• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सेनबामको सरकारविरुद्ध विरोध प्रदर्शनमा झडप हुँदा १२० जना घाइते


  •   आइतबार, कार्तिक ३०, २०८२ मा प्रकाशित
  • मेक्सिको । राष्ट्रपति क्लाउडिया सेनबामको सरकारविरुद्ध आयोजित विरोध प्रदर्शन राजधानीमा हिंसात्मक रूप लिँदा शनिबार कम्तिमा १२० जना घाइते भएको एएफपीले जनाएको छ । घाइते हुनेमा धेरैजसो प्रहरी अधिकारीहरू रहेका छन् ।

    Advertisement

    लागुऔषध हिंसा तथा सेनबामको सुरक्षा नीतिविरुद्धको प्रदर्शन ‘जेनेरेसन जेड’ का प्रतिनिधिहरूद्वारा सामाजिक सञ्जालमार्फत आह्वान गरिएको थियो । यद्यपि घटनास्थलमा विभिन्न उमेरका प्रदर्शनकारीहरूको उपस्थिति देखिएको थियो ।

    सन् २०२४ अक्टोबरदेखि सत्तामा रहनुभएकी राष्ट्रपति सेनबामले आफ्नै कार्यकालको पहिलो वर्षमा ७० प्रतिशतभन्दा माथिको जनसमर्थन कायम राख्नुभएको छ । तथापि, हालैका धेरै चर्चित हत्याकाण्डपछि उहाँको सुरक्षा नीतिमाथि निरन्तर आलोचना हुँदै आएको छ ।

    मेक्सिको सिटीका सुरक्षा प्रमुख पाब्लो भाजक्वेजले पत्रकारहरूसँग कुरा गर्दै प्रदर्शन धेरै घण्टासम्म शान्तिपूर्ण रूपमा अघि बढेको तर हुड लगाएका केही व्यक्तिले हिंसात्मक गतिविधि सुरु गरेपछि झडप सुरु भएको जानकारी दिनुभयो ।

    भाजक्वेजका अनुसार १०० जना प्रहरी अधिकारी घाइते भएका छन् । तीमध्ये ४० जनालाई प्राथमिक उपचारपछि अस्पताल सार्न आवश्यक परेको थियो । साथै २० जना प्रदर्शनकारी पनि घाइते भएको पुष्टि गरिएको छ । अधिकारीहरूले डकैती, आक्रमण तथा एक पत्रकारमाथिको कथित आक्रमणसमेत विभिन्न आरोपमा २० जनालाई पक्राउ गरेको बताइएको छ ।

    धेरै प्रदर्शनकारीहरूले ब्यानरहरू बोकेका थिए र मिचोआकान राज्यको उरुपानका दिवङ्गत मेयर कार्लोस मन्जोप्रति ऐक्यबद्धता जनाउँदै उहाँको तस्वीरसहितको टोपी लगाएका थिए । मन्जो लागुऔषध तस्करी गर्ने समूहविरुद्ध कडा अभियान चलाउने नेताका रुपमा चर्चित हुनुहुन्थ्यो । यद्यपि, हत्या भएका मेयरकी विधवाले भने आफ्ना दिवङ्गत पति नेतृत्व गरेको आन्दोलनलाई शनिबारको विरोध प्रदर्शनसँग जोडिन नदिने स्पष्ट पार्नुभएको थियो ।

    मार्चमा सहभागी युवाहरूको ठूलो समूहले जापानी मङ्गा ‘वन पिस’ को समुद्री डाकू झण्डा पनि प्रदर्शन गरेको थियो, जुन हाल विश्वभरि युवा प्रतिरोधको प्रतीकका रूपमा फैलिएको छ ।

    यसैबीच, राष्ट्रपति सेनबामले केही दिनअघि आफ्नो नियमित पत्रकार सम्मेलनमा प्रदर्शनको उद्देश्य र प्रेरणामाथि प्रश्न उठाउँदै यसलाई ‘अकार्बनिक’ र ‘भुक्तान गरिएको’ गतिविधि भएको टिप्पणी गर्नुभएको थियो । उहाँले ‘यो सरकारविरुद्ध विदेशबाट प्रेरित गरिएको आन्दोलन हो’ भन्ने दाबी पनि गर्नुभएको थियो ।

    प्रदर्शनकारीहरू राष्ट्रपतिको निवास र कार्यस्थल रहेको राष्ट्रिय दरबार अगाडि जम्मा भएका थिए र त्यहाँ रहेको धातुको सुरक्षातारलाई भत्काएका थिए । सुरक्षाकर्मीहरूले भवन जोगाउन प्रदर्शनकारीहरूलाई रोक्न अश्रुग्यास तथा आगो निभाउने उपकरण प्रयोग गरेका थिए ।

    केही प्रदर्शनकारीले ‘तपाईंहरूले कार्लोस मन्जोलाई यसरी नै जोगाउनुपर्ने थियो’ भन्दै सुरक्षाकर्मीमाथि चर्को नाराबाजी गरेका थिए ।

    सयौँ युवाले प्रहरीतर्फ ढुङ्गा, काठ तथा अन्य वस्तु फ्याँकेका थिए। त्यसको जवाफमा प्रहरीले ढाल प्रयोग गर्दै वस्तु नै फ्याँकेर भीडलाई पछाडि धकेल्ने प्रयास गरेको थियो ।

    आइतबार, कार्तिक ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.