भालुवाङ । पुर्व पश्चिम राजमार्गको भालुवाङ लमहि सडक खण्ड अर्न्तगत राप्ती ४ मौरीघाटस्थित हाईबे एक्सप्रेस पेट्रोल पम्प नजिकै दुर्घटना घटेको छ ।
पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको रा.१ क १९८ नम्बरको चालक सुन्दरपुर बस्ने वर्ष ४६ को नेत्र शर्माले चलाएको चैतन्या पाठशाला स्कुलको बसले ठक्कर दिदा बिपरित दिशाबाट जाँदै गरेको दाङ राप्ती १ पुल्चोक बस्ने वर्ष १८ को समिर खानले चलाएको रा २ प ४२९० नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर हुँदा मोटरसाइकल चालकको दाईने हातको कुम, कुइना, औला, दाईने खुट्टाको घुडामा गम्भिर चोट लागि घाइते भएका छन् ।्
सोहि मोटरसाईकलमा पछाडि सवार ऐ.ऐ. बस्ने वर्ष १७ को रबिन नेपालीको दाईने खुट्टाको घुडामा गम्भिर चोट लागेको छ । घटनास्थलबाट दुबै घाईतेलाई उद्वार गरी भालुवाङ अस्पताल पुर्याइएको र त्यहाँ प्राथमिक उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको भालुवाङ अस्पतालले जानकारी दिएको छ । चालकको अंकल जलालुदिन खान र बस चालक प्रहरीको नियन्त्रमा रहेको प्रहरीले जानकारी दिएको छ ।