काबुल । पश्चिमी अफगानिस्तानको बदघिस प्रान्तमा विगतको युद्धको समयमा जमिन मुनि राखिएको विस्पोटक उपकरण विस्फोट हुँदा तीन जना बालबालिकाको ज्यान गएको प्रान्तीय प्रहरी प्रवक्ता सेदिकुल्लाह सेडिकीले शुक्रबार बताउनु भएको छ ।
Advertisement
उक्त बस्तुलाई केटाकेटीहरूले खेलौना जस्तो ठानेर त्यससँग खेल्न थाल्दा दुभाग्यपूर्ण रुपमा उक्त उपकरण अचानक विस्फोट हुँदा घटनास्थलमै बालबालीकाको मृत्यु भएको अधिकारीले जनाएका छन् ।
बदघिस प्रान्तमा गत हप्तामा पनि विस्पोटको घटना हुदाँ दुई बालबालिकाको ज्यान गएको थियो । युद्धग्रस्त अफगानिस्तानमा द्धन्द्ध प्रभावित देश हो जहाँ विगत चार दशक भन्दा बढीको युद्धबाट बाँकी रहेका बिभिन्न उपकरणहरूका कारण निर्दोश नागरिकका साथै बच्चाहरूले ज्यान गुमाउने गर्छन् ।





