• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जापानमा भालु आक्रमण तीव्र, गभर्नरद्वारा सैन्य सहयोगको आह्वान


  •   मङ्गलबार, कार्तिक ११, २०८२ मा प्रकाशित
  • टोकियो । जापानमा यस वर्ष रेकर्डस्तरमा पुगेका भालु आक्रमणहरूका कारण उत्तर जापानका एक गभर्नरले सेनाबाट सहयोग माग्नुभएको छ । अकिता प्रान्तका गभर्नर केन्टा सुजुकीले मङ्गलबार रक्षामन्त्रीलाई सम्बोधन गर्दै ‘आत्मरक्षा बलको सहयोगबिना नागरिकहरूको जीवन रक्षा असम्भव भएको’ बताउनुभयो ।

    Advertisement

    सरकारी तथ्याङ्कअनुसार यस वर्ष हालसम्म भालु आक्रमणमा १० जनाको ज्यान गइसकेको छ । यो सन् २०२४ मार्चमा समाप्त अघिल्लो आर्थिक वर्षको छ जनाको रेकर्डभन्दा बढी हो । सुजुकीले भन्नुभयो, ‘घाँटी र अनुहार लक्षित आक्रमण अत्यन्त सामान्य भइसकेका छन्, जसले भयावह स्थिति सिर्जना गरेको छ ।’

    भालुहरू अब केवल पहाडी क्षेत्रमा सीमित नरही सहर र बस्तीमा समेत देखिन थालेका छन् । ‘स्थानीय बासिन्दाको दैनिकी नै अवरुद्ध भएको अवस्था असामान्य छ, गभर्नरले चेतावनी दिनुभयो ।

    रक्षामन्त्री सिन्जिरो कोइजुमीले जवाफमा सरकारले ‘सुरक्षा पुन:स्थापना गर्न उपलब्ध सबै अधिकार र साधन प्रयोग गर्ने’ प्रतिबद्धता जनाउनुभयो । वातावरण मन्त्रालयका अधिकारीका अनुसार पछिल्लो पीडित अकिताको पहाडी गाउँमा तीन अन्य व्यक्तिसँगै आक्रमणमा परेका थिए । यद्यपि पछिल्ला केही घटनाहरू अझै आधिकारिक तथ्याङ्कमा समावेश भएका छैनन् ।

    स्थानीय मिडियाका अनुसार सोमबार अकिताको धानखेतमा एक महिला मृत फेला परेकी थिइन् र इवाटे क्षेत्रमा एक पुरुष र उनको कुकुर पनि आक्रमणको शिकार बनेका थिए ।

    विशेषत: उत्तरी क्षेत्रमा भालुहरूले हालै पर्यटकमाथि आक्रमण गर्ने, पसल र विद्यालयनजिक प्रवेश गर्ने घटनाहरू बढेका छन् । एकोर्नजस्ता खानाको कमी र जलवायु परिवर्तनका कारण जनावरहरू बस्तीमा पस्न थालेको बताइन्छ । तातो मौसमले उनीहरूको हाइबरनेसन (शीतनिद्रा) ढाँचामा समेत असर पारेको छ ।

    जापानमा दुई प्रजातिका भालु पाइन्छन् — एसियाली कालो भालु (चन्द्र भालु) र ठूलो आकारका खैरो भालु, जुन मुख्यत: होक्काइडो टापुमा बसोबास गर्छन् । तिनको तौल करिब ५०० किलोग्रामसम्म पुग्न सक्छ ।

    प्रत्येक वर्ष सयौँ भालु मारिए पनि वृद्ध जनसङ्ख्या र घट्दो सिकारीको सङ्ख्याले नियन्त्रण कठिन बनाएको छ ।

    गत हप्तामात्र वातावरण मन्त्री हिरोटाका इशिहाराले भालु आक्रमणलाई ‘गम्भीर र राष्ट्रिय समस्या’ भन्दै सिकार सुरक्षालाई सुदृढ बनाउने, सिकारीलाई तालिम दिने र भालु जनसङ्ख्या व्यवस्थापनका उपायहरू बलियो बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

    मङ्गलबार, कार्तिक ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.