• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

जनजाति सम्मेलनको पाँचौँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा


  •   शनिबार, कार्तिक २२, २०८२ मा प्रकाशित
  • दीप गोले तामाङ ##

    Advertisement

    २०८२ असोज २६ र २७ गते “सम्पूर्ण आदिवासी जनजाति एक होऔँ” भन्ने नाराका साथ अखिल नेपाल जनजाति सम्मेलनको पाँचौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भयो । महाधिवेशनको अर्को नारा “प्रतिगामी खतरा विरुद्ध सङ्घर्ष, गणतन्त्र, धर्मनिरपेक्षता रक्षाका लागि हाम्रो आन्दोलन : जनजाति समस्या समाधानका लागि वर्गीय सङ्घर्षको पक्षमा पाँचौँ राष्ट्रिय महाधिवेशन” थियो । महाधिवेशनको प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी हुनुहुन्थ्यो । पानसमा बत्ती बालेर अध्यक्ष केसीले महाधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

    सायद नेपालको इतिहासको सबैभन्दा सङ्कटपूर्ण अवस्थामा जनजाति सम्मेलनको यो महाधिवेशन आयोजना गरिएको थियो । २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछाडिको सबैभन्दा ठुलो कार्यक्रम जनजाति सम्मेलनले सम्पन्न गरेको थियो । यस्तो अवस्थामा महाधिवेशन सम्पन्न गर्नु ठुलो चुनौतीको काम थियो तर त्यो चुनौतीलाई छिचोल्दै देशभरिबाट ठुलो सङ्ख्यामा जनजाति प्रतिनिधिको सहभागिता रहेको थियो । तिनै प्रतिनिधिमाझ महाधिवेशनको उद्घाटन सत्र सुरु हुँदा राष्ट्रियगान र सहिदको सम्मानमा एक मिनट मौनधारण गरिएको थियो ।

    मोहनविक्रम सिंहको शुभकामना

    अधिवेशनको सन्दर्भ पारेर कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्दै आउनुभएका नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह पहिलोपटक जनवर्गीय सङ्गठनको खुल्ला कार्यक्रममा उपस्थित हुनुभएको थियो । उहाँको उपस्थितिले महाधिवेशनको उचाइ बढेको महसुस गरिएको थियो । उहाँले पहिलोपटक खुल्ला कार्यक्रममा प्रत्यक्ष रूपमा उपस्थित भएर शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

    सो अवसरमा मन्तव्य राख्दै उहाँले अहिले देशको विद्यमान परिस्थितिमा जेनजी आन्दोलन सही भए पनि त्यसलाई हाइज्याक गरेर अमेरिकी साम्राज्यवादले आफ्नो अनुकूलको सरकार गठन गरेको बताउनुभयोे । त्यसले गर्दा देशमा आन्तरिक सङ्कट उत्पन्न भएको उहाँको ठम्याइ थियो । यस प्रकारको अवस्थामा देशभक्त नेपाली मिलेर जानुको विकल्प छैन भन्ने धारणा महामन्त्री सिंहले राख्नुभएको थियो ।

    चित्रबहादुर केसीको भाषण

    जनजाति सम्मेलनको महाधिवेशनमा उपस्थित अर्को महत्त्वपूर्ण व्यक्तित्व चित्रबहादुर केसी हुनुहुन्थ्यो । महाधिवेशनको उद्घाटन मन्तव्यको क्रममा उहाँले अहिलेको राजनीतिक सङ्कट आउनुमा प्रमुख जिम्मेवार व्यक्ति केपी शर्मा ओली नै रहेको जिकिर गर्नुभयो । ओलीको अधिनायकवादी शासन र चरित्रले गर्दा देशमा चरम भ्रष्टाचार बढ्दै गएको बताउँदै उहाँले देशमा सुशासन कायम गर्नका लागि ओलीले कुनै काम नगरेको उहाँले आरोप लगाउनुभयो । देशमा रोजगारीको लागि कुनै काम सुरुआत नगरेका कारण नेपाली युवामा चरम असन्तुष्टि रहेको उहाँको बताउनुभयो ।

