्मरणीय रहनेछन् नेपालका जेनजीहरू ।
जतिसुकै दुइतिहाइको शक्ति भए पनि देश र जनता विरुद्ध काम गरिएमा निष्पट्ट अँध्यारोमा पनि ओडार खोज्दै जानुपर्ने हुन्छ र प्रवेशको लागि बिन्तिभाउ गर्दै ‘मे आई कम इन ओडार’ भन्नुपर्ने रहेछ । संसद् र सरकार छोडेर ओडारसँग ‘मे आई कम इन ओढार’ भन्नेहरूले लुक्ने स्थलबाट कैयौँ दिनपछि बाहिर निस्केर मेरो कुर्सी खोई ? कुर्सी खोजिपाऊँ, संसद् पुन:स्थापना गरिपाऊँ भन्न कति लाज नमानेका ? एमालेकङ्ग्रेसको लाजमर्दो खिसिट्युरी इतिहास विश्वभरिका विश्वविद्यालयमा बडो काउकुतीका साथ पढाइनेछ, पढिनेछ ।
एकमानाको बन्दोबस्त नभई समृद्धिको कुरा गर्नेहरू राजनीतिका रकमी हुन् । फटाहा हुन् । भ्रष्टाचारी हुन् । एकमानाको बन्दोबस्त भएपछि मात्र सुखी नेपाली समृद्ध नेपाल हुने हो । पेटभरि खाने व्यवस्था भएपछि झम्के बुलाँकी हुने हो । पहिलो खुड्किलोबाट दोस्रो खुड्किलोमा नटेकी तेस्रो खुड्किलामा टेकाउन, उकाल्न, चढाउन खोज्नुजस्तै नारा हो र हो, पानीजहाज नचले पानीजहाजका काउन्टर खोल्नु टिकट काट्नु/कटाउनुजस्तै ।
माथि नै उल्लेख भइसकेको छ, देशका कर्णधार कलिला विद्यार्थीलाई गोली हानी मारेर बहिर्गमित भएको केपी ओलीको सरकार विश्व इतिहासमा फ्याँकिएका झिँगाका मुन्टा, पसरएक मुसाका लिँड, डाडुएक कुकुरको छाद, चिम्टिएक सर्पका जिब्रा, गोडाचारेक भैँसीका किर्ना लसलस पिसेर बनाएको चटनीजस्तै छ्या भएको थियो । विश्व इतिहासमा छ्या:छ्या:, छि:छि: र आकथूको इतिहास रच्नेतर्फ रह्यो । आक्थूको सालिक निर्माण गर्नेतर्फ रहुयो र आकथूको नेपाल च्याप्टर लेख्नेतर्फ रह्यो ।
विश्व इतिहासमा आकथूको नेपाल च्याप्टर पढ्दापढ्दै वर्षौंपछि सयौँ वर्षपछि पनि इतिहासका विद्यार्थी कक्षामै रिँगटा खान पनि सक्नेछन्, जङ्गिँदै मुठी कस्न पनि सक्नेछन् ।
अब सायद देशभरिका विद्यालय विश्वविद्यालयमा केपीको थुक्ने सालिक (भिलिफाई स्ट्याच्यू) बन्नेछन्, बनाइनेछन्, जहाँका विद्यार्थीले कक्षामा प्रवेश गर्नुभन्दा पहिला सालिकमा थुक्ने र पछि कक्षामा पस्ने गर्नेछन् । त्यस्तो नहोस्, हाम्रो कामना । इतिहासको चक्र निर्मम हुन्छ । हाम्रो रित्तोफुक्लो कामनाले केही ननाप्न सक्ला तर बहिर्गमित प्रधानमन्त्रीलाई आफ्ना गतिविधि अझै पनि फेरि पनि लिकमै रहने गरी सच्याउन आग्रह गर्दा के नराम्रो होला र ? पहिला पनि संसद्मा चित्रबहादुर केसीले भनेको कुरा सुनेको भए आज देशको यो हालत हुने रहेनछ । डरले घाँटीमा आएर अड्केका उनीहरूका मटुकलेजा फेरि छातिभित्रै जहाँको त्यहीँ पुर्याउन ‘गुहारर्याली’ र ‘गुहारसभा’ गर्नुपर्ने थिएन र गुण्डुमा गुन्द्रीमा झझल्किँदै रात कटाउनुपर्ने थिएन । अब त न्वारानदेखिको बल लगाएर सिंहासनमा पुगे पनि सिंह कहलाउने छैनौँ, मुसी नै रहनेछौ ।
केपीका लागि आगामी दिन डाँडाको उकालोमा घाँटीमा झुन्डाएको जातो र पाडी नभएको लैनो भैँसी डोर्याउँदाझैँ हुनेछन् । हरेक कार्यक्रमका लागि तयारी मोन्था चक्रवातकै झैँ गर्नेछन् तर उपस्थिति लख्रालुख्रु टक्राटुक्रु नै रहनेछ ।
