• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

खै ! गाउँगाउँमा सिंहदरबार ? घर छ, मानिस बस्दैनन्


  •   आइतबार, असोज ०५, २०८२ मा प्रकाशित
  • मन्थली (रामेछाप) । रामेछापको अधिकांश गाउँमा मानिस बस्न छाडेपछि यहाँका बस्ती उजाड हुन थालेका छन् । गाउँमा रोजगारीको अवसर, शिक्षा र स्वास्थ्यको सुविधासमेत राम्रो नहुने भएपछि बसाईँ सर्नेक्रम नरोकिएको हो ।

    Advertisement

    गाउँगाउँमा सिहंदरबार भने पनि गाउँमा भएको सिंहदरबारले प्रदान गर्ने सेवाले काम खासै केही गर्न सकेको छैन । दुई नगरपालिका र छवटा गाउँपालिकासहित आठवटा पालिका रहेको यस जिल्लाका सबै पालिकाका ग्रामीण बस्तीका घर खाली हुँदै गएका पाइएको छ । बस्ती खाली हुनेमध्ये मन्थली नगरपालिका–८ को चिसापानी पनि एक हो ।

    चिसापानीका अधिकांश घरमध्ये धेरै खाली छन् । गुणस्तरीय शिक्षा, स्वास्थ्य र गाउँमै रोजगारीको अवसर नभएपछि यहाँका मानिस सोको खोजीमा सुविधासम्पन्न ठाउँमा गएका स्थानीय बताउँछन् । चाडपर्व र अन्य विषेश खालका कार्यक्रममा मात्र जम्मा हुने यहाँका मानिस अहिले धेरैले आफ्ना घर छाडेर हिँडिसकेका छन् ।

    सुरुसुरुमा चिसापानीमा खानेपानी अभावका कारण धेरैले गाउँ छाडेका भए पनि अहिले आएर शिक्षा, स्वास्थ्य र रोजगारीका कारण मानिस घर छाडेर परिवार नै अन्यत्र बसोबास गर्ने गरेको मन्थली –८ की केशरी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“पाखो बारीमा खासै उब्जनी हुँदैन । केही बालीनाली लगाए पनि त्यसको खर्च उठ्दैन । उब्जनी पाक्ने बेलाका बाली बाँदरले खाइदिन्छ । दैनिक बाँदर धपाउनुपर्ने समस्या छ । ”

    त्यही समस्या र गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीका लागि यहाँका मानिस सहर गएकाले गाउँमा मलामी जाने र जन्ती जाने मान्छे पनि पाउन गाह्रो भएको मन्थली–८ का निवर्तमान वडाध्यक्ष राजकुमार श्रेष्ठ बताउनुहुन्छ । यहाँ सामुदायिक विद्यालयमा गाउँलेको आकर्षण नभएका र राम्रो स्वास्थ्य सेवा नभएकाले गुणस्तरीय शिक्षा र स्वास्थ्यका लागि मानिस सहर पसेका मन्थली –८ का वडाध्यक्ष गोपाल श्रेष्ठ बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो , “विषेशगरी नेवारी समुदायको बढी बस्ती रहेको यस गाउँमा गाउँमै स्वरोगारमूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ भनी यस वडामा आफ्नो पहलमा गाउँमा ‘होमस्ट’ सञ्चालन गरिएको, पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक चिसापानी गढीलाई व्यवस्थित गर्ने प्रयास भइरहेको छ । अन्य सीपमूलक तालिम पनि सञ्चालन गरिएको भए पनि गाउँमा कममानिस बसेका हुन् ।”

    मन्थली नगरपालिका–८ की स्थानीय मोहनदेवी श्रेष्ठले रोजगारीका लागि घर छाडेर हिँडेकाले घर खाली भएको र मान्छे भएका घरमा पनि आफूजस्ता बूढाबूढीमात्र भएको बताउनुहुन्छ । लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले मुलुक सङ्घीयतामा गएसँगै गाउँमै अब सबै सुविधा हुन्छ भनिए पनि गाउँमा हुनुपर्ने जति आधारभूत आवश्यकताका चिज पाउन मुस्किल भएकाले प्रायः गाउँका मानिसले घर छाड्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले धेरै घरका मानिस वैदेशिक रोजगारीमा छन् । वैदेशिक रोजगारीमा भएका परिवार गाउँमा नबसी काठमाणडौँ वा जिल्ला सदरमुकाम मन्थलीमा छोराछोरी पढाउने नाममा बस्ने गरेकाले पनि गाउँबस्ती खाली हुँदै गएका हुन् ।”

    सरकारले गाउँमै रोजगारीको अवसर दिने वा स्वरोजगारमूलक कार्यक्रम ल्याई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रवाह गर्न सके यसरी गाउँ खाली नहुने मन्थली माविका पूर्वप्रधानाध्यापक एवं नागरिक अगुवा गुञ्जबहादुरर श्रेष्ठ सुझाव दिनुहुन्छ ।

    आइतबार, असोज ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.