काठमाडौँ । खराब मौसम र बाटोको अवस्था मध्यनजर गरेर ट्राफिक प्रहरीले नागढुङ्गा चेकपोस्टबाट बाहिरिन लागेका २५० सवारी साधनलाई काठमाडौँतर्फ नै फर्काएको छ ।
Advertisement
धादिङमा पहिरो खसेको तथा तत्काल खुलाउन सक्ने अवस्था नरहेकाले २५० भन्दा बढी सवारी साधनलाई काठमाडौँ फर्काइएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले मिडियालाई सो जानकारी दिनुभएको हो ।
शनिबार बिहानदेखि नै नागढुङ्गा–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै ट्राफिक प्रहरीले माइकिङ गरिरहेको उहाँले बताउनुभयो ।