• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बारबरा फाउण्डेशनमा को को छन ?


  •   सोमबार, असोज १३, २०८२ मा प्रकाशित
  • धनविर पुनमगर ##

    Advertisement

    काठमाडौँ । यतिवेला नेपालभरी नै बारबरा फाउण्डेशनको चर्चा निकै ठूलो छ तर त्यसबार विस्तृत जानकारी भने अत्यन्तै थोरै मानिसहरूलाई होला ।

    संक्षिप्तमा चर्चा गर्नुपर्दा बारबार एडम्स नाम गरेकी एक जना अमेरिकी महिला थिइन् । उनी न्यूयोर्कमा जन्मेकी र वासिङ्टनमा हुर्केकी थिइन् । बारबरा नेपालमा पञ्चायतकालमा सन् १९६१ मा आएकी थिइन् । बेलायती महारानी भिक्टोरियाको नेपाल भ्रमणको समाचार लेख्न भनेर नेपाल आएकी थिइन् तर आजीवन बसिन् ।

    इतिहासकार र उनलाई नजिकबाट चिन्ने व्यक्तित्वहरूले भन्ने गर्दछन्, राजा महेन्द्रका भाइ बसुन्धरासँगको तत्कालीन रोयल होटलको याक एण्ड यती बारमा भेट र हिमचिमले उनलाई नेपालको सत्तासीनको नजिक बनाएको थियो । इतिहासकारहरूका अनुसार उनलाई दुईपटक देशनिकाला गरिएको थियो । एकपटक रानी ऐश्वर्यले पनि उनलाई देशनिकाला गरेकी थिइन् भने अर्कोपटक सन् २००० मा गिरिजाप्रसाद कोइरालाले देश निकाले गरेका थिए, जुन समाचार नेपाली टाइम्सको सन् २००६ अक्टोबर अन्तिम हप्ताको संस्करण र सन् २०१० जुलाईको इसीएस म्यागजिनमा लेखिएका छन् ।

    राजनीतिक मुद्दामा मुखर हुने, शक्ति केन्द्रसँग बाक्लो उठबस गर्नेगर्नाले धेरैले बारबरामाथि शंकाको दृष्टिले हेर्ने गरेका थिए । उनी आजीवन नेपाल बसेता पनि उनले अमेरिकी नागरिकता भने नत्यागेको सन् २०१६ अप्रिल २३ मा वासिङ्टन पोस्टको सामग्रीमा उल्लेख गरिएको छ । तर नेपालमा गणतन्त्र आएपछि भने उनले मानार्थ नेपाली नागरिकता पाएकी थिइन् ।

    बारबराका पिता अमेरिकी जासुस थिए भनिन्छ, तर नेपालमा वा अन्य देशमा उनको पिताका बारेमा पुख्ता प्रमाणहरू भने भटिएका छैनन् । त्यस आधारमा पनि बारबरा एडम्सलाई नेपालमा शंकाको दृष्टिले हेर्ने गरेको पनि कतिपयको भनाई छ ।

    बारबरा फाउण्डेशन के हो ?

    बारबरा फाउण्डेशन उनै बारबरा एडम्बसले खोलेको गैर–नाफामूलक/सामाजिक संस्था हो । भनाई अनुसार बारबरा फाउण्डेशन नेपालमा रहेको गैर–नाफामूलक/सामाजिक संस्था हो । उसका दस्तावेजहरूमा विशेष गरी पत्रकारिता, गाउँ समितिका विकास, सुशासन र आम मानिसको आवाज उठाउने काम गर्ने भनेर उल्लेख गरिएको छ । यसको पृष्ठभूमि, उद्देश्य, काम र सामयिक विषयहरूलाई हेर्दा उत्कृष्ट लाग्छ ।

    बारबरा एडम्बस

    बारबरा एडम्बस

    जस्तै उसले उठाएका विषयहरू छन्‌ः ग्रामिण समुदायहरूमा परिवर्तन, पिछडिएका/दलित/आदिवासी समुदायहरूको उत्थान, युवाहरूको सहयोगी बन्ने, खोजमूलक पत्रकारिता, सुशासन र पारदर्शिता, सामाजिक चेतना जगाउने लगायतका विभिन्न कार्यक्रमहरू छन् । तर यो संस्थाले विभिन्न बहानामा नेपाली समाजलाई आफ्‌नो कित्तामा पार्दै नेपालको राजनीति माथि नै आफ्‌नो बलियो पक्कड बनाउने कोशिस गरेको बुझिन्छ । यतिवेला यस संस्थामा विभिन्न राजनीति पार्टीका नेता, पत्रकार, उद्यमी लगायतका व्यक्तिहरू आवद्ध छन् ।

    को को छन् बारबरा फाउण्डेशनमा ?

