काठमाडौँ । श्रम तथा रोजगार मन्त्रीमा प्रस्तावित खगेन्द्र सुनार र पर्यटन तथा नागरिक उड्यन मन्त्रीमा प्रस्तावित गणपति श्रेष्ठको नाम मन्त्री बन्ने लिस्टबाट नाम हटाइएको छ । आज उनीहरूको सफत ग्रहण नहुने बताइएको छ ।
Advertisement
बालुवाटार स्रोतका अनुसार शपथका लागि खगेन्द्र सुनारको नाम राष्ट्रपति कार्यालय पठाइएको भए पनि उनको शपथ नहुने जस्तो देखिएको छ ।
“उहाँ {खगेन्द्र सुनारे} बारे निकै नै विवाद देखियो। प्रधानमन्त्रीज्यू अहिले छलफलमा हुनुहुन्छ। उहाँको शपथ अब नहुने देखियो,“ स्रोतले भन्यो।