• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कम्युनिस्ट आन्दोलन र नयाँ पुस्ता


  •   बिहिबार, कार्तिक २७, २०८२ मा प्रकाशित
  • दुर्गानाथ खरेल ##

    Advertisement

    कम्युनिस्ट आन्दोलन कम्युन स्थापना गर्न गरिने आन्दोलन हो । मजदुर वर्ग र किसान वर्ग शोषितउत्पीडित गर्न हुन् । कम्युन आर्थिक समानताको लागि सञ्चालन गरिने सामूहिक स्वामित्व भएको समानताको संस्था हो ।

    शोषक वर्गको लागि असमान आर्थिक स्वामित्व आवश्यक पर्छ र शोषित वर्गका लागि समान आर्थिक मुक्तिको उद्देश्य विरोधी नै हुन्छन् । सामूहिक स्वामित्व नभएसम्म समान आर्थिक हैसियत र मुक्ति सबैको लागि सम्भव छैन । वर्तमान समाजमा आमूल परिवर्तन गर्ने भनेको आर्थिक हिसाबले समान हैसियत भएको समाज स्थापना गर्नका लागि हो । त्यसको लागि अध्ययन, प्रशिक्षण, सङ्घर्ष र सङ्गठन तथा अनुशासन र नैतिकतामा निरन्तर परिवर्तन आवश्यक पर्दछ । व्यक्तिमा समानताको दृष्टिकोण विकास हुनुभन्दा पहिले असमानताको दृष्टिकोण आउँछ किनभने परम्परागत संस्कृति र धर्मको प्रभाव पहिले पर्दछ । त्यसलाई विस्थापित गरेर मात्र समानता र सामूहिकताको समाज स्थापना र सञ्चालन गर्नुपर्छ । त्यसको लागि लामो सङ्क्रमणकालीन अवस्थाको सामना गर्नुपर्छ । त्यतिन्जेल सर्वहारा विश्वदृष्टिकोणको विकास हुनु र गर्नुको सट्टा व्यक्तिगत स्वामित्व र त्यसको व्यावहारिक प्रयोगको काम अगाडि बढेको र बढाइएको हुन्छ ।

    समाजमा मान्छे गरिब छन्; श्रमजीवी छन् र उनीहरूमा गरिबको र श्रमजीवीको मुक्तिको होइन । सम्पन्न वर्गीय विश्वदृष्टिकोणको विकास भएको हुन्छ । उनीहरू सम्पन्न वर्गको विरोधी विश्वदृष्टिकोणसहित अगाडि बढेका हुन्नन्, सम्पन्न वर्गीय विश्वदृष्टिकोण हुन्छ तर सम्पन्न वर्ग हुन नसकेर विपन्न वर्ग भएका हुन्छन् । सम्पन्न वर्गमा पुग्ने दृष्टिकोण अँगालेर अघि बढेका हुन्छन् । त्यही अन्तरविरोध बुझेर सम्पन्न वर्गले शोषणका औजारले बलियोसँग कस्दै आफ्ना वर्गीय स्वार्थ पूरा गरेका हुन्छन् । त्यसकारण नयाँ पुस्तालाई सर्वहारा विश्वदृष्टिकोण आवश्यक पर्छ ।
    वर्तमान राज्यसत्ता शोषकको नेतृत्वमा सञ्चालन भएको राज्यसत्ता हो । राज्यसत्ताका अङ्गमा सबै सम्पन्न वर्गका प्रतिनिधि मात्र हुन्छन् भन्ने होइन, जनताका प्रतिनिधि पनि हुन्छन् तर उनीहरूको नेतृत्व हुन्न र हुन सक्दैन । राज्यसत्तामा जुन वर्गको नेतृत्व र अधिनायकत्व छ, त्यसै वर्गका मुक्तिका उद्देश्य प्रचार प्रसार हुन्छन् र आफ्नो वर्गको मुक्ति भएको महसुस गर्दछन् । विरोधी वर्ग शासित वर्ग हुन्छ र उसले दासत्व स्वीकार गर्नेपर्छ ।

    नयाँ पुस्ताले योग्यता र अनुभव प्राप्त गर्न छिटै र सजिलै सम्भव हुन्न । उसको अध्ययन, प्रशिक्षण सङ्गठन सङ्घर्ष र निरन्तरतालाई स्थिर र स्थापित गराउन घटीमा ४०–४५ वर्गाको समय आवश्यक पर्छ । त्यसकारण नयाँ पुस्ताले कम्युनिस्ट पार्टीको नेतृत्व र क्षमता विकासमा समय खर्च गर्ने पर्छ ।

