फिदिम । तमोर कोरिडोरअन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छभने अन्य छ जना गम्भीर घाइते भएका छन् ।
Advertisement
ताप्लेजुङबाट धरानर्फ गइरहेको मे१ ज३०५५ नम्बरको जिप असोज १८ गते दिउँसो दुर्घटना हुँदा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रूपेश तामाङले बताउनुभयो ।
सबै घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घाइतेको उद्धार गरेका थिए ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । (रासस)