• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

साम्राज्यवादी योजना र विश्व परिघटना


  •   शुक्रबार, असोज ३१, २०८२ मा प्रकाशित
  • मेघराज भट्टराई ##

    Advertisement

    अठारौँ शताब्दीदेखि नै शक्तिशाली मुलुकले आर्थिक, राजनीतिक र सांस्कृतिक माध्यमबाट कमजोर राष्ट्रलाई नियन्त्रण गर्ने नीति अवलम्बन गर्दै आएका छन् । आजको युगमा यो औपनिवेशिक कब्जाभन्दा बढी आर्थिक र संस्थागत नियन्त्रण को रूप लिएको छ । अहिले यिनै अवधारणालार्य साम्राज्यवाद भन्न सकिन्छ ।

    सन् १९७९ ताका अफगानिस्तानको सरकारले रसियासँग आफ्नो देशको भौगोलिक विकासको लागि सहयोग गर्न भनेपछि सिआइएले कट्टर धार्मिक सङ्गठन स्थापना गरायो, जसको नाम थियो– मुजाहिद । त्यसको नेतृत्व अहमद शाह मसुदले गरेका थिए । उनको मुख्य योजना थियो– रसियन फौजलाई अफगानिस्तानबाट धपाउनु र अमेरिकी योजना भित्राउनु । सन् १९८० देखि १९९१ सम्म अत्यन्त ठुलो रक्तपात र भौतिक संरचना ध्वस्त पारेपछि रसियन सेना फर्किए । यहाँ मुजाहिदहरूको सरकार बन्यो । यो सरकारले अमेरिकी स्वार्थमा काम गर्न छोड्यो ।

    अब फेरि अमेरिकाको टाउकोदुखाइको बिषय बन्यो, मच्चा मसुद (अहमद शाह मसूद) । अब कसरी उसलाई हटाउने भन्नेबारेमा अमेरिकाले पाकिस्तानसँग मिलेर योजना बनायो । त्यसै क्रममा तालिबान मुस्लिम कट्टरपन्थी समूह निर्माण गरियो । यहीँबाट जनरल दोस्तम, अहमद शाह मसुदसहितको उदय भयो । उनीहरूको यति खुनी युद्ध भयो, नागरिक विभाजित भए र त्यो देशको केन्द्रीय सरकारमा तालिबानको कब्जा भयो तर त्यहाँ क्षेत्रीय लडाइँ रोकिएन । पन्सिर उपत्यका, बामियान प्रान्तदेखि मजार ए सरिफमा मुजाहिदिनकै पकड बलियो रह्यो ।

    तालिबानले पनि अमेरिकी स्वार्थ बुझ्यो र असहयोग गर्न लाग्यो । यहीबिचमा मुल्ला उमर, जो तालिवानको कमान्डर थियो, उनले ओसामा बिन लादेनसँग मिलेर अलकायदासँग काम गर्दै धार्मिक कट्टरता फैलाउने र अमेरिकी साम्राज्यवादको विरुद्ध भएको देखाउने काम गरे । सेप्टेम्बर ११, २००१ को घटना घटाए । अमेरिकाको राजधानीमै ठुलो हमला गरे । त्यसपछि अमेरिकालाई अफगानिस्तान प्रवेशको ढोका खुल्यो ।

    स्मरण रहोस्, ओसामा बिन लादेन पनि अमेरिकी सरकारद्वारा निर्माण गरिएको प्यादा थियो । यसरी अहमद शाह मसुद, मुल्ला उमर, ओसामा अमेरिकाका फरक फरक अनुहार हुन् र यिनको हत्या पनि अमेरिकाले नै गर्‍यो । यस क्रममा अमेरिकाको नेतृत्वमा अफगानिस्तानमा २० वर्षसम्म प्रत्यक्ष रूपमा नेटो सेना, अमेरिकन सेना, अस्ट्रेलियन सेनाले परेड खेलियो र अन्तमा आफ्नो स्वार्थ पूरा गरी फर्कियो । आज अफगानिस्तानमा तालिबानी सरकार छ ।

    इरान–इराक युद्ध

    सन् १९८० देखि १९८८ सम्म इरान र इराकको युद्ध भयो । यी छिमेकी मुस्लिम देश एकअर्काका ठुला दुस्मनजस्ता भए । इराकका राष्ट्रपति सद्दाम हुसैनलाई तालिमदेखि हातहतियार अमेरिकाले उपलब्ध गरायो । यो युद्धमा ठुलो मानवीय क्षति भयो । भौतिक संरचनाको के हिसाब भयो र ? सन् १९९० मा इराकले कुवेतमाथि हमला बोल्यो र अमेरिका प्रवेश गर्‍यो । इराकले जित्यो । अमेरिका फर्कियो । यहीँबाट सद्दाम हुसैनको विरुद्ध अमेरिकाले योजनाबद्ध युद्धको तयारी गर्‍यो र इराकको तेलखानी साम्राज्यवादी जालोभित्र पर्‍यो ।

