• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

दसैँको दक्षिणालाई सिर्जनात्मक काममा सदुपयोग गर्दै टीकापुरका बालबालिका


  •   मङ्गलबार, असोज २१, २०८२ मा प्रकाशित
  • टीकापुर (कैलाली) । कैलालीका अविन शर्माले यस वर्ष दसैँमा मान्यजनबाट टीका लगाएर दक्षिणा दुई हजार ५० प्राप्त गर्नुभएको छ । कक्षा ७ मा अध्ययनरत उहाँले सो रकमलाई अध्ययनका लागि आवश्यक कापी, कलम, चित्र बनाउन आवश्यक ‘कलर’ र रङ्गीन पेरपर किन्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

    Advertisement

    ‘‘विगतमा दसैँको दक्षिणा मनपरेको खानेकुरा खाने, बचेको रकम खुत्रुकेमा राख्ने गर्दथेँ’’, उहाँले भन्नुभयो, ‘‘यस वर्ष पढाइका लागि आवश्यक सामान किन्छु । अनावश्यक खर्च नगर्ने योजना बनाएको छु ।’’

    किशोरी नेहा उपाध्याय पनि दसैँको दक्षिणा आफूलाई आवश्यक भएको सामान किन्नमा खर्च गर्ने बताउनुहुन्छ । कक्षा ११ मा अध्ययनरत उहाँलाई रकम बचतको महत्वबारे राम्रो ज्ञान छ । ‘‘यो बेला म मात्र होइन मेरो भाइबहिनीको हातमा पनि पैँसा छ, कक्षाकोठामा शिक्षकले दक्षिणा बचतबारे सिकाउनु भएको थियो’’, उहाँले भन्नुभयो, ‘‘मैले घर गएर भाइबहिनीलाई बचत गर्नुपर्छ भनी सिकाएकी छु । यसपटक मसँग पढाइका लागि अत्यावश्यक सामान किन्ने तयारी छ ।’’

    दसैँका समयमा अधिकांश बालबालिकाको हातमा सुकिला नोट हुन्छन् । मान्यजनबाट दक्षिणामा पाएको रकम कतिपय बालबालिकाले अनावश्यक खर्च गर्छन् भने केहीले मात्रै उपयोगी काममा खर्च गरेको देखिन्छ । कक्षा ५ मा अध्ययनरत स्मीता धामीले पनि यस वर्षको दसैँको दक्षिणा चित्रकलाका सामान खरिदमा खर्च गर्ने योजना बनाउनुभएको छ । चार महिनादेखि चित्रकला तथा नृत्य सिकिरहेकी उहाँलाई आवश्यक सामग्री किन्नुपर्छ भन्ने लागेको छ । ‘चित्रकलामा रुची छ, केही समयदेखि सिकिरहेकी छु’’, उहाँले भन्नुभयो, ‘‘बुवाआमालाई आर्थिक भार पार्नुभन्दा यसपटक आफ्नै रकमले किन्छु ।’’

    दसैँमा प्राप्त गरेको दक्षिणा अनावश्यक खर्च गर्ने, वनभोज तथा घुमघाममा खर्च गर्ने चलन छ । यसरी अनावश्यक काममा तथा घुमघाममा खर्च गर्नुभन्दा आवश्यक सामान खरिदमा खर्च गर्दा रकमको सही सदुपयोग हुन्छ ।

    अर्का विद्यार्थी राकेश विकले भने यस वर्ष दसैँको दक्षिणा आमालाई थन्क्याउन दिनुभएको छ । ‘‘तिहार आउँदैछ, तिहारमा बहिनीहरुलाई दक्षिणा दिन काम लाग्छ, आफ्नै रकमले दक्षिणा दिनुपर्ला’’, उहाँले भन्नुभयो, ‘‘विगतमा दक्षिणा दिन आमासँग मागेर दिन्थे, यसपटक आफ्नै रकम आमालाई राखिदिनुस् भनेको छु । त्यही रकम सदुपयोग गर्नेछु ।’’

    हरेक वर्ष बडादसैँलगायत चाडपर्वमा प्रायः सबैजसो विद्यालयमा करिब एक महिना लामो बिदा हुन्छ । कतिपयले घरायसी काम, घुमफिर र रमाइलो काममै बिदा गुजार्ने गर्छन् । शिक्षकहरू भने चाडपर्वको समय अनावश्यक काममा खेर फाल्नुभन्दा सिर्जनात्मक काममा प्रयोग गरेर बिताउँदा राम्रो हुने बताउँछन् । यसका लागि अभिभावकले नै वातावरण बनाइदिनुपर्ने शिक्षक टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले बताउनुभयो । ‘‘एक महिना बिदा सिर्जनात्मक र नयाँ सिकाइका लागि प्रयोग गर्नु उपयुक्त हुन्छ’’, उहाँले भन्नुभयो, ‘‘विद्यालयमा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने समय हो यो । त्यसैले अभिभावकले नै आफ्ना बालबालिकालाई चाडपर्वमा पाएको दक्षिणा राम्रो काममा खर्च, बचत गर्ने बानीको विकास, पैसाको महत्व बुझाउने र सदुपयोग गर्न सिकाउनुपर्छ ।’’

    उहाँ लामो बिदालाई खेर नफाली अभिभावक र बालबालिकाले रमाइलो वातावरणमा व्यावहारिक सीप सिकाउन प्रयोग गर्नुपर्ने सुझाव दिनुहुन्छ ।

    मङ्गलबार, असोज २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.