रवि पौडेल
नेपालीको कम्युनिस्ट आन्दोलनमा टुटफुटको निकै लामो शृङ्खला छ । पुस्पलाल, मनमोहनदेखि मोहनबिक्रम सिंहसम्म आईपुग्दा यो शृङ्खला अझै रोकिएको छैन् । यसो हुनुमा खासगरी सैद्धान्तिक रुपमा भन्दा पनि ब्यक्तिगत स्थार्थ र पदलिप्साले काम गरेको देखिन्छ ।
त्यतिमात्र होइन एउटा कम्युनिस्ट नेता वा कार्यकर्ताले अर्को कम्युनिस्ट वा नेता कार्यकर्तालाई कम्युनिस्टको रुपमा स्वीकार गर्न सक्नेगरी काम गर्न नसकेको अबस्था पनि अस्विकार गर्न सकिंदैन ।
पुस्पलाल, मनमोहन ताकाका कुरा छोडेर प्रचण्ड–बाबुराम र मोहन बिक्रम सिंहसम्मको मात्रै कुरा गर्ने हो भने पनि यहाँ एक अर्कोले अटेरी गरेको देखिन्छ । कसैलाई महामन्त्री हुने मन, कसैलाई महासचिव हुन नपाउने भएकोले र यतिसम्म कि सांसद हुन टिकट नपाएको कारणले पार्टी फुटाउने र दोष पार्टीको हेडक्वाटरलाई थोपर्ने परिपाटी बनेको छ ।
यहाँ टिप्पणी गर्न खोजेको प्रचण्ड र बाबुरामहरूको पार्टीको होइन । यहाँ टिप्पणी गर्न खोजेको नेकपा (मसाल)का विगतका नेता तथा कार्यकर्ताहरूको हो ।
नेकपा (मसाल) समग्रमा कम्युनिस्ट पार्टी बन्न खोजेको नेपालको सबै कम्युनिस्ट पार्टी भन्दा क्रान्तिकारी पार्टी हो । तर फुटेर वा पोइल जानेहरूले यो कुरा स्वीकार गर्दैनन् । उनीहरूले मसालको नीति तथा सिद्धान्त सहि नभएको भन्दैनन् । बरु एउटै वाक्य मोहनबिक्रम सिंहको तानाशाही प्रवृत्तिसँग जुध्न नसकेर पार्टी छोडेको वा हामीलाई मसालले जबर्जस्ती कार्यबाही गरेको भनेर आरोप लगाउँछन् ।
पार्टीका नीति, सिद्धान्त, राजनीतिक प्रतिवेदनहरू किन लेखिन्छ ? सम्मेलन वा महाधिवेशन किन गरिन्छ ? मुठि उठाएर प्रतिवद्धता किन व्यक्त गरिन्छ ? यी सबै कुरालाई बिर्सेर कारखानामा बम हान्न खोज्दा छर्राहरू उछिट्टिएर आफैलाई घाइते बनाउने कुरा यथार्थ हो ।
घाइते क्रान्तिकारीहरू कारखानाको यमडि भन्दा पनि ठुलो हुन खोज्ने प्रवृत्ति अथवा मसालको नीति सिद्धान्त भन्दा माथि हुने कुरा गर्दछन् । पार्टी सानो छ । जनमत कम छ । बिकास हुन सकेन । कैयौं कमजोरीहरू छन् । ती कमजोरीहरू हटाएर जाने कि फुटाएर जाने ?
२०५१ सालतिर दिनानाथ शर्माले पार्टी छोडे “सेना नभएको कम्युनिस्ट पार्टी हुँदैन” भन्ने उनको भनाइ थियो । यो निउँ मात्रै थियो । दिनानाथ शर्मालाई राम्ररी थाहा छ पहिले कम्युनिस्ट पार्टीको स्थापना र त्यसको माताहतमा सेना निर्माण हुन्छ, नेकपा (मसाल)का नेता कार्यकर्ता आफैमा सबै सेना हुन् । तर पनि उहाँ माओवादीमा जाने योजना थियो जानु भयो । नवराज सुवेदी, परि थापाहरूले पार्टी छाँडे, लिला राना, डिलाराम आचार्य र गिरिधारिलाल न्यौंपानेहरूले पार्टी छोडे । नेकपा (मसाल) छोडेपछि कुनै एमालेमा त कुनै माओवादीमा प्रवेश गरे । छर्रा लागेर घाइते भएका स्वघोषित क्रान्तिकारीहरूले आफ्नो घाउ निको पारे ।
आठौं महाधिवेशन ताका फुटेका स्वघोषित क्रान्तिकारीहरूले पनि ठुलै साख देखाए । कसरी हुन्छ कार्यकर्तालाई झुक्याउने प्रयास गरे । केहि कार्यकर्ता झुक्किए पनि । मोटो मशाल गठन गर्नु नै कृष्णराज पौडेल र सन्तबहादुरहरूको घाइतेहरू बल्जाउने योजना दियो । उनीहरूले पार्टी क्रान्तिकारी बन्छ अनि नयाँ शिराबाट जान्छौँ भनेका थिए । घाइतेहरूले पार्टी चलाउन सक्दैनन् भन्ने हामीलाई थाहा थियो । आखिर अमुक पार्टीमा मुख थुनेर मर्ज भए ।
अहिले फेरी अर्का एकजना घाइते आएका छन् विमल पोख्रेल। उनले अनुशासनलाई मुर्दा भन्छन् । कार्यबाहिलाई उनी मान्दैनन् । यसैकारणले उनी छटपटाईरहेका हुन्छन् । उनले पुराना घाइते कम्युनिस्टहरूलाई जोडेर एउटा पार्टी भर्खरै घोषणा गरेका छन् । संयोजक नबराज सुवेदी रहेको “जनयुग पार्टी” यो पार्टी न काँग्रेस, न कम्युनिस्ट, न पपुलिष्ट भनेका छन् । यी घाइतेहरूले आफुलाई बैज्ञानिक सम्झेका छन् । संयोजक समिति पुर्ण हुन नपाउँदै देशको चौथो पार्टी घोषणा गरेर हँसाउँदै छन् ।
यी विभिन्न चरणको फुट र बिभाजनले नेकपा (मसाल)को क्रान्तिकारी स्प्रिडमा कुनै कमि आएको छैन । दिनानाथले बिस हजार कार्यकर्ता लगे भन्थे । लिला रानाले पैंतीस हजार कार्यकर्ता लगे भन्थे । अरु अरुले पनि ठुलो संख्यामा मसालमा पहिरो गयो भनेर लेख्ने गर्थे । आठौं महाधिवेशन ताकाका अल्पमतका साथिहरूले पनि हामीसँग बहुमत छ भन्थे । यी सबै दाविहरू माटोमा मिसिए तर मसाल अडिग छ ।
जति चर्को स्वरमा कराएर विमल पोख्रेलहरूले पार्टी खोलेका छन्, त्यति नै छिट्टै पतन नहोस् । जसरी कृष्ण पौडेल र सन्तबहादुरले मोटो मशाल गठन गरेर बैद्य माओवादीमा मिसाए, त्यसैगरी विमल पोख्रेल र दुई पटक घाइते भएका नवराज सुवेदीहरूले छिट्टै अन्तकतै नमिसाउन ।