• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

जेनजी आन्दोलन, चुनौती र आगामी रोडम्याप


  •   बिहिबार, असोज १६, २०८२ मा प्रकाशित
  • रवि पौडेल ##

    Advertisement

    २०८२ भदौ २३ र २४ गते जेनजी पुस्ताले आन्दोलन गरे । १३ वर्षदेखि २८ वर्षभित्रको पुस्तालाई जेनजी पुस्ता भनिन्छ । जेनजी आन्दोलन अकस्मात किन भयो ? श्रीलङ्कापछि नेपालमा यसको आगो कसरी र किन सल्कियो ?

    नेपालमा पटक पटक सत्ता परिवर्तन हुने देश जनता र राष्ट्रको पक्षमा काम कम हुने, महँगी, भ्रष्टाचार व्याप्त हुने, स्वास्थ्य, शिक्षा र रोजगारको व्यवस्था गर्नेभन्दा पनि जो सरकारमा गए पनि भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउने र आफ्नो परिवारवाद वा नातावादमा सीमित हुने राज्यसत्ताप्रति जनताको अषन्तोष बढ्दै गएपछि जेनजी आन्दोलनको उदय भएको हुनुपर्छ । अर्कोतर्फ, पर्दापछाडिबाट जेनजी आन्दोलनको नाममा साम्राज्यवादी र त्यसका दलालले फाइदा उठाउन योजना बनाएको हुने अनुमान पनि गर्न सकिन्छ किनकि पछिल्लो समयमा नेपालको राजनीतिक अस्थिरताको फाइदा उठाउँदै विभिन्न साम्राज्यवादी शक्ति हाबी भएको हुन सक्छ । पछाडिबाट आन्दोलन उक्साउने र कसैको गोटी बनी दलाल नै सक्रिय भएको पनि हुन सक्छ ।

    भदौ २३ गतेको आन्दोलन शान्तिपूर्ण थियो । जेनजी पुस्ताले गरेको आन्दोलन सही थियो तर सरकारले जुन दमनकारी नीति अपनायो, त्यसबाट १९ जनाको मृत्यु भयो । घाइते र आगजनीबाट मृत्यु हुनेको सङ्ख्या बढेर ७४ पुग्यो । आन्दोलन दुखदपूर्ण भयो । आन्दोलनमा घुसपैठ भयो । जेनजी प्रतिनिधिभन्दा पनि बिचमा पानी बाँड्ने र उपचार सहयोग गर्ने भन्ने नाममा आएका कतिपय एनजिओ सञ्चालन गरेका व्यक्ति हाबी भए । रातारात उमेर पुगेका व्यक्ति जेनजीको नाममा नेता बने । आन्दोलन हाइज्याक गरी जेनजीको हिरो बन्न कतिपय व्यक्ति सफल पनि भए ।
    पहिलो दिन शान्तिपूर्ण र दोस्रो दिनको विध्वंसकारी आन्दोलनपछि देशमा नेपाली सेनाले कफ्र्यु लगायो । पहिला गठबन्धन सरकार गृहमन्त्रीले राजीनामा दिए, पछि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिए । नेताहरू भागाभागको स्थिति सिर्जना भयो ।

    तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामापछि उत्पन्न परिस्थितिमा राष्ट्रपतिले देशवासीको नाममा सम्बोधन गर्नुपर्ने थियो तर नेपाली सेना सक्रिय देखियो र सेनापतिले सम्बोधन गरे । यो गलत भएको थियो ।

    अहिलेसम्मका आन्दोलनमध्ये दुर्गा प्रसाईंको राजावादी आन्दोलन र जेनजीको आन्दोलन उग्र देखियो यद्यपि जेनजीले शान्तिपूर्ण आन्दोलन गरेको तर आन्दोलनमा विभिन्न पार्टीको घुसपैठ भएको आरोप लगाएका छन् । प्रहरीमाथि आक्रमण गर्नु, हतियार लुट्नु, पोसाक खोस्नु, नाङ्गै बनाउनु र दौडाइदौडाइ मार्नु, प्रहरी कार्यलय तोडफोड र आगजनी गर्नु, १२ सय हतियार र ९८ हजार गोली लुटिनु प्रहरीको मनोबल गिराउने खालका गतिविधि आन्दोलनमा देखिए ।

    संविधानले व्यक्तिगत सम्पत्ति वा राज्यको सम्पत्तिको रक्षा गर्ने काम नेपाली सेना र नेपाल प्रहरी प्रशासनको हुन्छ भन्ने मान्यता राख्दछ तर सेनाको आँखैअगाडि नेपालको इतिहास बोकेका सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन र राष्ट्रपति भवनमा दनदनी आगो सल्किँदा, भवन खरानीमा परिणत हुँदा पनि सेना मूकदर्शक बन्नु सेनाको कार्यमाथि प्रश्नचिह्न लागेको छ । व्यापारीको पसल लुट्नु, तोडफोड गर्नु, आगजनी गर्नु गलत देखिन्छ । यसबाट इतिहास मेटाउने गरी षड्यन्त्र गरेको सजिलै अनुमान गर्न सकिन्छ ।

