• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नर्गीका ५३ दलित परिवार शौचालयविहीन


  •   शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित
  • सिरहा । यहाँको बरियारपट्टी गाउँपालिका–१ नर्गीस्थित सिङ्गो दलित समुदाय अझै पनि शौचालयविहीन रहेको पाइएको छ । चारवटा दलित टोलमा रहेका करिब ५३ घरपरिवारमध्ये कुनै पनि घरमा शौचालय छैन । शौचालयको सुविधा नहुँदा यहाँका बासिन्दा आज पनि करिब एक किलोमिटर टाढा रहेको कल्याणदह खोलाको किनारमा शौच गर्न जान बाध्य छन् ।

    Advertisement

    नर्गीको खडौरिया, लबटोली, अस्पतालटोल र थानटोल गरी चारवटा दलित बस्तीमा शौचालय नहुनु केवल सुविधाको अभावमात्र नभई, मानव स्वास्थ्य र मर्यादासँग जोडिएको गम्भीर विषय बनेको छ । स्थानीय बासिन्दाका अनुसार शौचालय नहुनुको मुख्य कारण आर्थिक अभाव, जग्गाको अभाव र जनचेतनाको कमी हो । ऐलानी जमिनमा बसोबास गरिरहेका यहाँका दलित समुदायलाई शौचालय बनाउन ठाउँसमेत छैन ।

    बस्तीका ५० वर्षीय हरिचन्द्र सदाय भन्नुहुन्छ, “हामीसँग शौचालय बनाउने उपाय नै छैन । बाबुबाजेको पालादेखि खुला ठाउँमै शौच गर्दै आएका छौँ । अहिले पनि अवस्था जस्ताको तस्तै छ ।” त्यस्तै स्थानीय महिला अनितादेवी सदाय भन्नुहुन्छ, “घरकै लागि ठाउँ छैन, शौचालय कहाँ बनाउने ? बनाउन चाहे पनि आर्थिक हैसियत छैन ।”

    अर्की स्थानीय कुस्मीदेवी सदायका अनुसार शौचालय अभावमा बालबालिकाले सार्वजनिक स्थानमै दिसापिसाब गर्ने गर्छन् । “बस्ती नै दुर्गन्धित भएको छ । गल्ली र झाडीमा दिसा देखिन्छ । सर्प र बिच्छीको डर पनि उत्तिकै हुन्छ ।”

    शौचालयमात्र होइन, यहाँ पानीको पनि चरम अभाव छ । खडौरियामा पाँचवटा हातेकलबाट २३ घरले पानी जोहो गरिरहेका छन् । लबटोलीमा एउटामात्र हातेपम्प छ, जुन गैरसरकारी संस्था ‘दलित जनकल्याण युवा क्लब लहान’को पहलमा जडान गरिएको हो । “पानीकै स्रोत छैन भने शौचालय कसरी प्रयोग गर्नु ? अस्पतालटोल र थानटोलका बासिन्दा अझै पनि टाढाटाढाबाट पानी ओसार्न बाध्य छन्”, क्लबका अध्यक्ष उमेश विसुङ्केले भन्नुभयो ।

    शौचालय जडान गर्नु केवल संरचना बनाउनुमात्र नभएर त्यसको प्रयोग र सफाइ गर्न पर्याप्त पानी चाहिने भएकाले पहिले पानीको व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको विसुङ्केको भनाइ छ । गाउँपालिका र सम्बन्धित निकायले खानेपानीको समस्या समाधान नगरी सरसफाइ र शौचालयको कुरा गर्नु सतहीमात्र हुने उहाँको तर्क छ ।

    बरियारपट्टी गाउँपालिका–१ का वडाध्यक्ष देवेन्द्र यादवले बस्तीका परिवारसँग बस्नबाहेकको कुनै जग्गा नभएकाले शौचालय निर्माण गर्न समस्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बस्तीमा सार्वजनिक जमिनसमेत अभाव भएकाले सामुदायिक शौचालय बनाउने सम्भावना कठिन देखिएको छ ।” उहाँले अगाडि थप्नुभयो, “शौचालयको समस्या समाधान गर्न गाउँपालिकामा पटकपटक छलफल भएको छ । छिट्टै समाधानको बाटो खोजिनेछ ।”

    सरकारले खुला दिसामुक्त राष्ट्र घोषणा गरिसकेको अवस्थामा समेत नर्गीको दलित बस्ती शौचालयविहीन हुनु गम्भीर प्रश्न बनेको छ । नर्गीमात्र नभएर जिल्लाका अधिकांश दलित बस्तीमा शौचालय नरहेको कतिपयको भनाइ छ ।

    बरियारपट्टी गाउँपालिका उपाध्यक्ष ममताकुमारी यादवले हुलाकी सडक नजिकैको यस्तो बस्तीमा अझै पनि शौचालय नहुनु लज्जास्पद र दुःखद् विषय भएको भन्दै यो समस्यालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    शौचालय अभावले केवल असुविधा मात्र होइन, बालबालिका र महिलाको सुरक्षामा गम्भीर असर पारिरहेको छ । खुला दिसाको जोखिम, सङ्क्रमणका रोग र विषालु कीराको त्रासले बस्तीका बासिन्दाको जीवन झन् कष्टकर बनेको छ । सरकार र सरोकारवाला निकायबाट स्थायी, दिगो र समावेशी समाधानको स्थानीयवासी माग गर्दै आएका छन् । यद्यपि, उनीहरूको अवस्था अझै पनि सरकारी ध्यान र प्राथमिकताबाट टाढै देखिन्छ ।

    शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.