    राज्यसत्तामा आमूल परिवर्तन नगरेसम्म कम्युनिस्ट राज्यसत्तामा बहाल भई समाजवादी व्यवस्था स्थापना र सञ्चालन हुन सक्दैन । सर्वहारा वर्गको अधिनायकत्वमा सञ्चालन हुन सकेन भने त्यो कम्युनिस्ट पार्टी हुन्न । माक्र्सले भनेको कुरा जीवनसँग र परिवारसँग मात्रै होइन, अर्थतन्त्रसँगै अगाडि बढ्नपर्छ । त्यसबाट थाहा हुन्छ, श्रम बेचेर खर्च टार्नुपर्ने व्यक्ति मात्र सर्वहारा वर्ग हो । त्यसरी सर्वहारा विश्वदृष्टिकोणलाई व्यवहारमा प्रयोग गरेर अघि बढेको थाहा पाउन पनि धेरै वर्ष प्रतीक्षा गर्नपर्ने हुन्छ ।

    विचारले जीवन निर्धारण गर्ने होइन, जीवनले विचार निर्धारण गर्ने हो । उमेरमा मात्रै होइन, राजनीकि क्रियाकलापमा पनि परिवक्वता आएको परीक्षण नगरीकन कम्युनिस्ट पार्टीको नेतृत्वमा पुर्‍याउँदा कि त्यो पार्टीले संशोधनवादी लाइन अख्तियार गर्ने कि पार्टी समाप्त हुने खतरा हुन सक्छ । त्यसैले नयाँ पुस्ताका व्यक्ति सजिलै र परिपक्वताको परीक्षण नगरीकन नेतृत्वमा पुग्ने कुरा कम्युनिस्ट पार्टी र समाजवादी व्यवस्थाको लागि स्वीकार्य हुन सक्दैन । नेता एक जना भए पनि हजारौँहजार शोषितउत्पीडित व्यक्ति पार्टीभित्र भएका र पार्टीबाहिर भएका कार्यकर्ता र जनताको सक्रियता चाहिन्छ ।

    नयाँ पुस्ताको उच्च महत्त्व र योगदान समाजलाई आवश्यक हुन्छ । नयाँ पुस्ता नकस्सिएसम्म व्यवस्था रहने अथवा नरहने निश्चित हुन सक्दैन तर पनि नयाँ पुस्ता योग्यता र अनुभवको कमी भएका कारण पुरानो पुस्ताबाट उपयोग भएको हुन्छ । आफ्नो योग्यता, अनुभव र सङ्गठनको बलमा अगाडि बढ्न सक्दैन किनभने उसको सिद्धान्त र राजनीति सङ्गठनको जीवनमा एकता–सङ्घर्ष, टुटफुट, अन्तरविरोध आदिको अभ्यासमा परिपक्वता ल्याउने व्यावहारिक प्रयोगले धेरै समयको माग गर्दछ । नयाँ पुस्ता भएको कारणले विश्वास गर्ने अवस्था हुन्न, व्यावहारिक जीवन सजिलो हुन्न । व्यावहारिक जीवनमा परिपक्वता आएको प्रमाण आवश्यक पर्छ । त्यसकारण व्यक्ति राजनीतिक व्यक्तित्व भएको हो अथवा अवसरवादी र महत्त्वाकाङ्क्षी हो ? छुट्याउन पनि समय खर्च गर्नुपर्छ ।

