• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सिरहामा विद्युत् चुहावट बर्सेनि बढ्दो


  •   बुधबार, असोज ०८, २०८२ मा प्रकाशित
  • सिरहा । सिरहामा विद्युत् चुहावटको मात्रा हरेक वर्ष बढ्दै गएको पाइएको छ । नेपाल विद्युत् प्राधिकरण लहान वितरण केन्द्रका अनुसार आर्थिक वर्ष २०८०/८१ मा चुहावटको मात्रा ३१ दशमलव ६५ प्रतिशत रहेकामा आव २०८१/८२ मा यो बढेर ३८ दशमलव १० प्रतिशत पुगेको छ । हालैको तथ्याङ्कानुसार आव २०८२/८३ को साउनसम्ममा चुहावट झनै बढेर ४४ दशमलव ४६ प्रतिशत पुगेको छ ।

    Advertisement

    वितरण केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताका अनुसार चुहावटको मुख्य कारणमध्ये एक हुकिङ गरेर अत्यधिक मात्रामा कृषि मिटरको दुरुपयोग हुनु हो । लामो खडेरीका कारण धान रोपाइँ तथा सिँचाइका लागि केही लचिलो नीति अवलम्बन गरिए पनि प्राधिकरण अब कडाइका साथ चोरी नियन्त्रणमा लाग्ने उहाँले स्पष्ट पार्नुभएको छ ।

    उहाँले भन्नुभयो, “यस वितरण केन्द्रबाट १७ हजार कृषि मिटर वितरण गरिए पनि किसानले मुस्किलले पाँच हजार मिटरमात्र खेतमा राखेका छन्, बाँकी सबै घरमै राखेर दुरुपयोग गरिएको छ ।” कृषि मिटरको सुरक्षित प्रयोग नगर्दा बर्सेनि मानिसको मृत्युसमेत भइरहेको जानकारी दिँदै गुप्ताले विद्युत् चोरीलाई नियन्त्रण गर्न कानुनी कारबाहीलाई कडाइका साथ कार्यान्वयन गरिने बताउनुभएको छ ।

    प्राधिकरणका अनुसार विद्युत् चुहावटको प्रमुख कारणमध्ये चोरीलाई न्यूनीकरण गर्न सके यसले चुहावट नियन्त्रणमा टेवा पुर्याउनुका साथै प्राधिकरणको आर्थिक अवस्थामा समेत सकारात्मक प्रभाव पार्नेछ । यसका लागि प्राधिकरणले मिटरको माग गर्दा तोकिएको समयमै मिटर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

    कार्यालयले विद्युत् चोरीलाई सामाजिक अपराधका रूपमा स्थापित गर्दै स्थानीय तहसँग साझेदारीमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । विद्युत् चोरी नियन्त्रण ऐन, २०५८ अनुसार चोरीबाट वितरकलाई हानि भएमा सोबापतको क्षतिपूर्ति तिर्नुपर्नेछ । यदि कसुर पुनः दोहोरिएमा वास्तविक हानिको दुई सय प्रतिशतसम्म क्षतिपूर्ति कसुरदारले बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।

    सिरहामा प्राधिकरणको लहान, मिर्चैया र सदरमुकाम सिरहामा गरी तीनवटा वितरण केन्द्र छन् । जसमध्ये लहान वितरण केन्द्रअन्तर्गत लहान, सुखीपुर, धनगढीमाई नगरपालिका तथा बरियारपट्टी, विष्णुपुर, औरही, लक्ष्मीपुर पतारी र भगवानपुर गाउँपालिका रहेका छन् ।

    बुधबार, असोज ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.