प्यूठान । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौँ) प्यूठानको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रशिक्षण कार्यक्रममा नेकपा (मसाल)का महामन्त्री मोहन विक्रम सिंहको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै छैठौँका पूर्व महासचिव सुरेश थापा, छैठौँका प्यूठान जिल्ला इन्चार्ज सेवक भट्टराई, राजमो लुम्बिनी प्रदेशका सल्लाहकार वासुदेव पोखरेल, नेकपा (मसाल) प्यूठान जिल्लाका इन्चार्ज राम पहाडी, अखिल नेपाल जनजाति सम्मेलनका महासचिव अमरध्वज राना, अखिल छैठौँका केन्द्रीय सदस्य सविना परियार, अखिल छैठौँका पूर्व केन्द्रीय सदस्य प्रकाश जिसी, राजमो प्यूठानका जिल्ला सदस्य ध्रुव थापा, लालबहादुर रावत, युवक संघ केन्द्रीय सदस्य सिता पुन लगायतले अतिथि आसनग्रहण गर्नुभएको थियो ।

कार्यक्रम छैठौँका जिल्ला अध्यक्ष बसन्त गोराथोकीको अध्यक्षता तथा लक्ष्मण पुनको सञ्चालनबाट अगाडि बढेको थियो ।