    अध्यक्ष केसीका अनुसार भदौ २३ गते नेपाली युवाले सामाजिक सञ्जालमाथिको अस्थायी रोकको अन्त र भ्रष्टाचार निर्मूलीकरणका लागि आन्दोलन गरेका थिए । त्यसैले जेनजीको आन्दोलन सकारात्मक थियो, त्यो स्वागतयोग्य थियो तर त्यसलाई हाइज्याक गरेर अमेरिकी साम्राज्यवादले आफ्नो अनुकूलको सरकार बनायो । अमेरिकाले बालेन साह, सुधन गुरुङजस्ता पात्रलाई प्रयोग गरेको हो कि भन्ने देखिन्छ । अहिले सरकारमा सामेल चर्चित व्यक्तिहरूमध्ये कैयौँ एनजिओ, आइएनजिओ पृष्ठभूमिका रहेका छन् । उनीहरूमाथि विदेशीको इसारामा काम गरेको आरोप पनि छ ।

    काङ्ग्रेस, एमाले र माओवादीलगायतका दल सरकारमा जानु भनेको नै भ्रष्टाचार गर्न हो । भ्रष्टाचार नगरीकन यी दलका कार्यकर्ताहरू नेता बन्न सक्दैनन् । भ्रष्टाचार नगरी उनीहरूले चुनाव जित्न सक्दैनन् । देश र जनताको सुखशान्ति समृद्धि ल्याउन होइन, विदेशी दलाल वा विदेशी प्रतिक्रियावादीको एजेन्डा बोकेर जनतालाई भ्रमित पार्ने काम उनीहरूले गरिरहेका छन् ।

    राष्ट्रिय जनमोर्चाले गत २०५१ सालदेखि संसद्भित्र रहेको बेथिती राम्रैसँग अध्ययन गरिरहेको छ । त्यहाँ ठुलो मात्रामा भ्रष्टाचार रहेको राष्ट्रिय जनमोर्चा जानकार छ । यो देशमा भ्रष्टाचार बढ्नुमा अप्रत्यक्ष रूपमा जनताको पनि हात छ । जनता दोषी यसकारण छन्, उनीहरूले चुनावमा को भ्रष्ट, को स्वच्छ—ठम्याउन सक्दैनन् ।

    अर्कोतिर, राष्ट्रिय जनमोर्चाले संसद् होस् या सडकमा सङ्घीयता खारेजीका लागि लगातार आन्दोलन गर्दै आइरहेको छ । त्यस क्रममा राष्ट्रिय जनमोर्चाले दुईपटक काठमाडौँकेन्द्रित आन्दोलन गरिसकेको छ । त्यसै क्रममा प्रदेश वा अञ्चल र थुप्रै जिल्लास्तरीय कार्यक्रम सम्पन्न गरिसकेको छ । सङ्घीयता विरोधी आन्दोलनलाई राष्ट्रिय जनमोर्चाले देश वा विदेश, प्र्रत्यक्ष व भर्चुअल सबै प्रकारले अगाडि बढाइरहेको छ ।
    अध्यक्ष केसीले दाबी गर्नुभयो, भदौको २३–२४ गतेको आन्दोलनमा अमेरिका साम्राज्यवाद वा सिआइएको हात छ । त्यससँगै भारतीय साम्राज्यवाद वा रअको पनि हात हुन सक्दछ । उनीहरूले पटक पटक नेपाली जनताले प्राप्त गरेको लोकतन्त्रमाथि हमला गर्ने गरेका छन् । उनीहरूले हाम्रो देशलाई पटक पटक खरानीको थुप्रोजस्तो बनाउने गरेका छन् ।

    राष्ट्रिय जनमोर्चा एउटा यस्तो पार्टी हो, जसलाई कसैले पनि ठोकेर भन्न सक्दैन, यो भ्रष्टाचारीको पार्टी हो किनकि यसले भ्रष्टाचार गरेको छैन । यो पार्टी संसदीय शक्तिका हिसाबले सानो छ तर विचार राम्रो छ । यस पार्टीमा मान्छे पर्याप्त सङ्ख्यामा छैनन् । यस्तो अवस्थामा के गर्ने ? सङ्ख्या बढाउन जे पनि गर्ने नीतिसिद्धान्त, नैतिकता र अनुशासनमा कायम रहने ? पार्टीले आफ्ना नेताकार्यकर्तालाई भ्रष्टाचार गर्न छुट दिएको भए सम्भवत: पार्टी ठुलो हुन्थ्यो कि ? तर राष्ट्रिय जनमोर्चा यस खालको पार्टी होइन ।

