काठमाडौँ । अर्घाखाँचीबाट बुटबल जाँदै गरेको गाडी अर्घाखाँचीकै छत्रदेव गाउँपालिका–५ डाँडाचौपारीमा दुर्घटनामा परेको छ ।
Advertisement
छत्रगञ्जबाट बुटवलका लागि छुटेको लु१ ज ५४५२ नम्बरको फोर्स गाडी दुर्घटनामा पर्दा नौ जना घाइते भएका हुन् ।
गाडी सडकमै पल्टिएको थियो । घाइते नौ जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटना भएको गाडी सडकमै छ । गाडी हटाएर सडक सञ्चालनका लागि प्रहरी टोली खटिएको छ ।