• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

पचास वर्षदेखि बसोबास गर्दै आएको जग्गाको स्वामित्व अझै पाइएन


  •   बिहिबार, असोज २३, २०८२ मा प्रकाशित
  • कञ्चनपुर । कृष्णपुर नगरपालिका–३ का बासिन्दाले ५० वर्षदेखि चलनभोग गर्दै आएको जग्गाको स्वामित्व अझै पाउन सकेका छैनन् । तत्कालीन सुकुम्बासी आयोगले सेतो जग्गाधनी प्रमाण–पूर्जा वितरण गरे पनि त्यसले मान्यता नपाउँदा स्थानीय बासिन्दा स्वामित्वबिहीन अवस्थामा रहेका हुन् ।

    Advertisement

    जग्गाको स्वामित्व नपाउँदा स्थानीयले आफ्नो जग्गा बैङ्कमा धितो राखेर कारोबार सुरु गर्न, उद्यमशीलता कार्यक्रम अघि बढाउन र सरकारी सहुलियत पाउन नसकेको बताएका छन् । स्थानीय गङ्गाराम चौधरीका अनुसार विसं २०६७ सालमा तत्कालीन सुकुम्बासी आयोगले नापनक्सा गरी राजस्व बुझाएर जग्गा रजिष्ट्रेसनसहित पूर्जा उपलब्ध गराएको थियो । “त्यो पूर्जालाई कानुनी मान्यता नदिँदा अझै स्वामित्वबिहीन बन्न पुगेका हौँ”, चौधरीले भन्नुभयो ।

    हालै विघटन भएको भूमि आयोगले पुनः नापनक्सा गरी रजिष्ट्रेसनको काम सम्पन्न गरेको र राजस्व पनि बुझाइसकेका भए पनि पूर्जामात्र वितरण हुन बाँकी रहेको स्थानीय दिपक खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार मालपोत कार्यालयका कर्मचारीको ढिलासुस्तीका कारण पूर्जा वितरण प्रक्रिया अघि बढ्न सकेको छैन ।

    सेतो पूर्जा प्राप्त गरे पनि मान्यता नपाएका वडाका ९१ परिवारसँग झण्डै ९० हेक्टर क्षेत्रफलको जग्गा रहेको खत्रीले बताउनुभयो । ती परिवारले हालको भूमि आयोगमा राजस्ववापत रु १३ लाखभन्दा बढी रकम बुझाइसकेका छन् । स्थानीय अझै पनि पूर्जा नपाउँदा जग्गाको कानुनी स्वामित्व सुरक्षित गर्नबाट वञ्चित भएका छन् ।

    जग्गाको स्वामित्व नपाएका जग्गाधनी किसानले प्रमुख जिल्ला अधिकारी, मालपोत कार्यालय प्रमुख, नापी कार्यालय प्रमुख र भूमि आयोगका पदाधिकारीसँग भेट गरी तत्काल पूर्जा उपलब्ध गराउन माग गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा पालिका प्रमुखको सहभागितामा बसेको सरोकारवालाकोे बैठकले जग्गाधनी पूर्जा वितरणका लागि ठोस पहल गर्ने प्रतिबद्धता जनाएको खत्रीले बताउनुभयो । प्रतिबद्धता जनाएका छन् तर प्रक्रिया अझै अगाडि नबढेको उहाँको भनाइ छ ।

    स्थानीय बासिन्दाले विसं २०३२ देखि बसोवास गर्दै आएको जग्गा चलनभोग गर्दै आएका छन् । “आयोग गठन र विघटनको पुनरावृत्तिका कारण जग्गाको स्वामित्व पाउन नसकेका हौँ”, स्थानीय लक्ष्मण कार्कीले भन्नुभयो, “निरन्तर अन्योलमा पर्दै आएका छौँ ।” स्थानीय बासिन्दाले तत्काल पूर्जा वितरण गरी दीर्घकालीन समाधानका लागि सरकारले ठोस पहल गर्नुपर्ने माग गरेका छन् ।

    बिहिबार, असोज २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.