• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

ग्रेटर नेपाल : राष्ट्रनिर्माणमा भएको बलिदानको स्मरण


  •   सोमबार, असोज १३, २०८२ मा प्रकाशित
  • डा. चूडाप्रसाद ढकाल ##

    Advertisement

    हिजोआज सामाजिक सञ्जालदेखि विभिन्न सार्वजनिक मञ्चसम्म ‘ग्रेटर नेपाल’ को विषयले उल्लेखनीय रूपमा चर्चा पाउन थालेको छ । यसले केवल एक ऐतिहासिक प्रसङ्गलाई मात्र होइन, राष्ट्रिय स्मृति र वर्तमान चेतनाको गहिरो तहलाई समेत छुन पुगेको छ । नेपालले आफ्नो अस्तित्व र पहिचानलाई जोगाउन कठिन परिस्थितिमा पनि देखाएको दृढता हाम्रो गौरवशाली इतिहासको परिचायक हो । यही इतिहासको एक महत्त्वपूर्ण अध्याय थियो : एङ्लो–नेपाल युद्ध, जसले हाम्रो साहस, आत्मसम्मान र राष्ट्रप्रतिको समर्पणलाई स्पष्ट उजागर गर्‍यो ।

    सन् १८१४ देखि १८१६ सम्म चलेको युद्धमा नेपाली सेनाले अत्यन्त प्रतिकूल परिस्थितिमा पनि असाधारण बहादुरी प्रदर्शन गर्‍यो । नालापानीको युद्ध यसको सबैभन्दा जीवन्त उदाहरण हो । कप्तान बलभद्र कुँवरको नेतृत्वमा नेपाली सेनाले सीमित स्रोत र आपूर्ति अभावका बिच पनि आफ्नो किल्ला छाडेन । पानी र खाद्यान्न नपाए पनि दृढ आत्मबलका साथ लड्ने उनीहरूको सङ्कल्पले ब्रिटिस सेनालाई समेत अचम्ममा पार्‍यो । यसबाट स्पष्ट हुन्छ कि नेपाली वीरता केवल हतियारको मात्र होइन, आत्मबल र रणनीतिक कुशलताको पनि परिणाम थियो ।

    अर्को प्रेरणादायी प्रसङ्ग भक्ति थापाको शौर्य हो । ८० वर्षको उमेरमा समेत देशप्रतिको निष्ठाका खातिर उनले देउथल धाराको युद्ध (सन् १८१५, देहरादुन) मा रणभूमिमा प्राण अर्पण गरे । घोडामा चढेर आफ्ना सैनिकलाई नेतृत्व गर्ने क्रममा ब्रिटिस तोपको आक्रमणले उनले वीरगति प्राप्त गरे । यस कार्यले राष्ट्रप्रेमले उमेरको सीमा नमान्ने कुरा प्रमाणित गर्‍यो । त्यस्तै मकवानपुरको लडाइँमा नेपाली सेनाले ब्रिटिस फौजलाई पराजित गर्नु नेपाली आत्मविश्वास र सामरिक क्षमताको अर्को दृष्टान्त हो ।

    यी घटना केवल सैन्य उपलब्धि मात्र नभई हाम्रो राष्ट्रिय आत्मसम्मानको आधारस्तम्भ बनेका छन् तर युद्धमा देखिएको यो वीरताको कथा प्रेरणादायी भए पनि परिणाम भने हाम्रो पक्षमा आएन । सन् १८१६ को सुगौली सन्धिले नेपाललाई ठुलो भूभाग गुमाउन बाध्य बनायो । करिब २,४९,१७० वर्गकिलोमिटरमा फैलिएको भूभाग घटेर १,४७,१८१ वर्ग किलोमिटरमा सीमित भयो । यसरी करिब एकतिहाइभन्दा बढी भूमि (पश्चिमतर्फ गढवाल, कुमाऊँ र सतलजसम्म, पूर्वतर्फ दार्जिलिङ र सिक्किमसम्म) हाम्रो नक्साबाट हरायो । यसले केवल भौगोलिक सिमाना मात्र छोट्याएन, राष्ट्रिय मानसमा पनि गहिरो आघात पुर्‍यायो । यही घाउबाट ‘ग्रेटर नेपाल’ को अवधारणाले जन्म लियो, जसले गुमेको भूमि फिर्ता गर्ने आकाङ्क्षा बोकेको छ ।

    ग्रेटर नेपालको विचारले केवल भूगोलको विषय मात्र होइन, नेपाली पहिचान र गौरवलाई पनि प्रतिबिम्बित गर्छ । यसलाई व्यवस्थित रूपमा अघि बढाउने क्रममा फणिन्द्र नेपालले सन् २००२ मा ‘बृहत् नेपाल राष्ट्रवादी मोर्चा’ स्थापना गरे । संस्थाले ग्रेटर नेपालको नक्सा सार्वजनिक गर्ने, अन्तर्राष्ट्रिय समुदायलाई पत्र लेख्ने र विभिन्न कार्यक्रम आयोजना गर्ने काम गर्‍यो । भारतमा रहेका नेपालीभाषी समुदाय, विशेष गरी दार्जिलिङ, सिक्किम र उत्तराखण्डका समूहले पनि यस अवधारणालाई समर्थन जनाउँदै आएका छन् । उनीहरूका लागि यो मुद्दा भूभागभन्दा पनि सांस्कृतिक पहिचान र आत्मसम्मानसँग जोडिएको छ तर भावनात्मक चाहनाले मात्र ठोस परिणाम ल्याउन सक्दैन ।