    फाउण्डेशनको कार्यकारी समितिमा

    अध्यक्ष- डा. सन्दुक रुइत : एक प्रसिद्ध नेत्र चिकित्सक (eye surgeon)। गरीब मानिसहरूको दृष्टि सुधार गर्ने काममा विशेष योगदान; क्याटर्याक्ट सर्जरी सुविधा पुर्‍याउने; दीन-दीहात क्षेत्रका मानिसहरूलाई सस्ता र गुणस्तरीय नेत्र उपचार प्रदान।

    उपाध्यक्ष- डा. चन्द्रप्रसाद पोख्रेल : Tribhuvan University को Botany विभागका संकाय सदस्य; कृषि विज्ञान, वनस्पति र मानव–परिस्थितिकी क्षेत्रका विज्ञ; क्लाइमेट चेंज काउन्सिल जस्ता सरकारी/विज्ञान संस्था संग सम्बन्धित । अहिलेसम्म सार्वजनिक कागजात र विश्वसनीय समाचार स्रोतहरूमा यति थाहा छ कि डा. चन्द्रप्रसाद पोख्रेलले कुनै पार्टीलाई औपचारिक रूपमा समर्थन गरेको भन्ने खुलासा भएको छैन।

    महासचिव- मोहना अन्सारी : मानवअधिकार अभियन्ता। मुस्लिम समुदायकी कानूनी अधिकारवादी; राष्ट्रिय मानव अधिकार आयोग (NHRC) मा कमिसनर रहेकी; महिला बालबालिका तथा संवेदनशील समूहहरूसँग काम गरेकी । एक प्रमुख मानव अधिकारकर्मी र नेपालको मुस्लिम समुदायकी पहिलो महिला वकिलको रूपमा परिचित हुनुहुन्छ।

    कोषाध्यक्ष- सुदर्शन राज पाण्डे : चार्टर्ड एकाउन्टेन्ट; वित्त/लेखा क्षेत्रमा लामो अनुभव; नेपाल र भारत दुबै देशको लेखा प्रणाली र कर प्रणालीमा काम गरेको; ICAN र SEBON जस्ता संस्थाहरू संग सम्बन्धित अनुभव।

    सदस्यहरूमा:

    सञ्जयबहादुर थापा : आर्किटेक्ट तथा शहरी डिजाइनर; काठमाडौं र अन्तर्राष्ट्रिय स्तरमा मास्टर प्लानिङ्ग र डिजाइनमा काम; सन् २०१५ को भूकम्पपछिको पुनर्निर्माण सम्बन्धी परियोजनाहरुमा संलग्न ।

    डा. गोविन्दराज पोख्रेल : राष्ट्रिय योजना आयोग, पुनर्निर्माण प्राधिकरण लगायत सरकारी निकायमा अनुभव; शिक्षा र नीति निर्माणमा विशेषज्ञ; वैकल्पिक उर्जा प्रवर्द्धन गर्ने काम गरेको । पोख्रेल हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।

    डा. स्वर्णीम वाग्ले : अन्तर्राष्ट्रिय विकासका विज्ञ; नेपालको योजना आयोगमा उच्च पदमा रहेका; विश्व बैंक / UNDP जस्ता संस्थामा काम; आर्थिक नीति, विकास योजनामा अनुसन्धान एवं विश्लेषण । वाग्ले हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति छन् ।

    प्रो. गोविन्द नेपाल : विकास योजना, जल सँसाधन, ऊर्जा र वातावरणीय नीति निर्माणमा विशेषज्ञ; धेरै सरकार र बहुपक्षीय संस्थाहरूसँग काम गरेको; आर्थिक योजनामा योगदान। प्रो. गोविन्द नेपाल हाल नेपाली कांगे्रसको केन्द्रीय आर्थिक विभागमा छन् ।

    अखिलेस उपाध्याय : पत्रकारिता क्षेत्रमा लामो अनुभव; The Kathmandu Post जस्ता प्रतिष्ठित सञ्चार माध्यमहरूसँग; विदेशी सम्बन्ध, दक्षिण एशिया नीति विषयमा लेख र टिप्पणी।

    राघिनी उपाध्याय : चित्रकार तथा प्रिन्टमेकर; महिला, पहिचान र मिथकीय कथाहरुमा आधारित कला; नेपाल र अन्तर्राष्ट्रिय प्रदर्शनीहरुमा प्रस्तुति; कला प्रतिष्ठानहरुमा नेतृत्व।

    सुहरिद घिमिरे : व्यवसायी र सामाजिक अभियन्ता; अन्धोपन नियन्त्रण, स्वास्थ्य र व्यापार क्षेत्रमा अनुभव; Tilganga Institute of Ophthalmology आदि Eye Programहरूसँग काम गरिरहेका छन्।

    रहेका छन् ।

    यतिवेला सार्वजनिक भएको फाउण्डेशन कमिटीमा ११ सदस्यीय देखिएता पनि वास्तविकता र सत्यता भने अरु केही हुन सक्ने विभिन्न राजनीतिक व्यक्तित्वहरूको भनाई रहँदै आएको छ ।

    अमेरिकाको व्हाइटहाउसको निकट मानिने यो संस्थाले नेपालमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएता पनि त्यसको प्रत्यक्ष वा परोक्ष फाइदा कसलाई पुर्‍याएको छ, भन्ने त्यो भविष्यमा खुल्दै जाला ।

    सोमबार, असोज १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.