काठमाडौँ । बाजुराका कृष्णबहादुर विक विभिन्न सपना बोकेर भदौ ८ गते दुबई गएका थिए । कम्पनीमा महिनाको १ हजार २ सय दिराम पारिश्रमिक पाउने भन्दै उनलाई काठमाडौँको प्याराडाइज म्यानपावरले दुबई पठाएको थियो । तर, दुबई पुगेपछि नेपालमा सम्झौता गरिएअनुसारको काम र पारिश्रमिक नदिइएको कृष्णको भनाई छ ।
दुबईको तातोमा सडक निमार्णको काममा खटाइपछि विक काम गर्दागर्दै सडकमा ढलेको पिडा कृष्णले सुनाउँछन् । कृष्णका अनुसार ९ दिनसम्म उपचार भएपछि स्वास्थ्यमा केही सुधार भए पछि स्वास्थ्यले साथ नदिएको तथा भनिएअनुसार काम र पारिश्रमिक नपाइएको भन्दै उनले घर फर्काइदिन कम्पनीसँग आग्रह गरेका थिए । कम्पनीले उनको पासपोर्ट कब्जामा लिएर रातको समयमा सडकमा ल्याएर छोडिदिपछि नेपाली दूताबासको शरणमा जानुको विकल्प विकसँग बाँकी थिएन। जसरी हुन्छ, स्वदेश फर्काइदिन उनले दूताबासलाई आग्रह गरे तर, आज, भोलि भन्दै दूताबासका कर्मचारीले अल्मल्याइरहेको कृष्णको आरोप छ । खाना पनि खान नपाइ ९ दिनसम्म सडकमा बास बस्नुपरेको आविती विकले सुनाए ।
पछिल्लो पटक भदौ ३१ गते अबुधबीस्थित दूताबास पुग्दा दुबई प्रहरी बोलाएर हत्कडी लगाइ आफूसहित २ जनालाई दूताबासका कर्मचारीले पक्राउ गर्न लगाएको विकले बताए । दूताबासका कन्सुलर रञ्जिता दाहाल र इरफान नाम गरेका कर्मचारीले हत्कडी लगाउन लगाइ प्रहरीको जिम्मा लगाएको विकले बताए ।
तीन दिन जेल बसेपछि विकलाई सहयोगी केही नेपालीले स्वदेश फर्किन टिकट र कागजपत्र बनाइदिन सहयोग गरेको विकले बताए । दूताबासमा शरण माग्न आएका श्रमिकलाई हत्कडीसहित प्रहरीको जिम्मा लगाएकोमा नेपाली राजदूत तेजबहादुर क्षेत्रीले अनविज्ञता जनाए । उक्त घटनाबारे आफूले दूताबासका कर्मचारीसँग सोधपुछ गर्ने राजदूत क्षेत्रीले बताए ।
दूतावासले दियो स्पष्टीकरण
