काठमाडौँ । फिल्म र टेलिभिजन दुवै क्षेत्रमा आफ्नो अविस्मरणीय भूमिकाका निर्वाह गरेका परिचित भारतीय अभिनेता तथा हास्य कलाकार सतीश शाहको निधन भएको छ।
Advertisement
शाहको शनिबार दिउँसो २ बजे मुम्बईस्थित हिन्दुजा अस्पतालमा ७४ वर्षको उमेरमा उनको निधन भएको हो । उनी लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित थिए ।
उनले २५० भन्दा बढी चलचित्रहरू र धेरै प्रतिष्ठित टेलिभिजन कार्यक्रमहरूमा अभिनय गरेका छन् ।