• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

गालीगलौज गर्दा अचिनारुले गरे कैलालीका केशरको विभत्स हत्या


  •   शनिबार, असोज २५, २०८२ मा प्रकाशित
  • घोडाघोडी (कैलाली) । कैलालीको घोडाघोडी–८ की अस्मिता थापाको अनुहार पीडाले थिचिएको छ । घर वरिपरि सुनसान छ । हाँसो गुञ्जिने आँगनमा अहिले रुवाबासी चलेको छ । असोज २४ गते शुक्रबार राति अस्मिताका पति २८ वर्षीय केशर बुढाको घाँटी काटेर हत्या भएपछि उहाँलाई खपिनसक्नु भएको हो ।

    Advertisement

    भारतमा मजदुरी गरी परिवार पाल्दै आउनुभएका बुढा आज भारतको गुजरात जाने तयारीमा हुनुहुन्थ्यो । शुक्रबार पत्नीसँग मिलेर आवश्यक सामग्री जुटाउने काम सकिएको थियो ।

    ‘भोलि जान्छु, जुत्ता, लुगासहित आवश्यक सामग्री व्यवस्था गरौँ भनेर भन्नुभयो’ रुँदै केशरकी पत्नीले भन्नुभयो– ‘आज आफैँ कहिल्यै नफर्कने गरी हामीलाई छोडेर जानुभयो ।’

    शुक्रबार साँझ केशर रिचार्जकार्ड किनेर आउँछु भन्दै घरबाट निस्कनुभएको बताउँदै अस्मिताले राति अबेरसम्म पनि केशर नफर्केपछि चिन्ता बढेको उल्लेख गर्नुभयो ।

    ‘केशर अबेर रातिसम्म पनि घर नआउँदा तनाव भए पनि फर्किनुहुन्छ भन्ने आशा थियो । समय घर्किंदै जाँदा केशर आएनन् तर केशरजस्तै देखिने एक युवकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ भन्दै प्रहरी घरमा पुगे’ उहाँले भन्नुभयो ।

    हत्या गरिएको शव केशरको नहोस् भनेर मनमा प्रार्थना गर्दै घटनास्थल पुगेको भन्दै अस्मिताले उक्त काटिएको शरीर केशरकै रहेको पुष्टि भएको बताउनुभयो ।

    ‘शवनजिक पुग्दा मेरो सारा संसार थामिएझैँ भयो । रिचार्जकार्ड किनेर फर्किहाल्छु भन्ने केशर अब कहिले नफर्कने गरी अस्ताइसकेका थिए । केशरले घर चलाउन भारतमा श्रम गर्ने गर्थे । तीन सन्तानको भविष्य उनको हातमा थियो’ उहाँले भन्नुभयो ।

    के थियो घटना ?

    ‘गए राति ११ बजेतिर केशरको हत्या गरी टाउको प्लास्टिकको झोलामा बोकेर १८ वर्षीय बलबहादुर विक र १९ वर्षीया गङ्गा बुढाक्षेत्री घोडाघोडी नगरपालिका–६ स्थित प्रतिखेतमा हिँडिरहेका थिए । अस्थायी प्रहरी पोस्टमा ड्युटीमा खटिएका कर्मचारीले उनीहरूलाई देखेर सोधपुछ गरेपछि बलबहादुर र गङ्गााले हत्या गरी टाउको बोकेर ल्याएको बताएका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय सुखडमा खबर गरियो । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय सुखडबाट मेरो नेतृत्वमा प्रहरीको टोली घटनास्थल पुगेको हो’ प्रमुख प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले भन्नुभयो ।

    ‘राति ११ बजेतिर खबर आयो एकजनालाई मारियो भनेर । त्यसपछि हामी घटनास्थल पुग्यौँ’ उहाँले भन्नुभयो ।

    अवस्थीका अनुसार टाउको एकातिर र शरीर एकातिर भएको अवस्थामा शव फेला परेकाले कसको हत्या भएको हो भन्ने थाहा पाउन सुरुमा समस्या भएको थियो । खोजी गर्दै जाँदा हत्या भएका व्यक्तिको मोबाइल फुटेको अवस्थामा फेला परेको जनाउँदै उहाँले भन्नुभयो– ‘फोन गर्दै जाँदा माइजू नाता पर्ने फेला पर्नुभयो ।’

    प्रहरी नायब उपरीक्षक अवस्थीले माइजू नाता पर्ने घटनास्थल पुगेपछि केशरको घरमा प्रहरी पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ३ बजेतिर मात्रै केशर बुढाको हत्या भएको हो भन्ने कुरा पत्ता लागेको थियो ।

    घटनाको कारण सामान्य विवाद रहेको अवस्थीले बताउनुभयो ।

    ‘हत्या गरिएका केशर र हत्या गर्नेबिच चिनजान नै रहेनछ । रक्सी खाने क्रममा होटेलमा उनीहरूको भेट भएको थियो । सोधपुछका क्रममा विवाद हुँदा केशरले गालीगलौज गरेपछि हत्या गरेको बलबहादुर र गङ्गाले बताएका छन्’ उहाँले भन्नुभयो ।

    यो घटनाले जरहीगाउँमा त्रास फैलिएको छ । स्थानीयको भनाइअनुसार घरमा छोराछोरीलाई छाडेर यो गाउँका अधिकांश युवा रोजगारीका लागि भारत गएका छन् । अभिभावकविहीन अवस्थामा रहेका किसोरकिसोरीलाई सम्झाउने, बुझाउने कोही नहुँदा यस्ता घटनाको जोखिम हुने गरेको स्थानीय बताउँछन् ।

    होटेल सञ्चालक रत्न सिजालीले भन्नुभयो– ‘दुई वर्षअघि यो ठाउँमा बसाइँसराइ गरेर आएको हुँ । अहिले किन आएँ भन्ने भएको छ । यो मात्रै होइन, यहाँ अन्य घटना पनि भइरहन्छन् । हिजो घटना भएका युवा पनि मेरै होटलमा आएर रक्सी खाएका थिए । नदिँदा भने तोडफोड गर्देलान् भन्ने डर लाग्छ, दिँदा यस्ता घटना हुन्छन् ।’ (रासस)

    शनिबार, असोज २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.