• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

उपभोक्ताको रोजाइमा सदाबहार एकलैनी बजार


  •   बुधबार, कार्तिक २६, २०८२ मा प्रकाशित
  • राँझा (बाँके) ।  नेपालगञ्जको बीच बजार त्रिभुवनचोक क्षेत्रमा रहेको एकलैनी बजार उपभोक्ताको सदैव रोजाइमा पर्दै आएको छ ।

    Advertisement

    जहाँ पाइला–पाइलामा फरक–फरक सामानको लस्कर देखिन्छ । साँघुरो गल्लीभित्र, एकै लाइनमा जोडिएका पसलहरूः सौन्दर्य, चुरा, कपडादेखि जुत्ता र चप्पलसम्म एक लहरमा छन् । यो हो एकलैनी बजार, जसको इतिहास नेपालगञ्जको स्थापनासँगै जोडिएको छ ।

    नेपालगञ्जका सदरलाइन, त्रिभुवन चोक, बिपी चोक, धम्बोजी चोक, घरबारी टोल र सुर्खेत रोड प्रमुख बजार मानिए पनि स्थानीय र बाहिरबाट आउने सबैको रोजाइमा एकलैनी बजार नै पर्छ । चाडपर्वको बेला होस् वा अन्य जुनसुकै समयमा पनि एकलैनी बजारमा उपभोक्ताको लर्को लागिरहने स्थानीय विजय गुप्ता बताउनुहुन्छ ।

    सुनारमण्डी टोल निवासी गुप्ताका अनुसार अन्य चोक चौराहका बजार सुनसान हुँदै गए पनि एकलैनीको चहलपहल सदावहार रहेको छ । चाडपर्वका बेला उपभोक्ताको थप भीडभाड हुने गर्दछ ।

    खासगरी सौन्दर्य र खाद्यान्नका सामानका लागि परिचित यो बजारमा किनमेलका लागि महिला तथा गृहिणीको उपस्थिति बाक्लो हुने गर्दछ । किनमेल गर्नेको ताँती लाग्ने भएकाले यहाँका व्यापारीलाई खासै फुर्सद हुँदैन । चाडबाडको समयमा त पाइला टेक्ने ठाउँसमेत पाउन मुस्किल पर्छ ।

    चौबीस वर्षदेखि पसल चलाइरहेका स्थानीय व्यापारी आशिष निगमका अनुसार पछिल्लो समय सौन्दर्य प्रशाधनका सामग्रीको प्रयोग बढेको छ । एकलैनी बजारको सफलताको मुख्य कारण नै सस्तो मूल्यमा राम्रो सामान उपलब्ध हुनु हो ।

    “एकलैनीमा सबैभन्दा बढी सौन्दर्यकै पसल छन् । बजार बढ्दै गएपछि व्यापारमा प्रतिस्पर्धा पनि तीव्र भएको छ”, उहाँले भन्नुभयो, “सुरुमा २० जति जुत्ता पसल रहेकामा अहिले २०० भन्दा बढी पसल थपिएकाले सस्तोमा दिने प्रतिस्पर्धाले नै एकलैनीको ‘मार्केट’ चलिरहेको छ ।”

    नेपालगञ्ज–२१ फुल्टेक्रा नयाँबस्तीकी सिर्जना थापा एकलैनी बजारको नियमित ग्राहक हुनुहुन्छ । जुत्ता चप्पल र महिलाको सौन्दर्य सामान अन्यत्रभन्दा सस्तो र सजिलै पाइने भएकाले एकलैनी बजार सहज लाग्ने गरेको उहाँको भनाइ छ । स्थानीय अगुवा बलराम यादवका अनुसार एकलैनी बजार पहाडी जिल्ला सल्यान, रुकुम, रोल्पा, दैलेख, सुर्खेतलगायतका सर्वसाधारणको पनि प्रमुख गन्तव्य थियो । दशकौँअघि पहाडबाट आएका मानिसले एकलैनी बजारबाटै नुन र लत्ताकपडा केही वर्षलाई पुग्ने गरी लैजाने गरेको उहाँको सम्झनामा छ ।

    उहाँका अनुसार एकलैनी बजार नेपालगञ्जको केवल किनमेल गर्ने ठाउँ मात्र होइन, यो यहाँको पुरानो व्यापारिक सम्बन्ध र संस्कृतिलाई बोक्ने एउटा जिउँदो इतिहास पनि हो । नेपालगञ्ज वडा नं ३ मा अवस्थित एकलैनी बजारले मोटर जान नसक्ने तीन मिटरभन्दा सानो बाटो, अव्यवस्थित पसल, फोहरमैला विसर्जनका लागि स्थान अभावको लगायत साँघुरोपनको अवस्था वर्षौंदेखि भोग्दै आएको छ ।

    नेपालगञ्ज—३ का वडाध्यक्ष मोहम्मदआयुब सिद्दीकीले एकलैनी बजारको विस्तार हुन नसक्दा यो क्षेत्रबाट शृङ्गार र दैनिक उपभोग्य वस्तुको पसलबाहेक अन्य पसल विस्तारित क्षेत्रमा सर्दै गएको बताउनुभयो । एकलैनी बजार विस्तारका लागि योजना अगाडि सारे पनि सफल हुन नसकेको उहाँको भनाइ छ ।

    बुधबार, कार्तिक २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.