    महिला, जनजाति, दलित जाति आआफ्ना मुक्तिका कुरा गरे पनि सबै मानवको मुक्ति वर्गीय चरित्रका आधारमा अगाडि बढ्न सक्छ । वर्तमान व्यवस्थाअन्तर्गत व्यक्तिगत सम्पत्ति भएको व्यक्ति छ भने त्यो व्यक्तिगत सम्पत्तिले बाधा पार्ने होइन, बाधक यदि हुन्छ भने विश्वदृष्टिकोण मात्रै हुन्छ । व्यक्तिगत सम्पत्तिले फाइदा नै पुर्‍याउने काम गर्छ । व्यक्तिगत सम्पत्तिबाट सुविधासम्पन्न भएर अरूलाई आर्थिक उपदेश दिने व्यक्ति भने कम्युनिस्ट हुन सक्दैन किनभने कम्युनिस्ट आन्दोलन मुक्ति र वर्गीय मुक्तिसँग सम्बन्धित आन्दोलन हो । वर्गको मुक्ति आफ्नो मुक्तिसँग नजोडिएको व्यक्ति कम्युनिस्ट हुन सक्दैन । आफू कम्युनिस्ट नभएर पनि कम्युनिस्ट पार्टीलाई सहयोग पुर्‍याउने जनताको पनि आफ्नो ठाउँमा उच्च महत्त्व हुन्छ तर आफू अवसरवादी भएर अवसरको उपयोग गर्ने भने राम्रो काम होइन ।

    नयाँ पुस्ताले मजदुर र किसानसँग मिलेर काम गर्ने वर्गीय आन्दोलनलाई वर्गबाट नै अगाडि बढाउने प्रयत्न गर्नुपर्छ । मजदुर किसान र बुद्धिजीवी तीनओटा शोषित वर्गमध्ये आफू पनि एउटा भएर आफ्नो गतिविधि अगाडि बढाउन व्यक्ति कम्युनिस्ट हो ।

    चालिस वर्षसम्मका युवा पुस्ता हुन् । उनीहरूले कुनै वर्गको प्रतिनिधित्व गर्ने र आफै वर्ग हुने कुरामा अभ्यस्त भएका हुन्नन् । त्यसकारण उनीहरू क्रान्तिकारी राजनीतिक व्यक्तित्वको परिचय दिने चाहना गर्छन् भने किसान र मजदुरलाई तथा बुद्धिजीवीलाई नेता बनाएर उनीहरूको मातहतमा रही आफूले श्रम बेच्ने अभ्यास गर्नुपर्छ । त्यति बेलासम्ममा आफ्नो मनोवैज्ञानिक अवस्था, अन्दोलन उठाएर त्यसको नेतृत्व गर्ने विषयमा अनुभव बटुल्न सक्छन् । त्यसका लागि पनि पार्टीको विधान, नियमावली, सङ्गठन, अनुशासन, सङ्घर्ष र निरन्तरताको परीक्षण पनि हुँदै जान्छ । अध्ययन र प्रशिक्षणबाट पनि योग्यता र अनुभवको रूपरेखा तयार पारिएको हुन्छ ।

    अर्को कुरा नेतृत्व भनेको आफ्ना अनुयायीको नेतृत्व हो । आफ्नो अनुयायी बनाउन नसकेको र भएका अनुयायीको मनोविज्ञानअनुसार आफूले काम गर्न नसकेको अवस्थासमेतको अनुभव प्राप्त हुन्छ । अर्काका अनुयायीको नेता आफू हुन्छु भन्ने केटाकेटी सोचाइ हो । त्यसबाट छिटै मुक्ति भएको हुनुपर्छ । जहाँसम्म कम्युनिस्ट पार्टीको नेता बन्ने कुरा हो, त्यो व्यक्ति आफै माक्र्स, ऐंगेल्स, लेनिन, स्टालिन र माओत्सेतुङको अनुयायी भएर ठोस अवस्थाको ठोस विश्लेषण गर्न सक्ने क्षमताको विकास आफूले गर्न सक्नुपर्छ । त्यस्तो अवस्थामा आफू पुग्न सामूहिकताको मातहमा आफू बस्ने र नगरी नहुने जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने अभ्यासमा सुरुदेखि नै लाग्नुपर्छ । बाँकी रहेका ५०–६० वर्षसम्म नेतृत्वपङ्क्तिमा रहेर काम गर्ने उमेर त रहेकै हुन्छ तर छिटै नेतृत्वमा गएर पनि आकाशपाताल जोड्ने र एक्लैले पृथ्वी अडाउने काम कसैले गर्न सक्दैन । समूह र सामूहिकता आवश्यक पर्छ । सामूहिकता अनिवार्य शर्त हो । अवसरवादीबाहेकका क्रान्तिकारीले हतार गर्ने नेतृत्वमा होइन, भौतिक परिस्थिति निर्माण गर्नमा हो । आधार बलियो निर्माण गर्न सकियो भने मात्र संरचना टिकाउ हुन्छ ।

