काठमाडौँ । काठमाडौँमा नेकपा (मसाल) निकट युवाविद्यार्थीको भेला सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय भवनमा २०८२ कात्तिक २९ गते सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मन्तव्य राख्दै राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्माले युवाविद्यार्थीले सही र गलत राजनीति छुट्याउन सक्ने चेतना राख्नुपर्ने बताउनुभयो ।
युवाविद्यार्थी सूचनाप्रविधिबाट लैस भएको र उनीहरूको कार्यक्षमता पनि पुरानो पिँढीको भन्दा उन्नत रहेको बताउँदै उहाँले सही राजनीतिद्वारा दीक्षित भएर अघि बढ्न आग्र्रह गर्नुभयो ।
त्यस्तै अखिल (छैठौं) का अध्यक्ष सुवास जिसीले जेनजी आन्दोलन मुख्यत: सत्ताधारी एमालेका कारण भएको आरोप लगाउनुभयो ।
मुख्यत: एमालेपक्षीय युवाविद्यार्थीको दम्भ र अकर्मण्यताका कारण भ्रष्टाचार विरोधी अगाडि बढ्न नसकेको उहाँले स्मरण गर्नुभयो ।
कार्यक्रममा काठमाडौँ उपत्यकामा रहनुभएका युवाविद्यार्थीको सहभागिता रहेको थियो ।