    गलत शासनका लागि सत्ताधारी नेतालाई कारबाही गर्नु सही थियो तर भौतिक संरचना जलाउने काम न्यायपूर्ण थिएन बरु सम्पत्ति जफत गरी राष्ट्रियकरण गर्नु उचित हुन्थ्यो । अनाहकमा स्वच्छ नीति वा छवि भएका पार्टीका पार्टी कार्यलय तोडफोड गर्नु, जलाउनुलाई सही मान्न सकिँदैन । लखन थापा, पुष्पलाललगायत ऐतिहासिक शालिक भत्काउनु सही थिएन । यस्ता घटनाले जेनजी आन्दोलनलाई घृणित बनाएको छ ।

    सिंहदरबार जलिरहँदा काठमाडौँ महानगरपालिका र सेनाले आगो निभाउने प्रयत्न नगर्नु षड्यन्त्र हो कि भन्ने आधार देखिन्छ । राजपरिवारको नरसंहार सेनाको सुरक्षाघेराबिच भएको घटना सम्झिँदा यहाँ पनि षड्यन्त्र भएको हुन सक्ने सम्भावनालाई अस्वीकार गर्न नसक्ने स्थिति देखिन्छ ।

    आन्दोलनको निहुँमा कारागार तोड्नु, जलाउनु र अपराधी भगाउनु कानुनसम्मत कुरा होइन् । आरोपी वा मुद्दा खेपेका हत्यारा भाग्दा वा छुट्दा फूलमाला लगाउने प्रवृत्ति सही हुन सक्दैन । आरोपीलाई प्रधानमन्त्री वा गृहमन्त्री वा कुनै पदभार दिने काम गलत हो । जनताबाट यस्तो माग गरिनु दुर्भाग्यपूर्ण कुरा हो ।

    सङ्घीयताको प्रदेश खारेज हुनुपर्छ तर संविधान खारेजी भन्ने गलत धारणा ल्याउनु हुँदैन । अन्तरिम सरकार गठन गर्दा संसद्बाटै समाधान खोजिनुपथ्र्याे । जेनजीले माग पूरा गर्ने नाममा संसद् विघटन गरियो । त्यो गलत थियो । संसद्बाटै संविधान संशोधन गरेर जेनजीको टोली मन्त्रिमण्डलमा घुसाउन सक्नुपर्ने थियो तर त्यसो हुन सकेन । यो विषयमा जेनजी पुस्ताले सेनासँग होइन, राष्टपतिसँग बार्गेनिङ गर्नुपर्ने थियो ।

    जेनजी आन्दोलनमा ठुलो क्षति र लुटपाटमा भएको छ । विध्वंसकारीलाई कारबाही नगर्ने र छानबिन आयोगको प्रतिवेदन पर्खने अहिलेको गृहमन्त्रालयको वक्तव्य खेदजनक छ । लुटपाट आगजनीमा संलग्न व्यक्तिलाई तुरुन्तै कारबाही चलाउनुपथ्र्याे तर त्यो हुन सकेन । यसले त्रासको वातावरण सिर्जना गरेको छ ।

    जेनजीको भ्रष्टाचार, अनियमिता, बेथिती र सामाजिक सञ्जालप्रतिको प्रतिबन्ध विरुद्ध आन्दोलन थियो । तोडफोड, लुटपाट र आगजनी जेनजीको काम नभएको भन्ने सन्दर्भमा उच्चस्तरीय आयोग गठन गरी निष्पक्ष छानबिन गरी दोषीउपर कारबाही गरिनुपर्छ ।

    अब देशले धेरै चुनौतीको सामना गर्नुपर्नेछ । राष्ट्रियता गम्भीर सङ्कटमा छ । जनताको जिउधनको सुरक्षा कमजोर हुँदै गइरहेको छ । युरोपियन युनियन र साम्राज्यवादी राष्ट्रले नेपालमाथि आँखा गाडिरहेका छन् । जेनजी आन्दोलन र त्यसपछि बनेको सरकारले पनि न्यायोचित काम गर्न सक्ने छैन । देशमा यस्तो गम्भीर सङ्कट पैदा भएको छ । यस्तो अवस्थामा भोलिको रोडम्याप कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल हुनु जरुरी छ ।

    देश आर्थिक र राजनीतिक रूपमा फेल हुँदै गइरहेको सन्दर्भमा अहिलेको आवश्यकता क्रान्तिकारी कम्युनिस्टको नेतृत्वमा सहकार्य नै देखिन्छ । संविधान, गणतन्त्र, धर्मनिरपेक्षता, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा उभिने शक्तिसँग तत्काल कार्यगत एकता गरी देशको जटिल समस्या समाधान गर्दै साम्राज्यवादी शक्तिलाइ परास्त गर्नुपर्छ ।

    बिहिबार, असोज १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.