पहिला पहिला वडामा देखिने मास अब पालिकामा देखिने छैनन् र पहिला पहिला पालिकामा देखिने मास अहिले जिल्लाभरमा देखिने छैनन् । जतिसुकै रकमका मोन्था भएनी वर्षा गराउने छैनन् । मूल फुट्ने छैनन । खोलानाला सुक्दै जानेछन् । मोन्था चक्रवाते वा आरिघोप्टे वषाझैँ अब एमालेमा जनता देखिने छैनन् ।
वास्तवमा केपीको क्रियाकलाप माथि उल्लिखित त्यस्तो थुक्ने सालिक निर्माण गर्ने गराउनेतर्फ तीव्र गतिमा अघि बढिरहेको देखिन्छ । आकथूको गतिविधि अगाडि बढिरहेको पाइन्छ । अझै पनि आत्मालोचना गर्दा उनलाई र देशलाई राम्रो हुने देखिन्छ । महेश बस्नेतहरू पनि त्यस्तो थुक्ने सालिक (भिल्ली स्ट्याच्यू वा स्ट्याच्यू अफ इफेक्ट सल्भिया) सिर्जनाका योजनाकार वा निर्माणमा दक्ष कालीगढ बन्दै गएका छन् । उनी अर्थात् महेश बस्नेत स्ट्याच्यू अफ इफेक्ट सल्भिय का योजनाकार, सिर्जनाकार, संस्थापक हुनेछन् ।
हरेक विद्यालय गेटमा निर्माण हुने त्यस्तो आकथू सालिक जहाँका कलिला विद्यार्थीले कक्षामा प्रवेश गर्नुभन्दा पहिले थुकेर प्रवेश गर्नेछन्, भित्र पढाउने शिक्षकलाई राम्ररी पढाउन प्रेरित गर्नेछ । शिक्षक राम्रा हुनेछन् । किताबभित्र राम्रा कुरा समावेश गरिनेछन् । देशमा कस्तो शिक्षा आवश्यक पर्ने स्ट्याच्यूले नै वर्णन गरिरहेको हुनेछ । देशव्यापी निर्माण हुने यस्ता सालिकले कोर्स अफ स्ट्याच्यू र त्यसबाट बन्ने ट्ेक्स्ट बुक तयार पार्न सघाउ पुर्याउनेछन् र समाजवाद हुँदै त्यसभन्दा माथिको अवस्थासम्म पुग्न पनि सक्रिय भूमिका खेल्न पनि सक्नेछ । त्यो माथिको अवस्थामा पुग्ने नेपाल विश्वको पहिलो देश बन्नेछ । विश्वले नेपालबाट सिक्नेछ । विश्वभर नेपालका अनुयायी हुनेछन् ।
भित्र खानेखर्च सिद्धिएको अवस्था र बाहिर साहुले ढोका हानेको अवस्थामा नुन, भुटुन र भोटोको लागि नेपाली युवा खातखुत्त विदेशिनुपर्ने अवस्थालाई नेपालमा “समृद्ध नेपाल, सुखी नेपाली” को नारा दिने मुख्यत: केपी ओलीको सालिक निर्माणले देशको तात्कालिक इतिहासको समग्र झल्को दिनेछ ।
जनवादी व्यवस्थाको स्थापनाले समाजवादी व्यवस्थातर्फ डोरिन मार्गप्रशस्त गर्ने जस्तै जस्तै अवस्थाको सिर्जना गर्नेछ केपी ओलीको भिल्लिफाई स्ट्याच्यूले । यस्तो सालिकले छोरीले, छोराले १२ कक्षा पास गरेपछि रोजगारको लागि भिसा लागोस् हे महामाई ! तिमलाई पञ्चोल चढाम्ला, अमुक चढाम्ला, फलानोथोक चढाम्ला भनेर भित्र भित्र भाकल गर्नुपरेको अवस्थाको चित्रण गर्नेछ ।
त्यसैगरी केपी ओलीको त्यस्तो सालिक निर्माणले देशमा दुईतिहाइको मजबुत, रसिलोभरिलो सरकार हुने तैपनि बिस/तीस हजारको जागिरको लागि विदेश नगइनहुने । हे बाग्लुङकी देवी ! तिमीलाई एकबर्ने कालो बोको चढाम्ला, भिसा लगाइदेऊ नभनी नहुने, बुबाले गरेको भाकललाई लाग्ने खर्च जुटाउन नाति खाडी नगएसम्म नजुट्ने अवस्थाको पनि शालिक निर्माणबाट थाहा लाग्नेछ ।