• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

‘राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह हुन्छ’

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ५. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ६. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. वेदकालीन समाज

  • ९. हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

  • १०. लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

युक्रेनी आक्रमणले रूसी तेल उद्योगमाथि कडा दबाब


  •   बुधबार, असोज २२, २०८२ मा प्रकाशित
  • लन्डन । युक्रेनले हालका महिनाहरूमा रूसी रिफाइनरीहरू र तेल पूर्वाधारमाथि आक्रमण तीव्र पार्दै आएको छ । अगस्टको सुरुदेखि मात्रै ३० भन्दा बढी आक्रमण । आक्रमणको उद्देश्य मस्कोको युद्ध वित्तपोषण क्षमतालाई कमजोर पार्नु रहेको छ ।

    Advertisement

    रुस विश्वको तेस्रो ठूलो तेल उत्पादक र दोस्रो ठूलो कच्चा तेल निर्यातकर्ता हो । अक्सफोर्ड इन्स्टिच्युट फर एनर्जी स्टडिजका अनुसार सन् २०२४ मा तेल र ग्यासबाट प्राप्त आम्दानीले रुसको कुल बजेटको करिब ३० प्रतिशत हिस्सा ओगटेको थियो ।

    ऊर्जा अनुसन्धान समूह क्ललरका विश्लेषक होमायुन फालक्षाहीका अनुसार किएभको आक्रमण अहिले ‘धेरै प्रभावकारी’ देखिएको छ, जसले रूसी रिफाइनरी उत्पादन दर करिब १० प्रतिशतले घटाएको छ ।

    अभावको जोखिम देखिँदै मस्कोले पेट्रोलियम उत्पादनहरूको निर्यातमा प्रतिबन्ध लगाएको छ र पेट्रोल निर्यातमाथिको रोकथाम विस्तार गरेको छ । रुसको रिफाइनरी उत्पादन सेप्टेम्बरको मध्यसम्म दैनिक ४९ लाख ब्यारेलमा झरेको छ । ऊर्जा विश्लेषक जानिव शाहका अनुसार यो सन् २०२५ को पहिलो छ महिनाको तुलनामा करिब चार लाख ब्यारेल कम हो ।

    यसले रूसी कच्चा तेल र परिष्कृत उत्पादनहरूको मूल्यबीचको अन्तरलाई उल्लेखनीय रूपमा बढाएको छ । पम्पमा पेट्रोलको मूल्यमा परेको असर रूसी उपभोक्ताले पहिले नै महसुस गरिरहेका छन् । रोसस्टाटका तथ्याङ्कअनुसार सेप्टेम्बर १ सम्म खुद्रा पेट्रोलको मूल्य सन् २०२४ को अन्त्यको तुलनामा ६.७ प्रतिशतले बढिसकेको छ । यद्यपि सोही अवधिमा कच्चा तेलको मूल्य घटेको थियो ।

    क्षतिग्रस्त तेल पूर्वाधारहरू पुनः सञ्चालनमा ल्याउन ‘लामो समय’ लाग्ने सम्भावना रहेकाले विश्लेषक शाहका अनुसार दीर्घकालमा रुसको स्थिति झनै बिग्रन सक्छ ।

    तेलको विश्वव्यापी मूल्य घट्दै गएको र बजारले आगामी महिनाहरूमा आपूर्ति प्रचुर मात्रामा हुने अपेक्षा गरेको समयमा यस्तो भइरहको छ । एसईबी बैंकका विश्लेषक बार्ने सिल्ड्रपले भन्नुभयो, “युक्रेनले रूसी रिफाइनरीहरूमा आक्रमण क्षमतामा सुधार गर्दै जाँदा स्थिति अझ गम्भीर बन्दै जाने सम्भावना छ ।” साथै उहाँले रूसी तेल निर्यात बन्द र घरेलु रेशनिङ (प्रत्येक व्यक्तिलाई निश्चित मात्रामा (वस्तु) मात्र राख्न दिइने अनुमति) को सुरुआत हुन सक्ने पनि चेतावनी दिनुभयो ।

    अमेरिकाका लागि युक्रेनका दूत किथ केलगले युक्रेनले अमेरिकी हतियार प्रयोग गरेर रुसमाथि लामो दूरीका आक्रमण गर्न सक्ने सङ्केत दिनुभएको छ ।

    रुसले केही तेल निर्यात पुनःमार्ग निर्धारण गर्न खोजे पनि यसले कठिन लजिस्टिक समस्या भोगिरहेको छ । साथै, यसको कच्चा तेल खरिद गर्न इच्छुक देशहरूको सङ्ख्या सीमित हुँदै गएको छ ।

    सरे क्लिन एनर्जी कन्सल्टेन्सीका निर्देशक आदि इमसिरोभिकका अनुसार मस्कोमाथि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्धहरूले अहिलेसम्म अपेक्षित प्रभाव पार्न सकेका छैनन् । “केही प्रतिबन्ध ढिलो कार्यान्वयन भएकाले राष्ट्रपति भ्लादिमिर पुटिनले समानान्तर व्यापार प्रणाली निर्माण गर्न पर्याप्त समय पाउनुभयो”, उहाँले भन्नुभयो ।

    यसैबीच, वासिङ्टनले भारतका केही उत्पादनमा भन्सार शुल्क दोब्बर बनाउँदा पनि भारतको रूसी तेल खरिदमा खासै कमी आएको छैन । अर्कोतर्फ, पश्चिमी तेल कम्पनीहरू फिर्ता भएपछि रुसमा ऊर्जा पूर्वाधारमा लगानी घट्दै गएको छ, जसले निकट भविष्यमा उत्पादन क्षमतामा बाधा पुर्‍याउने देखिन्छ ।

    फालशााहीका अनुसार हाल रुसले दैनिक करिब ९२ लाख ५० हजार मिलियन ब्यारेल तेल उत्पादन गरिरहेको छ । यो युद्धअघि रहेको लगभग एक करोड ब्यारेल प्रतिदिन (एमबिपिडी) को तुलनामा कम हो । हाल यसको अधिकतम उत्पादन क्षमता ९४ लाख ५० हजार एमबिपिडीमा सीमित छ ।

    बुधबार, असोज २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’
    रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त
    पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
    भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी
    सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते
    फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ५.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    • ६.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    भर्खरै

    • १.
      किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

    • २.
      रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

    • ३.
      पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

    • ४.
      भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

    • ५.
      सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

    • ६.
      फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

    • ७.
      इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

    • ८.
      वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.