• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसपी खड्काद्वारा रास्वपा सभापतिलाई कानुनी कारबाहीको चेतावनी

१० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

ह्यारी केनलाई ब्यालन डी’ओर

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

केराका थामबाटै आम्दानी


  •   आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
  • महोत्तरी । मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका पर्व कृषिमैत्री छन् । यहाँका धार्मिक, पारम्परिक र सांस्कृतिक पर्वका विधिमै कृषि उपजको महत्व जोडिएको छ । यहाँका पर्वमध्ये तिहार र छठमा त झन् थरिथरिका कृषि उपज पूजा सामग्रीमा प्रयोग हुन्छन् । यीमध्ये तिहारमा केरा फलमात्र नभएर कोथाहरू नै बिक्री हुने भएपछि यो खेतीका किसानलाई अतिरिक्त आर्जनको अवसर बन्दै आएको छ ।

    Advertisement

    तिहार र छठ दुवै पर्वमा केरा फल अनिवार्य चढाइने सामग्रीमा पर्छ । खासगरी छठमा त केराका घरी नै सूर्यदेवलाई अघ्र्य (अर्घ) दिँदा देखाइने चलनले पर्वभरि यसको माग निकै हुन्छ । तिहारमा लक्ष्मीपूजाका दिन त व्यापारिक प्रतिष्ठानले लक्ष्मी प्रवेशद्वार बनाउन केराका थामको प्रयोग गर्छन् । यो चलनले जिल्लाका मुख्य बजारमा केराका थामको बजार जम्दै आएको विगत छ । कतिपय ब्यापारीले केही दिन पहिले नै थामबापतको अग्रिम रकम दिएपछि यो नगदले आफ्नो पर्वका सामग्री खरिदमा सहयोग पुगेको केराखेतीका किसान बताउँछन् ।

    “मैले त थामबापत बैना रकम नै पाँच हजार लिइसकेको छु”, भङ्गाहा–४ थारूटोल बनराका किसान रामधारीसिंह थारू भन्नुहुन्छ । तिहारको यो अवसर आपूmहरूका लागि खनेर फालिने कोथाबाट रकम प्राप्त हुनेहुँदा यो बेला पर्खाइमा रहने गरेको उहाँले बताउनुभयो ।

    केराखेती गर्दा एक झ्याङ्मा तीनवटाभन्दा बढी कोथा बढ्न दिन नहुने किसानको अनुभव छ । “एक झ्याङमा तीनभन्दा बढी कोथा भए घरी राम्रो लाग्दैन, कोसा राम्रा हुँदैनन्”, अर्का किसान रामसुनरदेवी राय भन्नुहुन्छ, “यो त बढी भएका कोथा हामीले मजदुर लगाएर उखालेर फाल्नुपथ्र्यो, तर यो बेला कोथा बिक्री हुने भएर यो अवसर हाम्रो पर्खाइमा पर्छ ।”

    पर्वको यो अवसरले उखाल्न लाग्ने खर्चको बचतसँगै कोथा बिक्रीबाट प्राप्त हुने रकम पुरस्कारजस्तै हुने गरेको राय बताउनुहुन्छ । यसै मौकामा केराको गोडमेल हुने गरेको किसानको भनाइ छ । यसैले यी पर्वलाई किसान केराको अमृत बेला भन्ने गर्छन् । पर्वका बेला केराका घरीले राम्रो दाम पाउने र उखालेर फाल्नुपर्ने कोथासमेत बिक्री हुनुले यो खास अवसर रहँदै आएको किसानको भनाइ छ ।

    वर्षभरिमा एउटा केराका झ्याङमा पाँचसातवटासम्म फाल्नुपर्ने कोथा निस्कने किसान बताउँछन् । यसबेला स्वागतद्वारका लागि व्यापारीले लग्ने कोथा जोडीको रु तीन सयसम्म पाइने गरेको किसानको भनाइ छ । आपूmले कोथा बेचेर नै तिहारमा पछिल्ला तीन वर्षयता सालाखाला रु १० हजार पाएको भङ्गाहा–६ सग्रामपुरका सुवालाल राय यादव बताउनुहुन्छ ।

    केराका थामको बजार लक्ष्मीपूजाको एक दिनअघिदेखि नै जम्ने गरेको छ । थामको स्वागतद्वार बनाउने चलन सहरबजार क्षेत्रमा भएको हुँदा जिल्लाका जलेश्वर, गौशाला, बर्दिबास, मटिहानी, रामगोपालपुर, मनरा र पिपरासहितका बजार क्षेत्रमा ठूलै मेला जम्छ ।

    मिथिला क्षेत्रमा तिहार र छठका अवसरमा स्वागतद्वार बनाउन प्रयोग गरिने थाम शुभफलदायी मानिन्छ । केराका थामको स्वागतद्वारबाट लक्ष्मी गृह प्रवेश गर्ने विश्वासले यसको महत्व बढेको मिथिला संस्कृतिका जानकार बताउँछन् । वैदिककालदेखिकै यो परम्परा मिथिला लोकसंस्कृतिको अङ्ग बन्दै आएको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णव बताउनुहुन्छ ।

    हिन्दू परम्पराका सबैजसो चाडपर्वको अनिवार्य प्रसाद सामग्री बन्ने र स्वास्थ्यका लागि लाभदायी यो फल बजारमा बाहै्रमास बेचबिखन भए पनि यहाँ यसको खेती भने निकै कम छ । घरकरेसा बारीमा एकाध केराका बोट देखिए पनि यसको व्यावसायिकखेती भने दुई सय ८० हेक्टरमा मात्र भइरहेको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ । जिल्लामा केराखेतीका लागि अनुकूल हावापानी र माटो रहेको हुँदा किसानले यो खेतीमा तत्परता देखाए कार्यालयले प्राविधिक सहयोगसँगै उन्नत जातका बिरुवा सुलभ मूल्यमा उपलब्ध गराउन पहलकदमी लिनसक्ने कार्यालयका कृषिविज्ञ तथा सूचना अधिकारी अविरलकुमार महतो बताउनुहुन्छ ।

    आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसपी खड्काद्वारा रास्वपा सभापतिलाई कानुनी कारबाहीको चेतावनी
    १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा
    सुनको मूल्य बढ्योः चाँदीको घट्यो
    एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति
    नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता
    ह्यारी केनलाई ब्यालन डी’ओर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      एसपी खड्काद्वारा रास्वपा सभापतिलाई कानुनी कारबाहीको चेतावनी

    • २.
      १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

    • ३.
      सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    • ४.
      एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

    • ५.
      नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

    • ६.
      ह्यारी केनलाई ब्यालन डी’ओर

    • ७.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • ८.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.