    आधुनिक अन्तर्राष्ट्रिय सम्बन्ध कूटनीतिक परिपक्वता, कानुनी सन्धि र प्रभावकारी नियन्त्रणमा आधारित हुन्छन् । प्राय: विगतका सन्धि र सीमा व्यवस्था अन्तर्राष्ट्रिय कानुनमा स्थिर मानिन्छन्, जसलाई बदल्न अत्यन्त कठिन हुन्छ । त्यसैले ग्रेटर नेपालसम्बन्धी मुद्दालाई अन्तर्राष्ट्रिय अदालत वा राजनीतिक संवादमा लैजाँदा अत्यन्त सतर्कता आवश्यक हुन्छ । भावनात्मक निर्णयले राष्ट्रलाई अनावश्यक जोखिममा पार्न सक्ने खतरा रहन्छ ।

    यस विषयलाई आआफ्ना हितअनुसार प्रयोग गर्ने प्रवृत्ति पनि देखिएका छन् । केही राजनीतिक दलले यसलाई भारतसँगको सम्बन्धमा दुरी बढाउन उपयोग गरेको आरोप लाग्ने गरेको छ । कतिपय विदेशी शक्तिले समेत यस मुद्दालाई भारत–नेपाल सम्बन्धमा तनाव सिर्जना गर्ने उपकरणको रूपमा प्रयोग गरेको भनाइ पाइन्छ । विदेशस्थित केही समूहले सामाजिक सञ्जालमार्फत दुष्प्रचार गर्नेदेखि युवालाई भावनात्मक रूपमा प्रयोग गर्नेसम्मका गतिविधि गरेको आरोप उठेको छ । त्यसैले ‘ग्रेटर नेपाल’ सम्बन्धी बहसमा भावनात्मक पक्षलाई सम्मान गर्ने तर राजनीतिक वा भूराजनीतिक दुरुपयोगबाट जोगिने कला अपरिहार्य छ ।

    यस संवेदनशील परिवेशमा एक जिम्मेवार र सन्तुलित नागरिकको रूपमा हाम्रो ध्यान केवल भावनात्मक नारामा सीमित हुनुहुँदैन । हामीले इतिहासबाट पाठ सिक्दै अगाडि बढ्नुपर्छ । हाम्रो वास्तविक शक्ति हाम्रो भौगोलिक आकारमा भन्दा पनि हाम्रो आन्तरिक एकता, आर्थिक विकास र राजनीतिक स्थिरतामा निहित छ । जब हामी शिक्षित, आत्मनिर्भर र आर्थिक रूपमा शक्तिशाली हुन्छौँ, तब मात्र हामीले सीमाविवादजस्ता संवेदनशील मुद्दालाई पनि विश्वसामु प्रभावकारी ढङ्गले उठाउन सक्छौँ । यस सन्दर्भमा स्विट्जरल्यान्डको सफलताको मोडल हाम्रो लागि अनुकरणीय उदाहरण बन्न सक्छ ।

    स्विट्जरल्याण्ड एक सानो र भूपरिवेष्ठित मुलुक हो तर उसले आन्तरिक सुदृढीकरणका आधारमा विश्वकै स्थिर र सम्पन्न राष्ट्रको श्रेणीमा स्थान बनाएको छ । यसले अनुसन्धान र विकासमा आफ्नो सकल घरेलु उत्पादन (जी.डी.पी.) को करिब ३.४ प्रतिशत लगानी गर्छ, जसले उसको अर्थतन्त्रलाई अत्यधिक प्रतिस्पर्धी बनाएको छ । हाल स्विट्जरल्यान्डको प्रतिव्यक्ति आय ९२,००० अमेरिकी डलरभन्दा बढी छ, जुन विश्वकै उच्चस्तरमा पर्छ । त्यस्तै यसको सार्वजनिक ऋण जी.डी.पी. को ३८ प्रतिशत मात्र छ, जुन तुलनात्मक रूपमा निकै कम हो । यसका साथै राजनीतिक स्थिरता, खुला बजार प्रणाली, उच्चस्तरीय शिक्षा र प्रत्यक्ष प्रजातन्त्रको अभ्यासले उसको दीर्घकालीन विकासलाई मजबुत बनाएको छ । यी तथ्यले देखाउँछन् कि कुनै पनि राष्ट्रको वास्तविक शक्ति भूगोलमा मात्र होइन, आन्तरिक क्षमता र संस्थागत बलमा निहित हुन्छ ।

    निष्कर्षत: ‘ग्रेटर नेपाल’ को भावना हाम्रो इतिहासको प्रतीक हो, जसले हामीलाई पुखाको बलिदानको स्मरण दिलाउँछ र राष्ट्रिय चेतनालाई जीवन्त राख्छ तर हाम्रो भविष्यको बाटो आधुनिक कूटनीति, आर्थिक विकास र आन्तरिक सुदृढीकरणमा आधारित छ । यस अर्थमा ‘ग्रेटर नेपाल’ अभियान भन्नाले मुलुकलाई केवल भौगोलिक आयामले मात्र होइन, आर्थिक, कूटनीतिक र नैतिक शक्तिमा आधारित राष्ट्रको रूपमा विश्वसामु प्रस्तुत गर्नु हो । नेपालको भौगोलिक आकारलाई चुनौती नबनाइकनै हामीले यति ठुलो प्रगति गर्न सक्छौँ कि विश्वसामु हाम्रो पहिचान, बहादुरी र स्वाभिमानका साथै प्रगतिशील राष्ट्रको रूपमा स्थापित होस् । यही नै हाम्रो वास्तविक ‘ग्रेटर नेपाल’ हो, जुन वर्तमान र भविष्यका कर्मबाट निर्माण हुनेछ । त्यसैले इतिहासको सम्मान गर्दै एक शान्त, समृद्ध र सबल नेपालको निर्माणका लागि एकजुट हुनु आजको अपरिहार्यता हो ।

    २०८२ भदौ १२ गते

    सोमबार, असोज १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.