मेघराज रेष्मेली, (जापान)
Advertisement
जापानको साइतासहरको मिदोरीस्थित एक आवासीय घरमा आज बिहान आगलागी भएको छ ।
आगलागी हुँदा तीन जनाको मृत्यु भएको आशङ्का रहेको स्थानीय प्रशासनले बताएको छ ।
प्रशासनका अनुसार बिहान करिब ४:३० बजे आगो लागेको खबर प्राप्त भएपछि १४ ओटा दमकल घटनास्थलमा पुगेका थिए ।
करिब ४० मिनेटको प्रयासपछि आगो नियन्त्रणमा आए पनि घर पूर्ण रूपमा जलेको छ ।
उक्त घरमा बस्ने ८० वर्षका बुबा र उनका दुई सन्तान गरी तीन जनासँग सम्पर्क हुन सकेको छैन ।
जलेको घरको भग्नावशेषबाट फेला परेका तीन ओटा शव उनीहरूकै भएको आशङ्का गरिएको छ ।
प्रहरीले शवको पहिचान गर्ने कार्यलाई अगाडि बढाएको छ र आगलागीको कारणबारे अनुसन्धान गरिरहेको छ।