    अध्यक्ष केसीले बेलिविस्तार लगाउनुभयो, जेनजी आन्दोलनको नाममा राष्ट्रिय जनमोर्चाको कार्यालय पनि जलाइयो जबकि यो कार्यालय भ्रष्टाचार गरेर बनाइएको थिएन । राष्ट्रिय जनमोर्चा साम्राज्यवादको विरुद्धमा बोलेको थियो । भ्रष्टाचारको विरुद्धमा बोलेको थियो । फेरि पनि हाम्रो कार्यालय जलाइयो भने त्यसका पछाडि देशभित्रका प्रतिगामी र साम्राज्यवादी शक्तिको हात हुन सक्दछ ।

    अर्को प्रसङ्गमा अध्यक्ष केसीले भन्नुभयो– राजाले समेत देशनिकाला गरिएको बारबरा एडम्सलाई २०६५ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला सरकारले नेपाली नागरिकता दिएको थियो । अहिले त्यही बारबरा फाउन्डेसनका काम गरेका व्यक्तिहरू मन्त्री बन्नन पुगेका छन् ।
    कुनै पनि मुलुकको अस्तित्व मेटाउन एटम बमको आवश्यकता पर्दैन, त्यस देशको शिक्षालाई ध्वस्त पारे पुग्छ भन्ने दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाको भनाइ थियो । अहिले नेपालमा अङ्ग्रेजी खाने, अङ्ग्रेजी बोल्ने, अङ्ग्रेजी गाडी चढ्ने—यस्तै यस्तै नेपालीको दिनचर्या बनेको छ । अङ्ग्रेजी भाषामा जोड दिइदै गर्दा नेपाली भाषा, साहित्य, कला, संस्कृति समग्रमा नेपाली सभ्यता पछि परेको छ भने साम्राज्यवादी हितको पक्षपोषण गर्ने काम भएको छ । यस्तै यस्तै तरिकाबाट नेपालीले साम्राज्यवादको उद्देश्य पूरा गरिदिएको छ ।

    आजको सुशीला कार्की सरकार जेनजी आन्दोलनबाट गठन गरिएको भनिएको छ तर यो असंवैधानिक सरकार हो । यो सरकार देशलाई समृद्ध बनाउन बनाइएको होइन, एनजिओले खडा गरेको सरकार हो । यही असंवैधानिक सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको थियो । त्यसपछि फागुन २१ गते चुनाव घोषणा गरिएको छ तर चुनाव सम्पन्न हुन्छ कि हुन्न ? चुनाव निस्पक्ष प्रकारले हुन्छ कि हुन्न ? सबै कुरा स्पष्ट छैन ।

    यो सरकारले चुनाव गर्न सक्दैन किनकि जेनजीहरू विभाजित छन् । नेपालको इतिहासमा दलाई लामाले सरकारलाई शुभकामना दिएको यो पहिलोपटक हो । यसबाट देशमा अमेरिकी साम्राज्यवादको खतरा बढेको देखिएको छ । भारतीय र तिब्बतियन नागरिकलाई नेपाली नागरिकता दिँदा देशको अस्तित्व नै मेटाउने काम भएको छ । यो राष्ट्रघाती कार्यको सबै नेपालीले विरोध गर्नुपर्ने आवश्यकता छ ।
    सहकारीको पैसा खाने व्यक्तिहरू पछिल्लो समयमा सरकारमै बस्ने गरेका थिए । लाखौँ रुपैयाँ खर्च गरेर सहकारी दर्ता गर्नुपर्ने, पैसा नदिए दर्ता नगर्ने अवस्था देशमा छ । सहकारी क्षेत्रमा ठुला ठुला भ्रष्टाचारका अखाडा छन् । यस कार्यलाई बढावा दिनेमध्ये एउटा नायक कर्मचारी पनि हो ।

