• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

तथ्यभन्दा अलग दृष्टि र बुझाइबिचको दुरी


  •   आइतबार, असोज १९, २०८२ मा प्रकाशित
  • गणेश आचार्य ##

    Advertisement

    कस्तो विडम्बना ! समाजमा यथार्थ कुरा कमैलाई मन पर्दछ । यथार्थ कुरा गर्दा कति धेरै नकारात्मक बनेको ? सकारात्मक पनि बनौँ भन्छन् तर ऐतिहासिक रूपमा अध्ययन विश्लेषण धेरै कम मान्छेले गर्दछन् । त्यही कारण देशले धेरै हन्डर खाइरहनु परेको छ र नागरिकको निराशा चुलिँदो छ । त्यसैले निरपेक्ष नकारात्मकता देख्नेभन्दा पनि त्यसको वास्तविकतालाई ऐतिहासिक रूपमा बुझ्न जरुरी छ; जस्तो : २०४६ सालको आन्दोलन सम्झौतामा नरोकौँ; सामन्ती पारिवारिक व्यवस्थाको अन्त्य गरौँ; गणतन्त्र स्थापना गरौँ; संविधानसभाबाट संविधान बनाऊँ भनेर नेकपा (मसाल) ले भन्दा त्यो कसैलाई मन परेन ।

    गणेशमान सिंहले समुद्रमा पानी छ भन्दैमा लोटामा पाएको बेला गाग्रोमा ल्याउन खोज्नुहुँदैन । मसालले गाग्रोमा ल्याउन भन्यो भने । गाग्रोमा ल्याउने सही थियोे कि लोटामा ? त्यो बुझ्नको लागि त्यसयताका घटना पनि बुझौँ ।

    यदि २०४६ सालकै आन्दोलनबाट गणतन्त्र स्थापना भएको र संविधानसभा निर्वाचन भएको भए १० वर्षसम्म देशले युद्धको सामना गर्नुपर्थेन कि ! मदन भण्डारीको रहस्यमय दुर्घटना र रहस्यमय राजदरबार हत्याकाण्ड पनि हुन्थेन कि ! करिब १७ हजार मान्छेको मृत्यु, हजारौँ घाइते, हजारौँ अपाङ्ग, हजारौँ टुहुरा र हजारौँको पारिवारिक विध्वंस पनि हुने थिएन कि ! खर्बौंखरबको भौतिक संरचनाको नोक्सानी हुन्थेन कि ? दश वर्षसम्मको विकासको बजेट हतियार खरिदमा लगानी गर्नुपर्थेन कि ! सम्भवत: विकासको गति धेरै अगाडि पुगेको हुनेथियो । संयुक्त राष्ट्र सङ्घ नेपाल आएर हाम्रा कमजोरी पहिचान गर्न पाउने थिएन ।

    त्यसैगरी मसालले २०४८ सालमा संसदीय चुनाव नगरेर संविधानसभा चुनाव गर्ने कुरा गर्‍यो । त्यति मात्र हैन, संविधानसभा चुनावको प्रचार गर्दै संसदीय चुनाव बहिष्कार गर्‍यो । त्यही बेला माओवादीले संविधानसभा चुनावको नारालाई दक्षिणपन्थी भनेर संसदीय चुनावमा भाग लियो तर पछि उसले जनयुद्ध घोषणा गर्‍यो । मसालले भन्यो– अहिलेको राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा यो जनयुद्धले नयाँ जनवाद, समाजवाद ल्याउने वा आमूल परिवर्तन गर्ने हैन । केही नेताका सत्ता महत्त्वाकाङ्क्षासम्म पूरा गर्न सक्छ । मसालले भनेझैँ केही मान्छेका सत्ता महत्त्वाकाङ्क्षा पूरा गर्नेभन्दा केही हुन सकेन ।