    कुनै पनि आन्दोलनमा धेरैभन्दा धेरै जनता सहभागी भएनन् भने त्यो कम्युनिस्ट आन्दोलन हुन्न । कम्युनिस्ट पार्टीको नेतृत्वमा उठाइएको आन्दोलनमा धेरैभन्दा धेरै जनता सहभागी भएको अवस्थामा मात्र राज्यसत्तामा आमूल परिवर्तन गर्न सकिन्छ । लेनिनको भनाइ थियो– “आन्दोलन उठेकै समयमा सशस्त्र शक्तिको विस्तार गरेर जित्नुपर्ने भएको हुनाले कमयुनिस्टको काँधमा महान् जिम्मेवारी छ ।” त्यो महान् जिम्मेवारीलाई ख्याल गरेर जनताको राजनैतिक चेतनास्तर उच्च बनाउन कम्युनिस्ट पार्टी लागिरहनुपर्छ । दुवै किसिमका अवसरवादीबाट पार्टीलाई बचाउनुपर्छ । उग्रवामपन्थीले परिस्थिति तयार नभईकन सशस्त्र सङ्घर्ष अघि बढाउने र दक्षिणपन्थीको शान्तिपूर्ण तरिकाबाट समाजवाद स्थापना गर्न सकिन्छ भने । आन्दोलन सबै चिज हो र अन्तिम उद्देश्य केही होइन भनेर सम्झौता गर्दै जाने, यी दुवै किसिमका अवसरवादीबाट खारिएर स्पात भएको नेतृत्वका लागि युवा पङ्क्ति आफू नेतृत्वमा जान होइन, आन्दोलनबाट खारिएर स्पात बन्न अवश्यक हुन्छ । युवापङ्क्तिको बहुमत सङ्ख्या सचेत र सङ्गठित भई आन्दोलनमा सहभागी हुने अवस्था नभएसम्म कम्युनिस्ट आन्दोलनबाट सत्ताकब्जा गर्न सकिन्न र प्रतिगमन हुनबाट बचाउन पनि सकिन्न । त्यसकारण नेतृत्वपङ्क्तिमा युवालाई सामेल नगराउने भन्नेभन्दा पनि अहम् सवाल योग्यता र अनुभवको हो ।

    योग्यता र अनुभवमा कमी भएको अवस्था भयो भने विचलनको सम्भावना बढी हुन्छ । कम्युनिस्ट आन्दोलनमा ठुलो क्षति हुन्छ । त्यसैको कारणले समाजवादी व्यवस्था स्थापना र सञ्चालनका लागि धेरै पुस्तापछि धकेलिने सम्भावना बढी हुन्छ । त्यसकारण कमयुनिस्ट आन्दोलनमा परिपक्वताको ठुलो महत्त्व हुन्छ ।

    कम्युनिस्ट आन्दोलनमा महत्त्वका हिसाबले पहिलो सिद्धान्त हुन्छ । दोस्रो महत्त्व राजनीतिक लाइनको हुन्छ । त्यसपछिको तेस्रो महत्त्वमा सङ्गठनको हुन्छ । युवापङ्क्तिको महत्त्वाकाङ्क्षा आफू नेतृत्वमा सर्वेसर्वा भएर मात्र काम गर्ने हुन्छ । त्यसो गर्दा सामूहिकताको स्थापना र सञ्चालन हुन पाउन्न । सामूहिकताविना कुनै काम सम्पन्न हुन सक्दैन । सामूहिकता सबैभन्दा बढी जिम्मा पूरा गर्ने व्यक्तिको नेतृत्वअन्तर्गत सञ्चालन भएको हुन आवश्यक हुन्छ तर धेरै जनाको चाहना आफू नेतृत्वमा रहेर अरूलाई निर्देशन दिने हुन्छ र त्यसो गर्दा सामूहिकता होइन, अधिनायकत्वको प्रयोग हुन्छ । त्यसकारण अधिनायकत्व प्रयोग गर्न सर्वहारा वर्गको व्यक्तिलाई मात्र कम्युनिस्ट आन्दोलनमा छुट हुन्छ । त्यसो गर्नैपर्ने कारण उसको कामबाट सन्तुष्ट नभएर अरूले आश्यकता पूरा गर्ने काम गरिदिन्नन् । उसको एक्लो श्रमले आवश्यकता पूरा गरेर पार्टीको जिम्मा पूरा गर्न सक्दैन । त्यसकारण अरूको चाहनाअनुसार कामको गति अगाडि बढाउन सक्ने क्षमता प्रदर्शन गर्न सकेपछि मात्र उसको निम्नतम आवश्यकता पूरा हुने गरी आर्थिक स्रोत जुटाइदिन्छन् ।

    सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्न नसक्ने हो भने त्यो कम्यनिस्ट पार्टी हुन्न । कम्युनिस्ट पार्टीमा सर्वहारा वर्गको नेतृत्व पहिलो आवश्यक सर्त हो । अरूको चित्त बुझाएर कामको गति तीव्र बनाउन सक्ने क्षमताको पहिचान गरेर उसको निम्नतम आवश्यकता अरूले पूरा गरिदिने भरपर्दो विश्वास दिलाउने योग्यता प्रदर्शन भएको मूल्याङ्कन गर्नमा उमेर र पारिवारिक संरचना पनि एउटा आवश्यक सर्त हो । परिवारलाई आर्थिक एकाइ मात्र नबनाएर राजनीतिक एकाइ बनाउने पनि अन्य सर्तमध्ये एउटा हो । अन्य आम्दानीका स्रोत नहुने एकातिर परिवार राजनैतिक एकाइ भएर पनि पार्टीको कामलाई तीव्र गतिमा अगाडि बढाउन सक्ने क्षमता विकास गर्न पनि परिपक्व अनुभव प्रदर्शन गरेको मूल्याङ्कन हुन सके मात्र नेतृत्व परिपक्व मानिन्छ ।

    विशुद्ध सर्वहारा नहुने भएको हुनाले निम्न पुँजीवादी र सर्वहारा विश्वदृष्टिकोणबिच एकता र सङ्घर्ष गरिरहनुपर्छ । त्यो भनेको सर्वहारा विश्वदृष्टिकोणको डन्डाले निम्न पुँजीपति विश्वदृष्टिकोणलाई निरन्तर हिर्काइरहनु पर्छ । त्यसो गर्ने कामको अभ्यास गर्दा उमेर समयको ख्याल गर्नुपर्ने हुनाले युवा पुस्तामा परिपक्वता हेर्न पनि उमेरले महŒवपूर्ण काम गरेको हुन्छ । वर्तमान समाजमा निम्नपुँजीपति वर्गको बाहुल्यता छ । नयाँ पुस्तालाई समाजवादी व्यवस्थामा अभ्यस्त बनाउन सानै उमेरबाट विद्यालयमा सामूहिकताको वातावरणका साथ हुर्काएर मात्र व्यक्तिगत स्वामित्व र व्यक्तिगत स्वार्थलाई सधैँका लागि उन्मूलन गराउन त्यसो गर्न राज्यसत्तामा आमूल परिवर्तन गर्न जरुरी हुन्छ । त्यो काम वर्गसङ्घर्षबाट मात्र सम्भव हुन्छ ।

    वर्तमान राज्यसत्ताका दमनकारी तत्त्वलाई हटाएर देश र जनताप्रति जवाफदेही शक्तिको हातमा सत्ता सुम्पेर मात्र त्यो काम सफल हुन सक्छ । व्यक्तिगत स्वामित्वमा उत्पादनका साधन दर्ता गराएर नाफा कमाउने काम दमनविना सम्भव छैन । बलप्रयोगले काम गर्न नसक्ने बनाएपछि अथवा राजनैतिक चेतनास्तर उच्च बनाएपछि मात्र दमनले काम गर्न नसक्ने अवस्था ल्याउन सकिन्छ । त्यसकारण वर्तमान समयमा कम्युनिस्ट आन्दोलनमा लागेका शक्तिको मुख्य काम जनताको राजनैतिक चेतनास्तर उच्च बनाउन जनताबिच आफ्ना सामग्री बढीभन्दा बढी पुर्‍याउने नै हो । त्यो भनेको अध्ययन, प्रशिक्षण, सङ्घर्ष, सङ्गठन र सांस्कृतिक कार्यक्रम र भाषण धेरैभन्दा धेरै जनताका बिच पुर्‍याउने नै हो । त्यसबाट मात्र जनताको राजनीतिक चेतनास्तर उच्च भई आफै छुट्टाउन सक्ने हुन्छन् कि कुन पार्टी सही हो र कुन पार्टी गलत हो ?

    बिहिबार, कार्तिक २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.