    नेपालमा भ्रष्टाचारले सीमा नाघिसकेको छ । दश वर्षभित्र नौओटा सरकार फेरिएको छ । कैयन् मन्त्री भए तर अनुहार फेरिए पनि प्रवृत्ति फेरिएन । नेपालको इतिहासमा झन्भन्दा झन् देश आन्तरिक रूपमा कमजोर भएको छ । राजनीति व्यक्तिवाद वा परिवारवादमा केन्द्रित बनाइएको कारणले देश खरानी बन्न पुगेको छ । चुनावमा भोट किनबेच हुने गरेको छ । भोट किनेर सरकारमा जाने अनि जनताको माग बेवास्ता गर्दै भ्रष्टाचार गर्ने, फेरि आगामी चुनावका लागि खर्च जोहो गर्ने प्रवृत्ति ह्वात्तै बढेको छ ।

    जेनजी आन्दोलनले भ्रष्टाचारको अन्त्य लागि आन्दोलन गरे पनि त्यो आन्दोलन सफल हुन सकेन । अहिले असंवैधानिक सरकार गठन भएको छ । जेनजी आन्दोलनको नाममा ७५ जनाको रगत बग्ने काम भएको छ । घाइते, अपाङ्ग सबैका सपना मारेका छन् । यो असंवैधानिक सरकारले जेनजीको कुनै माग पूरा गर्न सक्दैन । दोषीलाई कारवाही गर्न सक्दैन । उनीहरू खुलेर हिँडिरहेका छन् । निर्दोष जनता सधैँ मर्ने नै गरिरहेका छन् ।

    आन्तरिक तथा बाह्य शक्तिबाट नेपालका पिछडिएको क्षेत्रको विभिन्न जातजातिका भाषा, धर्मसंस्कृति, चालचलनप्रति गम्भीर असर परेको छ । कतिपय ठाउँमा धर्म परिवर्तनको नाममा प्रलोभनमा पारी इसाई धर्म प्रचारप्रसार गर्ने काम भइरहेको छ । गाउँगाउँमा साम्राज्यवादको उपस्थितिले देश आन्तरिक रूपमा कमजोर बन्दै गएको छ । शासनसत्ताले सुशासनको प्रत्याभूति दिन सकिरहेको छैन ।

    नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेको मुलुक हो । यहाँ जातीय पहिचानसहितको सङ्घीयता माग भएको बेलामा अखिल नेपाल जनजाति सम्मेलनले यसको विरोध गरेको थियो किनभने जातीयतासहितको सङ्घीयताले जातजातिबिच द्वन्द्व गराई सामाजिक सद्भाव कमजोर बनाउँछ । त्यसले गर्दा नेपालको राष्ट्रियतामाथि गम्भीर खतरा बढ्छ । नाइजेरिया, युगान्डा, इथियोपियाजस्तै गरी नेपाल पनि गृहयुद्धमा फस्ने सम्भावना धेरै हुन्छ । त्यसैले जनजाति सम्मेलनले सङ्घीयता खारेजीको माग गर्दै आएको छ ।

    अहिलेको अन्तर्राष्ट्रिय परिस्थितिमा जातीय समस्याको रूपमा रङ्गभेद, मूलबासी र प्रवासी, धार्मिक साम्प्रदायिक, जातीय उत्पीडनको स्थिति सिर्जना गरेर द्वैष भावना विकास गराउने काम भइरहेको छ । सरकारले देशमा सुखशान्ति, समृद्धि ल्याउन सकिरहेको छैन । नेपालमा पनि कैयन् सङ्घसंस्थामार्फत सामाजिक सद्भाव बिथोल्ने काम भएको छ । नेपाली समाज फुटाउने, टुक्राउने योजनाका साथ एनजिओ/आइएनजिओ सक्रिय छन् ।

    २०६२–६३ सालको जनआन्दोलनबाट प्राप्त लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी सिद्धान्त कार्यान्वयन भइरहेकै बेलामा त्यसलाई खारेज गर्न प्रतिगामी षड्यन्त्र भइरहेको छ । त्यसले गर्दा अहिलेको संविधान खतरामा परेको छ । त्यस क्रममा राजावादीले राजा ल्याउन अधिकतम कोसिस गरिरहेका छन् ।

