• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

लहानका सुकुम्बासी बस्तीमा धारा जडान गरिँदै


  •   आइतबार, असोज ०५, २०८२ मा प्रकाशित
  • सिरहा  ।  यहाँको लहान नगरपालिकाले सुकुम्बासी तथा विपन्न परिवारलाई लक्षित गर्दै घरघरमा खानेपानीको धारा जडान गर्ने अभियान तीव्र बनाएको छ । नगरपालिकाले आज मात्रै थप ५५ सुकुम्बासी परिवारका लागि धारा जडान प्रक्रिया अघि बढाएको हो ।

    Advertisement

    घरमा धारा जडान भएसँगै अब टाढाटाढाबाट घैलोमा पानी बोक्नुपर्ने बाध्यताबाट सुकुम्बासी परिवारले मुक्ति पाउने भएका छन् । यो अभियान ‘वाटर एड’ नेपालको आर्थिक सहयोगमा लहान नगरपालिका, नेपाल खानेपानी संस्थान लहान शाखा र दलित जनकल्याण युवा क्लब लहानको साझेदारीमा सञ्चालित ‘विकन परियोजना’अन्तर्गत भइरहेको हो ।

    आज यहाँ आयोजित एक कार्यक्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले धारा जडान गरिने परिवारको आवश्यक कागजात खानेपानी संस्थानलाई हस्तान्तरण गर्नुभयो । उहाँले दसैँ अगाडि यहाँका अधिकांश घरमा धारा जडान सम्पन्न हुने जानकारी दिनुभयो ।

    यसपटक वडा नं १, ७, १०, १७ र २४ का ५४ जना लालपुर्जा नभएका सुकुम्बासी र एक जना लालपुर्जा भएका गरी ५५ घरधुरी लाभान्वित हुनेछन् । “गत वर्ष हामीले ४०० विपन्न तथा सुकुम्बासी परिवारमा खानेपानी पु¥याउने योजना बनाएका थियौँ । हालसम्म १८१ घरमा धारा जडान भइसकेको छ”, नगरप्रमुख चौधरीले भन्नुभयो, “वीरगञ्जमा हालै देखिएको हैजाको सङ्क्रमणले देखाउँछ कि शुद्ध पानी सबैको घरमा पुग्नैपर्छ ।” उहाँका अनुसार अघिल्लो वर्षमात्रै ३०० घरधुरीमा धारा जडान गरिसकिएको छ ।

    यस क्षेत्रमा इनार र हातेकल सुक्दै गएपछि पानीको भरपर्दो स्रोतका रूपमा घरघरमा धारा आवश्यक भइसकेको लहान–२४ का वडाध्यक्ष राशलाल रायले बताउनुभयो । उहाँले खानेपानी संस्थानले काममा गति दिएकामा खुसी व्यक्त गर्दै भन्नुभयो, “अब इनारमा लाइन बस्ने, पालो कुर्ने बाध्यता अन्त्य हुँदै गएको छ । टाढाबाट पानी ल्याउने झन्झट हटेको छ ।”

    दलित जनकल्याण युवा क्लबका विकन परियोजना कार्यक्रम प्रबन्धक राजेशकुमार लोहनीले परियोजना केबल धारा जडानमा सीमित नरहेको जनाउँदै वडाध्यक्ष रायले समुदायमा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सचेतना अभियान पनि सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

    नेपाल खानेपानी संस्थान लहान शाखाका वितरण प्रमुख लट्टु यादवका अनुसार शाखाबाट हालसम्म छ हजार २२१ घरधुरीमा धारा जडान भइसकेको छ । लालपुर्जा भएका परिवारका लागि धारा जडान खर्च रु छ हजार ३९० पर्ने जनाउँदै उहाँले लालपुर्जा नभएका सुकुम्बासीका लागि रु १० हजार ११० खर्च लाग्ने बताउनुभयो ।

    लहान नगरपालिका र परियोजनाबाट अनुदान दिइँदै आइएको छ । “नगरपालिकाले रु तीन हजार ७२० र परियोजनाले रु तीन हजार २७० अनुदान उपलब्ध गराउँछन्, जसअनुसार सुकुम्बासीले रु तीन हजार १२० मात्र तिरेर धारा जडान गराउन सक्छन् । केही वडा कार्यालयले पनि यसमा थप सहयोग गरेका छन्”, प्रमुख यादवले भन्नुभयो ।

    लहान नगरपालिकामा करिब २० हजार दलित सुकुम्बासी बसोबास गर्ने जनाउँदै उहाँले अधिकांशसँग घरजग्गाको लालपुर्जा नभएको बताउनुभयो । यो अभियानले उहाँहरूको स्वास्थ्य, सरसफाइ र जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

    आइतबार, असोज ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.