बागलुङबजार । बागलुङको धम्जामा छविलाल सार्कीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
भारतको रिवाडीमा बसको ठक्करबाट ज्यान गुमाएका सार्कीको स्मृतिमा २०८२ असोज २३ गते बिहीबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तिलक थापा, जिल्ला सदस्य टिकासङ्गम विक, अखिल नेपाल शिक्षक सङ्घ बागलुङका सदस्य कुलदीप क्षेत्री, राजमो धम्जाको अध्यक्ष निरज विकलगायतले शोकमन्तव्य राख्नुभएको थियो ।
गत असोज १३ गते रिवाडीमा निधन भएका सार्कीको क्षतिपूर्तिका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले पहल गरेको थियो ।
मृतक सार्कीको स्मृतिमा उहाँकै निवासस्थान काठेखोला–३ धम्जामा सो कायृक्रम आयोजना गरिएको थियो ।
