• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

यस्तो छ भक्तपुरमा अविरल वर्षाको असर


  •   आइतबार, असोज १९, २०८२ मा प्रकाशित
  • भादगाउँ । गत शुक्रबारदेखि परेको अविरल वर्षाले भक्तपुरको जनजीवन आंशिक प्रभावित बन्न पुगेको छ । जिल्लाको विभिन्न स्थानमा पहिरो जानुका साथै सडक अवरुद्ध भएका छन् भने डुबानसमेत भएको छ ।

    Advertisement

    वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक साँगा सडकखण्डमा पहिराले बाटो अवरुद्ध भएको छ । शनिबार गएको पहिरो पन्छाइ सडक खुलाउने प्रयास भइरहेको छ । सूर्यविनयक–७ किवा चोक गुण्डुस्थित महादेव मन्दिर नजिकै रहेको सडकखण्ड वर्षाका कारणले पहिरो गएपश्चात् गुण्डु किवाचोक हँुदै नयाँ थिमि चल्ने यातायात पूर्ण रूपमा बन्द भएको छ ।

    यसैगरी भक्तपुर नगरपालिकाको जगाती र राममन्दिर स्थित टुरिजम मार्केट क्षेत्रमा हनुमन्ते खोलाले आसपासका क्षेत्रमा डुबान समेत भएको छ । वर्षाले भक्तपुरमा सबैभन्दा बढी क्षति चाँगुनारायण नगरपालिकाभित्र गरेको छ । चाँगुनारायण–६, कमलविनायक–खरिपाटी–नगरकोट सडकखण्डमा मुहान पोखरी, तेलकोट, बास्तोला गाउँलगायतको ठाउँहरुमा सडकको भित्ताहरुमा स–साना पहिरो खसेको र बास्तोला गाउँको पहिरो स्काभेटरको सहायतले पन्छाएर सडक खुलाइएको छ ।

    यस्तै चाँगुनारायण –९ र सूर्यविनायक–१० को सिमानामा पर्ने च्याम्हासिंह–ताथली–नाला सडक खण्डमा पनि नाला गुम्बामुनि सडकको भित्ताहरुमा स–साना पहिरो खसेको छ, तर सडक भने अवरुद्ध नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    चाँगुनारायण–८ चरेली, विन्दवासिनीस्थित कमलविनायकदेखि कलमसी जाने मुख्य सडकमा शनिबार साँझ ५ः०० बजे पहिरो गएको छ ।

    यातायात सेवा भने एकतर्फी सञ्चालनमा रहेको जनाइएको छ ।

    चाँगुनारायण –६ बास्तोला गाउँमा रहेकोको सुमन बास्तोलाको घर अगाडि पहिरो गएकोमा नगरपालिकाले त्रिपाल र प्लास्टिक ओढाएर जोखिम न्यूनीकरण गरेको जनाइएको छ ।

    चाँगुनारायण–७, बागेश्वरीस्थित हेल्थपोष्ट नजिकको सडकको छेउपट्टी भाग भाँसिएकोले प्लास्टिक राखेर जोखिम न्यूनीकरण गरिएको छ ।

    चाँगुनारायण–६, तेलकोटमा रहेकोको कमला लामिछानेकोको घर अगाडि पहिरो गएको छ, तर क्षति भने भएको छैन ।

    चाँगुनारायण –१, चाँगुनारायण माविबाट नेक कलेज हुँदै मूलपानी निस्कने ढलान सडकको छेउ भागमा प्वाल परेकोले वैकल्पिक मार्गको रुपमा खड्का डिल हुँदै बेसिबाट नेक कलेज मूलपानी जान सकिने व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।

    चाँगुनारायण ७ र ८ वडा हुँदै बग्ने घट्टे खोला र मूल साँघुखोलाको बहावले गर्दा यसको आसपासमा रहेका धान बालीहरु डुबानमा परेको छ ।

    अविरल वर्षाले मध्यपुर थिमि नगरपालिकाको वडा नंं ४, ३ र १ भएर बग्ने हनुमन्ते खोलाले खोला किनारको तरकारी, धानबाली डुबानमा पारेको छ भने केही घर टहराका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

    बाढी बढी जोखिम रहेको मध्यपुर थिमिका लोहकिन्थलीस्थित सुकुम्बासी बस्ती, राधेराधे, कौशलटार सागबारीको अवस्था सामान्य छ । वर्षाले प्रसिद्ध धार्मिकस्थल नीलबाराही मन्दिर आसपास भरिएका माटो सामान्य बगाए पनि मुख्य मन्दिरलाई केही असर नगरेको प्रशासनले जनाएको छ ।

    आइतबार, असोज १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.