    यो असंवैधानिक सरकारले चुनावको मिति तोकेको भए पनि फागुन २१ गते चुनाव हुने सम्भावना कम छ । अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादको उपस्थितिले देशभित्र फेरि ठुलो विध्वंस गर्ने तयारी गरिरहेको छ । संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपति निवास शीतल निवास, अख्यिार दुरुपयोग अनुसन्धान आयोग आदि विभिन्न भवन जलाएर पुगेको छैन, एकथरीले देशै जलाउन खोजेको देखिएको छ ।

    मङ्गोल नेसनल अर्गनाइजेसन जातिवादी सङ्गठन हो । यो सङ्गठन नेपालको खसआर्यबाहेक सबै मङ्गोल मूलबासी भनेर भालेकुखुराको चुनाव चिह्नबाट जनताको माझमा गइरहेको अवस्था छ । अर्को इसाई धर्मको अभियानमा तामाङ, मगर, राई, लिम्बू आदिलाई क्रिस्चियन बनाउने काम भइरहेको छ । यो सङ्गठन नेपालको बाहुन जातिको पूरै विरोधमा उत्रिएको छ । यो सङ्गठन परिचालन गर्न अमेरिकी साम्राज्यवाद र युरोपियन युनियनले युवालाई समेत तालिम दिइरहेको छ । जेनजी आन्दोलनबाट यो अभियान अझै सक्रिय भएर लागेको छ । यो सङ्गठनले मूलत: नेपालको पूर्वी क्षेत्रमा आफ्नो राज्य माग गरिरहेको छ । नेपालको पूर्वदेखि पश्चिमसम्मको हिमाली जिल्लामा तिब्बती नागरिकलाई पाँच लाखसम्म लिएर नागरिकता दिएको सूचना फेसबुक, युट्युब र टिकटकमा समेत छ्याप्छ्याप्ती आइरहेका छन् । अखिल नेपाल जनजाति सम्मेलनले यस्ता जातिवादी धारणाको विरोध गर्दै आएको छ ।

    नीति, योजना र कार्यक्रम

    महाधिवेशनको बन्दसत्रमा चारओटा समूह बनाई राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल चलेको थियो । बन्दसत्रमा नै जनजाति सम्मेलनको महाधिवेशनले आफ्नो नीति, योजना र कार्यक्रम तर्जुमा गरेको थियो ।

    जनजाति सम्मेलनले स्पष्ट पारेको छ, अहिले नेपालमा रहेका मङ्गोलबासी मूलबासी जातीय सङ्घसंस्था विदेशी डलरबाट सञ्चालित छन् । यिनीहरूको राजनीतिक उद्देश्य समाजमा फुट गराउने वा देशलाई अस्थिर बनाउने, त्यसका लागि भ्रम छर्ने गरिरहेका छन् ।

    अखिल नेपाल जनजाति सम्मेलन एउटा यस्तो सङ्गठन हो, जसले समाज, समुदाय र राष्ट्रको समस्या वर्गीय रूपबाट मात्र समस्या समाधान गर्न सकिन्छ भन्ने विचार बोकेको छ । जनजाति सम्मेलनले नेपाली जनता फुटेर होइन, जुटेर अगाडि बढ्नुपर्नेमा जोड दिएको छ । त्यसका विपरीत जति फुट हुन्छ, त्यति नै विदेशी चलखेल बढ्नेछ । देशको राष्ट्रियतामाथि खतरा बढ्नेछ । हामी सबै जाति/जनजाति मिलेर देशभित्र चलिरहेको दूषित जातीय पहिचानसहितको राजनीतिको विरुद्ध उभिनुपर्दछ । जातिवादी उद्देश्य पूरा हुँदा नेपाली समाजमा घातक परिस्थिति बन्छ ।

    देशभन्दा ठुलो पार्टी होइन, व्यक्ति छैन । देश रहे हामी रहन्छौँ । त्यसैले सबै सचेत बनौँ । देश खरानी हुनबाट जोगाऔँ ।

    शनिबार, कार्तिक २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.