    कुनै समयको नायक पछिल्लो समयमा सत्रुको रूपमा आयो र हुँदाखाँदाको सम्पन्न राष्ट्र भिकमङ्गा गरिब र अस्थिर बनेर गयो । यसको परिणाम आइएसआईजस्ता कट्टर धार्मिक अतिवादी संस्थाको जन्म भयो र मध्यएसिया अशान्त बन्यो । यसले बताउँछ, साम्राज्यवादले पहिलो चरणमा सहयोगी बनाउँछ, दोस्रो चरणमा खतरा घोषणा गर्छ र तेस्रो चरणमा उद्धारको नाममा कब्जा गर्छ ।

    सिरिया युद्ध, अरब स्प्रिङ र प्रोक्सी वार

    ३० वर्षदेखिको असदको सत्ताअन्तर्गत सन् २०११ देखि प्रजातन्त्रको माग राख्न सुरु गरियो । यसको अन्त्य सन् २०१४ मा बशर अल असदको सत्ताच्यूतबाट भयो । सन २०११ देखि २०२४ सम्म कति ग्रुपले असदको राज्यसत्ता विरुद्ध युद्ध गरे ? कति धनजनको क्षति भयो ? यसको यथार्थ विवरण यहाँ राख्नु सम्भव छैन ।

    सन् १९७१ मा बशर अल असदको बुबाले सत्ता कब्जा गरेका थियो भने पछिल्लो वर्ष डिसेम्बरमा बशर अल असदको सत्ता समाप्त भयो । यो ५४ वर्षमा सिरियामा कसरी साम्राज्यवादी शक्ति खेलेका थिए भन्ने कुरा दुई गुट बनेर अमेरिका–तुर्की एकातिर र इरान–रसिया अर्कोतिर भएर बम बर्साउने होड थियो । ऐतिहासिक सहर ध्वस्त बनाएर इतिहास नामेट पारियो ।

    रसिया–युक्रेन युद्ध

    युरोपियन युनियन र अमेरिकाको प्रत्यक्ष संलग्नताबाट सुरु भएको यो युद्धले दुबै देशमा ठुलो धनजनको क्षति भएको छ । युक्रेन शिक्षाको हब, कृषि क्षेत्रमा संसारलाई खाना खुवाउन सक्ने क्षमता भएको देश हो तर त्यो युद्धपश्चात आज आधा जमिन गुमाउनुपर्ने अवस्थामा पुगेको छ । सम्पूर्ण देश विघटनको अबस्थामा पुगेको छ । यहाँ युद्ध रोकिने कुनै सङ्केत छैन ।

    प्यालिस्टाइन–इजराइल युद्ध

    करिब आधा शताब्दीभन्दा बढी समयदेखि ऊनीहरूको युद्धले प्यालेस्टाइन राष्ट्र समाप्तिको नजिक पुगेको छ भने इजराइल–अमेरिकाको हातहतियारले संसारसामु फासिस्ट राज्यसत्ता चलाइरहेको छ । पछिल्लोपटकको गाजायुद्धमा एक लाखको नजिक मानिसको मृत्यु र बिसौँ लाख मानिस अङ्गभङ्ग र विस्थापित भएका छन् । यो नरसंहार र त्रासदी संसारले हेरिरहेको छ ।

    यसबाट बुझ्न सकिन्छ, साम्राज्यवादले कसरी उत्पीडित देशलाई पासोमा पार्दो रहेछ ? ऋण सहयोग, जातीय विभेदको अन्त्य, मानवअधिकारजस्ता विषयमा संस्कृति, सभ्यता, शिक्षा, स्वास्थ्य, व्यापारजस्ता कुरा घुसाएर हाम्रो शिक्षा, भाषा, धर्म, संस्कृति, सभ्यता, भेषभूषा सबैमा उनीहरू नै योग्य वैज्ञानिक छन्, बाँकी खराब भन्ने भाष्य शिक्षाबाट सुरु हुन्छ । यही कुरा नेपालमा २०४२ सालदेखि सुरु भयो ।

    विश्व बैङ्क आइएमएफजस्ता आइएनजिओको प्रवेश नै आजको अवस्था भएको हो । यहाँ जे जे भए, त्यो सबैको कडी एकअर्कासँग जोडिएको छ । मदन भण्डारीको हत्या, वीरेन्द्रको वंशनाशदेखि अहिलेको जेनजी आन्दोलन र यसको विनाशको मुख्य स्रोत युरोपियन युनियन, सिआइए र रअले गरेको योजना देखिन्छ । एमसिसी, एसपिपी यसको तयारीमा जुटेका थिए । फ्री तिब्बत मुभमेन्ट र नेपाललाई आफ्नो रणमैदान बनाउने मात्र उसको योजना हो ।

    देशलाई यो दुर्दशामा पुर्‍याएको आइएनजिओ र यहाँका दलाल नेतृत्व अनि यो देशको स्थायी सरकारले हो । राज्य संरचनामा आमूल परिवर्तनविना हामी सुरक्षित रहन सक्दैनौँ । जुन ध्वंस जेनजी नामबाट भयो, यहाँ ठुलो षड्यन्त्र छ । समय छँदै सम्पूर्ण नेपाली नागरिकले बुझ्न जरुरी छ ।

    शुक्रबार, असोज ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.