• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

नोबेल साहित्य पुरस्कारका लागि स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार


  •   मङ्गलबार, असोज २१, २०८२ मा प्रकाशित
  • स्टकहोम  । यस वर्षको नोबेल साहित्य पुरस्कारका लागि स्विस उत्तरआधुनिकतावादी उपन्यासकार क्रिश्चियन क्राच, अस्ट्रेलियाका जेराल्ड मुर्नाने र एलेक्सिस राइटलाई प्रमुख मनपर्नेका रूपमा हेरिएको विज्ञहरूले स्विडेनी एकेडेमीको बहुप्रतिक्षित बिहीबार हुने घोषणाको पूर्वसन्ध्यामा बताएका छन् ।

    Advertisement

    गत वर्ष दक्षिण कोरियाकी हान काङलाई विजेता घोषित गर्दै एकेडेमीले इतिहास रचेको थियो । उहाँ पुरस्कार प्राप्त गर्ने पहिलो एसियाली महिला बन्नुभएको थियो । यस वर्ष भने विज्ञहरूले सम्भावित विजेता पुरुष हुने र युरोपेली लेखकतर्फ फर्किने अनुमान गरेका छन् ।

    स्वेरिग्स रेडियोकी संस्कृति समालोचक लिना कालमेटेगका अनुसार गत वर्ष गैर–युरोपेली महिलालाई सम्मान गरिएकोले यसपटक एकेडेमीले युरोपेली पुरुष रोज्न सक्छ ।

    क्राचसँगै हङ्गेरीका लास्लो क्रास्नहोरकाई र पिटर नादास तथा रोमानियाका मिर्सिया कार्टारेस्कु पनि सम्भावित नाममा पर्नुभएको छ ।

    ५८ वर्षीय जर्मन भाषाका लेखक क्राचले पप संस्कृति र उपभोक्तावादका विषयमा लेखेका कृतिका कारण साहित्यिक वृत्तमा उच्च सम्मान पाउनुभएको छ ।

    डागेन्स निहेटरका संस्कृति सम्पादक ब्योर्न विमनका अनुसार स्विडिस एकेडेमीका सदस्यहरू उहाँलाई गोथेनबर्ग पुस्तक मेलामा पहिलो पङ्क्तिमा बसेर सुन्दै थिए, जुन सामान्यतया ठोस सङ्केत हो । उहाँले उदाहरणका रूपमा सन् २००४ मा अस्ट्रियाली नाटककार एल्फ्रिडे जेलीनेकले पुरस्कार जित्दा पनि यस्तै भएको उल्लेख गर्नुभयो ।

    – ‘अकल्पनीय’ बाट ‘संभाव्य’ सम्म –

    नोबेल साहित्य पुरस्कार सन् १९०१ देखि प्रदान हुँदै आएको छ । यसमा पश्चिमी पुरुष लेखकहरूको दबदबा रहँदै आएको छ । एक सय २१ विजेतामध्ये १८ जना मात्र महिला छन् र अत्यन्त कम लेखकले एसियाली वा मध्यपूर्वी भाषामा लेखेका छन् । कुनै अफ्रिकी भाषाका लेखकले अझसम्म पुरस्कार पाएका छैनन् ।

    सन् २०१८ को मीटु काण्डपछि एकेडेमीलाई पुनर्गठन गरिएको थियो । त्यसपछि यसले भौगोलिक र भाषिक विविधता बढाउने वाचा गरेको थियो, जसका परिणामस्वरूप पछिल्ला वर्षहरूमा लैङ्गिक सन्तुलन देखिएको छ । सन् २०१८ पछि प्रत्येक अर्को वर्ष महिलालाई विजेता घोषणा गरिएको छ ।

    विमनका अनुसार हान काङजस्ता लेखकहरू केही वर्षअघि अकल्पनीय थिए, तर अब सम्भाव्य बनेका छन् । तर उहाँले यो वर्ष ‘एङ्ग्लो–स्याक्सन, जर्मन वा फ्रान्सेली भाषाका लेखक’ विजेता बन्ने सम्भावना पनि देख्नुभयो ।

    कालमेटेगले भन्नुभयो, “गत वर्ष महिला र गैर–युरोपेली विजेता भएकाले यसपटक ढाँचा उल्टिने सम्भावना छ — अर्थात् युरोपेली पुरुष ।”

    – विचित्र उत्कृष्ट कृति –

    नोबेल समितिको छलफल ५० वर्षसम्म गोप्य राखिने भएकाले सटीक अनुमान गर्न कठिन हुन्छ । यद्यपि, नियमित रूपमा चर्चामा रहने लेखकहरूमा क्यानाडाकी एनी कार्सन, चिलीका राउल जुरिटा, भारतका अमिताव घोष र अर्जेन्टिनाका सेजर आइरा पनि पर्नुभएको छ ।

    पेरुका मारियो वर्गास लोसा सन् २०१० मा अन्तिम दक्षिण अमेरिकी विजेता बन्नुभएको थियो । त्यसपछि उक्त क्षेत्रका लेखकहरू उपेक्षित रहँदै आएका छन् । कालमेटेगले मेक्सिकन लेखिका क्रिस्टिना रिभेरा गार्जालाई पनि सम्भावित नामका रूपमा उल्लेख गर्नुभयो ।

    एकेडेमीले प्रायः विश्वव्यापी रूपमा कम चिनिएका तर साहित्यिक दृष्टिले प्रभावशाली लेखकहरूलाई प्रकाशमा ल्याउने प्रवृत्ति राख्ने भएकाले यस वर्ष अस्ट्रेलियाका जेराल्ड मुर्नाने र आदिवासी मूलकी एलेक्सिस राइट पनि बलिया दाबेदार हुनुहुन्छ ।

    सन् १९३९ मा मेलबर्नमा जन्मिएका मुर्नानेले आफ्ना कृतिहरूलाई ‘मेरो दिमागको सामग्रीमा आधारित साहित्यिक कथा’ भनेर व्याख्या गर्नुहुन्छ । उहाँको पहिलो कृति ‘तामारिस्क रो’ (१९७४) ले पारिवारिक जीवन, धर्म र बाल्यकालीन सङ्घर्षलाई चित्रित गर्छ । उहाँको चर्चित उपन्यास ‘द प्लेन्स’ (१९८२) लाई न्युयोर्कर पत्रिकाले ‘विचित्र उत्कृष्ट कृति’ को रूपमा व्याख्या गरेको छ, जसले ‘पुस्तकभन्दा सपना जस्तो अनुभव गराउँछ’ ।

    “प्रश्न यो हो—उहाँले फोनको जवाफ दिनुहुन्छ कि ? मलाई त थाहा पनि छैन, उहाँसँग फोन छ कि छैन”, स्विडेनको एसभिडीकी साहित्य समालोचक जोसेफिन डे ग्रेगोरियोले मजाकमा भन्नुभयो, “उहाँले कहिल्यै अस्ट्रेलिया छोड्नुभएन, ग्रामीण क्षेत्रमा बस्नुहुन्छ र निकै एकान्तप्रिय हुनुहुन्छ । म चाहन्छु उहाँले जित्नुहोस,  ताकि संसारभरका पाठकहरूले उहाँको अद्भुत लेखन पत्ता लगाउन सकोस् ।”

    सन् २०२५ का नोबेल साहित्य विजेताले १२ लाख डलरको पुरस्कार पाउनेछ । घोषणा बिहीबार दिउँसो १ः०० बजे (११०० जिएमटी) गरिनेछ ।

    मङ्गलबार, असोज २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.