    २०४७ सालको संविधान बनेपछि मसालले बारम्बार प्रजातन्त्र सङ्कटमा छ; संविधानले राजालाई स्पेस दिएको छ; त्यसैले प्रजातन्त्र पक्षधर दलमा भएको भ्रष्ट चरित्र हटाउँदै संविधान संशोधन गरेर राजालाई दिएको स्पेस हटाउनुपर्दछ भन्दा कसैले स्वीकार गरेनन । १२ कोस टाढा दाह्रानङ्ग्रा फुकालेर फलामको खोरमा थुनेको बाघको खतरा छ भन्यो मसालले भनियो तर जब २०५९ असोज १८ गते र २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले शाही घोषणा गरेर आफ्नै नेतृत्वमा सरकार बनाए, बल्ल सबैका चेतकान खुले ।

    २०६२–६३ सालको आन्दोलनपछि बनेको अंतरिम संविधानमा सङ्घीयता थिएन तर जब मधेसमा आगो बाल्ने काम भयो, त्यही बेला भारत र युरोपियन युनियनको प्रेसरमा अन्तरिम संविधान संशोधन गरेर सङ्घीयता घुसाइयो । त्यही बेलादेखि मसाल र मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाले सडकदेखि सदनसम्म बारम्बार सङ्घीयता खारेज गर्न माग गरिरह्यो । त्यो कुरा कसैले स्वीकार गरेन । आज बल्ल यो सही रहेछ भन्ने सबैको चेतकान खुलेको छ तर अहिले न फिर्ता हुन सजिलो छ, न बचाउन सक्ने अवस्था छ ।

    २०१५ सालको निर्वाचनपछि सरकारमा सामेल दलले जनघात, भ्रष्टाचार र राष्ट्रघात गरिरहे । मसालले त्यसको लगातार विरोध र भण्डारफोर गर्‍यो । पछिल्लो समय बहुदल र गणतन्त्र स्थापनापछि पनि सिंहदरबारभित्रै बसेर सुनतस्करी, नेपालीलाई भुटानी बनाई अमेरिकामा विक्री, भिजिट भिसाकाण्ड, गिरीबन्धु काण्ड, ललितानिवास काण्डलगायत हजारौँ अपराध गरे । २०७९ सालको निर्वाचनपछि काङ्ग्रेस, एमाले, माओवादी र रास्वपाले सरकार र मन्त्री पाउनका लागि सबै राजनीति नैतिकता बेच्न तयार भए तर नागरिकका भावना र देशको विकासमा कुनै गम्भीरता भएन ।

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बारम्बार खबरदारी गर्नुभयो, तिमीहरू आफ्नो पदको लागि जे पनि गर्न सक्ने, नैतिकता केही बाँकी नराख्ने, सरकारी पदको दुरुपयोग गरेर यस्तै नैतिकताहीन काम गर्ने, विभिन्न काण्ड मच्चाउने र देश र जनतामाथि अपराध गर्ने हो भने नेपालमा पनि बङ्गलादेशमा जस्तै नेताहरू लखेटिने दिन आउँछ भनेर खबरदारी गरिरहनुभयो तर त्यो कसैले सुनेन । अहिले देशको पहिचान नै मेटिने गरी विध्वंस भएपछि सबैका चेतकान खुलेका छन् ।

    यिनै कुराबाट क्लियर हुन्छ, मसाल र राष्ट्रिय जनमोर्चाको कुरा नकारात्मक हो कि तथ्यपरक ? केवल रूप पक्षलाई हेरेर टिप्पणी हैन, त्यसको सारलाइ पनि बुझ्यो भने मात्र हामी यथार्थको पहिचान गर्न सक्छौ । केवल सत्ता र व्यक्तिगत स्वार्थलाइ केन्द्रमा राख्नेले कहिले यथार्थ कुरा गर्दैनन् । यदि देशको सार्वभौमसत्ताको रक्षा, राजनैतिक नैतिकताको स्थापना र देशको समृद्धि हासिल गर्ने हो भने नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाको कुरालाई सबैले आत्मसात गर्न जरुरी छ ।

    आइतबार, असोज १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.