• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

चीनको पानी नियन्त्रण योजनाविरुद्ध भारतको मेगा–बाँध योजना


  •   मङ्गलबार, असोज १४, २०८२ मा प्रकाशित
  • रिउ (भारत) । कुहिरोले ढाकिएका हिमालपाखामा भारतले प्रस्ताव गरेको मेगा–बाँध परियोजनाले चीनसँगको पानी प्रतिस्पर्धामा नयाँ अध्याय थपेको छ ।

    Advertisement

    तिब्बतको माथिल्लो भागमा चीनले बनाइरहेको कीर्तिमानी जलविद्युत् परियोजनाको सम्भावित जोखिम रोक्न भारतले बाँध निर्माण गर्न लागेको हो । तर बाँध निर्माणको सम्भावित साइटमा रहेका आदिवासीहरूका लागि भने यो परियोजना विनाशको सङ्केत बनेको छ ।

    “हामी अन्तिम समयसम्म लड्नेछौँ”, विषमा डुबाइएको बाणसहित धनुष उठाउँदै रिउ गाउँका बासिन्दा तापिर जामोहले भन्नुभयो, “हामी यो बाँध बन्न दिनेछैनौँ ।”

    भारतको उत्तरी कुनामा रहेको रिउ क्षेत्र तिब्बत र म्यान्मासँग जोडिएको छ । प्रस्तावित योजनाअनुसार अरुणाचल प्रदेशमा २८० मिटर अग्लो बाँध निर्माण गरी ४० लाख ओलम्पिक आकारका पौडी पोखरी बराबरको विशाल जलाशय बनाउन सकिनेछ ।

    यसबीच चीनले सियाङ (तिब्बतमा यार्लुङ साङ्पो) नदीमा एक खर्ब ६७ अर्ब डलरको याक्सिया परियोजना अघि बढाइरहेको छ । यसमा पाँच जलविद्युत् स्टेशन रहनेछन् जसले विश्वकै सबैभन्दा ठूलो थ्री गोर्जेस बाँधभन्दा तीन गुणा बढी विद्युत् उत्पादन गर्ने अनुमान गरिएको छ । बेइजिङले यसले तल्लो क्षेत्रमा कुनै नकारात्मक असर नपार्ने दाबी गरे पनि भारतमा चिन्ताको लहर छ ।

    चीनले बाँधलाई हतियारको रूपमा प्रयोग गरी तल्लो क्षेत्रमा खडेरी वा ‘पानी बम’ जस्तै बाढी ल्याउन सक्छ भन्ने डर भारतलाई छ । चीनले भने यसलाई आधारहीन प्रचार भन्दै खारेज गरेको छ ।

    अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खान्डुले चीनको परियोजनाविरुद्ध सुरक्षात्मक कदम आवश्यक रहेको बताउनुभयो । भारतले बनाउन लागेको बाँधले ११ हजार दुई सयदेखि ११ हजार छ सय मेगावाट जलविद्युत् उत्पादन गर्नेछ । यसले देशको सबैभन्दा शक्तिशाली बाँधका रूपमा मान्यता पाउनेछ । तर भारतीय अधिकारीहरूको भनाइमा यसको मुख्य उद्देश्य बिजुली उत्पादनभन्दा पनि पानी नियन्त्रण र सुरक्षा हो ।

    यस योजनाले भारी वर्षामा अतिरिक्त पानी अवशोषित गर्ने र चीनले अचानक पानी छोडेमा जोखिम कम गर्ने उद्देश्य राखेको छ । भारतका पूर्व राजदूत अशोक के. कान्थाले चीनको योजनालाई ‘लापरवाह’ भन्दै भारतको बाँधलाई ‘रक्षात्मक उपाय’ का रूपमा चित्रण गर्नुभयो ।

    यस परियोजनाले स्थानीय आदिवासीहरूको जीवन र संस्कृतिलाई ठूलो चुनौती दिएको छ । सियाङ नदीलाई पवित्र मान्ने आदि समुदायका बासिन्दाले आफ्नो अस्तित्व नै खतरा भएको महसुस गरेका छन् ।

    “यदि नदीमा बाँध बनाइयो भने हाम्रो अस्तित्व समाप्त हुनेछ”, ६९ वर्षीय जामोहले भन्नुभयो, “हामी सियाङका सन्तान हौँ ।”

    मे महिनामा आदिवासीहरूले परियोजनाको सर्वेक्षण रोक्न विरोध गर्दा सरकारी मेसिनरी जलाइएका थिए । अहिले पनि गाउँहरूमा आन्दोलन जारी छ । हजारौँ आदिवासीले परम्परागत अदालत शैलीको बैठकमा भेला भई परियोजनाविरुद्ध आवाज उठाइरहेका छन् ।

    “यदि उनीहरूले यो ठूलो बाँध बनाए भने आदि समुदाय विश्वको नक्साबाटै हराउनेछ”, यिङकिओङका स्थानीय लिकेङ लिबाङले भन्नुभयो, “हामी पूर्ण रूपमा विस्थापित हुनेछौँ ।”

    विशेषज्ञहरूले यो परियोजना भूकम्प जोखिमयुक्त क्षेत्रमा भएकाले थप खतरा निम्त्याउने चेतावनी दिएका छन् । तर भारतको बाँध निर्माण अभियानलाई रोक्ने सम्भावना न्यून छ ।

    जामोहल भन्नुभयो, “यदि यो बाँध बन्ने नै हो भने, त्यस दिन आउनुअघि नै मेरो मृत्यु होस् भन्ने मेरो कामना छ ।”

    मङ्गलबार, असोज १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.