• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मधेसको जनजीवन प्रभावित


  •   आइतबार, असोज १९, २०८२ मा प्रकाशित
  • धनुषा । धनुषासहित मधेसका प्रायः सबै जिल्लामा शुक्रबार रातिदेखि नै मेघ गर्जनसहित अबिरल पानी परिरहँदा जनजीवन प्रभावित बनेको छ ।

    Advertisement

    दसैँको समयमा निरन्तर मुसलधारे वर्षा भई बाहिर निस्कनै नसक्ने अवस्था आउँदा जनजीवन प्रभावित बनेको हो । भारी वर्षा जारी रहेकाले अत्यावश्यक काम परेका मानिससमेत घर बाहिर निस्कन सकेका छैनन् । मान्यजन कहाँ दसैँको टीका, जमरा ग्रहण गर्न जानुपरे पनि लगातार झरी परिरहँदा घरमै थुनिएका छन् ।

    मधेश प्रदेशको राजधानी जनकपुरधाम निरन्तरको वर्षाले जलमग्न बनेको छ । अविरल वर्षा जारी रहँदा जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश बस्ती, बजार र सरकारी कार्यालय परिसर पानीले डुबानमा परेका छन् । नगर प्रमुख मनोज साहका अनुसार बर्सेनि दोहोरिने समस्या यस वर्ष झन गम्भीर बनेको छ । “पानीको उचित निकास नहुँदा सहरका मुख्य सडकदेखि आवासीय क्षेत्रसम्म डुबान भएको छ, जनताले घरभित्रै पानी जमेको गुनासो गरेका छन्”, उहाँले भन्नुभयो ।

    उहाँले पानी निकासको लागि नगर प्रहरीसहित पालिकाबाट हुने हरेक प्रयास जारी रहेको बताउनुभयो । प्रमुख साहका अनुसार विशेष गरी जनकपुरधामको रामानन्दचोक, जानकी मन्दिर वरपर, राजदेवी मन्दिर रोड, सब्जी बजार, अस्पताल क्षेत्रलगायत स्थानमा पानीको स्तर बढ्दै गएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, हुलाक कार्यालय, राष्ट्रिय समाचार समिति(रासस)को कर्यालय लगायतका सरकारी भवन परिसरमा पानी जमेको छ ।

    मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशका विभिन्न नदीमा जलस्तर बढ्दै गएको जनाउँदै प्रहरी र सशस्त्र बललाई पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री सिंहले मधेश प्रदेश प्रहरी प्रमुखसँग सम्पर्क गरी जोखिम क्षेत्रका बासिन्दालाई तुरुन्तै सुरक्षित स्थानमा सार्न आदेश दिनुभएको हो ।

    “बाढी र डुबानले जनजीवन जोखिममा परेको छ, प्रशासन, सुरक्षा निकाय र स्थानीय तह सबैले समन्वय गरेर तत्काल उद्धार र राहतका उपाय अपनाउनुपर्छ”। मुख्यमन्त्री सिंहले भन्नुभयो । प्रदेश सरकारका अनुसार बागमती नदीमा अहिले करिब पाँच हजार ५०० क्युसेक पानीको बहाव भइरहेको छ । यो खतराको तहभन्दा ५०० क्युसेक बढी हो । बागमती बैराजका सबै ढोका खोलिएका छन् ।

    मुख्यमन्त्री सिंहले भन्नुभयो, “कुलेखानी जलविद्युत् केन्द्रको बाँधका ढोका खोलिँदै गइरहेकाले बागमती नदीमा थप पानी आउन सक्छ, त्यसैले रौतहट र सर्लाहीका तटीय क्षेत्र उच्च सतर्क रहनु अत्यावश्यक छ ।”

    मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार हालसम्म प्रदेशका कुनै पनि जिल्लामा ठूलो मानवीय क्षति भएको छैन । “प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका टोली सतर्क छन्, जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराइरहेका छौँ”, उहाँले भन्नुभयो । प्रहरीका अनुसार बाढी नियन्त्रणका लागि तटबन्ध मर्मत र तत्काल उद्धार कार्यका लागि तयारी भइरहेको छ । स्थानीय प्रशासनले किसानलाई मौसमअनुसार सतर्क रहन अपिल गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय धनुषाले पनि नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । कमला र रातुखोलाको सतह बढ्दै गएकाले कुनै पनि बेला पानीले तटीय क्षेत्र प्रभावित पार्न सक्ने जनाइएको छ । उपमहानगरपालिकाले पनि नागरिकलाई अनावश्यक आवागमन नगर्न, विद्युतिय उपकरण सुरक्षित स्थानमा राख्न र विद्यालयका गतिविधि अस्थायी रूपमा स्थगित गर्न अनुरोध गरेको छ ।

    त्यसैगरी जनकपुरधामबाट छुट्ने सङ्घीय राजधानी काठमाडौँ जाने सवारीसाधन ठप्प भएपछि शनिबार बिहान काठमाडौँ हिँडेका कतिपय मानिस बाटोबाटै फर्किएका छन् । दसैँ मनाएर शनिबार बिहान काठमाडौँ फर्कने गाडी बुक गरे पनि भारी वर्षाका कारण गाडी जानै नसकेको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरका बासिन्दा नवीनराज दाहालले बताउनुभयो । भारी वर्षाका कारण धनुषासहित तराई क्षेत्रबाट काठमाडौँ जाने गाडी ठप्प भएका छन् । लामो दुरीमा चल्ने अन्य गाडी पनि कम मात्रामा चलिरहेका छन् ।

    क्षीरेश्वरनाथ नगरपालिका–९ का वडाध्यक्ष मोदकुमार महतोले प्रत्येक खोलामा ठूलो बाढी आएकाले खोलापर्ने क्षेत्रमा पैदल हिँडेरै जाने अवस्थासमेत नरहेको बताउनुभयो । भारी वर्षाले गर्दा यहाँ बिजुली अनियमित बनेको छ । अधिकांश स्थानमा मोबाइलको नेटवर्कसमेत अवरुद्ध हुँदा टेलिफोन सम्पर्कमै समस्या पैदा भएको स्थानीयले गुनासो गरेका छन् । लगातार पानी परिरहँदा पशुपालक किसानलाई पशुका लागि आहारा जुटाउन समस्या परेको छ । पानी पर्न नरोकिँदा शनिबारदेखि दिनभर जनकपुरधाम, महेन्द्रनगर, ढल्केवर, सबैला, गोदारसहित जिल्लाका हाटबजारका अधिकांश पसल तथा व्यवसाय खुल्न सकेको छैन ।

    प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले बाढी तथा डुबानको समस्या आउनासाथ तत्काल उद्धारको काम गर्न तयार अवस्थामा रहेको बताउनुभयो । आचार्यले करिब ३० घण्टादेखि अबिरल वर्षा भइरहँदा आज बिहान १० बजेसम्म जिल्लामा केही ग्रामीण भेगमा बाढी तथा डुबानको समस्या देखिए पनि अहिलेसम्म कुनै किसिमको मानवीय क्षति नभएको बताउनुभयो ।

    कमला, जलाद, औरही, दूधमती, हर्दिनाथलगायतका खोलामा शनिबार अपरान्हबाट बाढी बढ्न थालेको छ । खोला किनारका स्थानीयलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

    आइतबार, असोज १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.