खिमराज चालिसे,
Advertisement
जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतको पंजाब राज्यको जालन्धरमा दुबै मृगौला फेल रिना नेपालीलाई आर्थिक सहयोग गरेको छ।
प्युठान जिल्लाको प्यूठान नगर पालिका वार्ड न ८ खप्रेङखोला बाहुन डाडा घर निवासी रिना नेपालीको दुबै मृगौला फेल भएको हुँदा मूल प्रवाह जालन्धरले रु १६००० उपचारार्थ सहयोग गरेको हो ।
मूल प्रवाह केन्द्रीय सचिव कुलबहादुर बगाले नेतृत्वमा नगर सदस्यहरु इन्दिरा कुवर, लक्ष्मी थापा, सुरज केसी र लक्ष्मण खड्कासहितको टिमले रिना नेपालीका श्रीमान राजु नेपालीलाई अस्पतालमा भेटेर नगद १६००० रकम हस्तान्तरण गरेको थियो ।

