• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

‘परोपकार’ ले ७९ औँ स्थापना दिवस मनायो


  •   शनिबार, असोज ११, २०८२ मा प्रकाशित
  • काठमाडौँ । ऐतिहासिक लोक कल्याणकारी सामाजिक संस्था परोपकार संस्थाको ७९ औँ स्थापना दिवसको अवसरमा ‘समाजसेवाका शिखर पुरुष दयावीरसिंह कंसाकार’ नामक पुस्तकको शुक्रबार यहाँ लोकार्पण गरियो ।

    Advertisement

    प्रा हरिप्रसाद पराजुलीद्वारा लिखित उक्त पुस्तकमा परोपकार संस्थाका संस्थापक दयावीरसिंहले २००१ सालतिर हैजाको महामारी फैलिँदा गर्नुभएको मानवीय सेवा, रक्तदान अभियानको सञ्चालन, हाइस्कुल, अनाथालय तथा प्रसूतिगृहको स्थापना, दान विभाग तथा औषधालयको सञ्चालनजस्ता जीवनका महत्वपूर्ण घटनाक्रमहरु समेटिएका छन् ।

    स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालले पुस्तकका लेखक प्रा पराजुली र प्रकाशनमा सहयोग गर्नुहुने गोपालकृष्ण मानन्धरलाई सम्मानपत्र प्रदान गर्नुभयो ।

    पूर्व न्यायाधीश लालले २०३० सालमा शिक्षकका रुपमा परोपकार आदर्श हाइस्कूलमा सेवा सुरु गरेका स्मरण गर्नुभयो र भन्नुभयो, “पछि कानुन विषय अध्ययन गरी न्याय सेवामा लागेँ । अनाथालयको सुपरिवेक्षक रहँदा दयावीरसिंहबाट थुप्रै कुरा सिक्न पाएँ । उहाँ प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो ।”

    परोपकार संस्थाका अध्यक्ष हितकरवीर कंसाकारले परोपकार र दयावीरसिंह पर्यायवाची भएको बताउँदै भ्रष्टाचारविरुद्ध अभियान थाल्ने वर्तमान सरकारबाट संस्थाको हिसाबकिताबको निष्पक्ष छानबिन भइदिए खुसी हुनेछु भन्नुभयो ।

    बाल विकास समाजका सल्लाहकार शरद् शर्माले विख्यात समाजसेवी दयावीरसिंहको नाउँमा एक बृहत् पुरस्कार स्थापना गनुपर्ने खाँचो औँल्याउनुभयो ।

    संस्थाका कोषाध्यक्ष उत्तमलाल जोशीका अनुसार परोपकार संस्थाले आर्थिक वर्ष २०८१/८२ मा रु दुई करोड ५० लाख आम्दानी र रु दुई करोड छ लाख खर्च गरेको छ । संस्थाले दान विभाग सञ्चालन, दुर्गम जिल्लाहरुमा औषधि वितरण, प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा सहयोग, एम्बुलेन्स, अनाथालय तथा चिकित्सालय सञ्चालन गर्दै आइरहेको छ ।

    शनिबार, असोज ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.